सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | स्वर्गदूतहरू—तिनीहरू साँच्चै छन्‌? हामीलाई कस्तो प्रभाव पार्छन्‌?

स्वर्गदूतहरूबारे सत्य कुरा

स्वर्गदूतहरूबारे सत्य कुरा

के तपाईं स्वर्गदूतहरूबारे सत्य कुरा बुझ्न चाहनुहुन्छ? जस्तै, तिनीहरू को हुन्‌, कसरी अस्तित्वमा आए र के गर्छन्‌? यी प्रश्नहरूको भरपर्दो जवाफ परमेश्वरको वचन बाइबलमा पाइन्छ। (२ तिमोथी ३:१६) आउनुहोस्, बाइबल के भन्छ, जाँचौं।

  • परमेश्वरजस्तै स्वर्गदूतहरू पनि अदृश्य प्राणी हुन्‌। तिनीहरूको “हाड र मासु” हुँदैन। वफादार स्वर्गदूतहरू परमेश्वरसँगै स्वर्गमा बस्छन्‌।—लूका २४:३९; मत्ती १८:१०; यूहन्ना ४:२४.

  • परमेश्वरले दिनुभएको काम पूरा गर्न पृथ्वीमा आउँदा स्वर्गदूतहरू कहिलेकाहीं मानिसको भेषमा देखा पर्थे अनि काम पूरा भएपछि फेरि आत्मिक शरीर धारण गर्थे।—न्यायकर्त्ता ६:११-२३; १३:१५-२०.

  • बाइबलमा स्वर्गदूतहरूबारे चर्चा गरिंदा तिनीहरूलाई पुरुषको रूपमा प्रस्तुत गरिएको छ। तिनीहरू मानिसको रूप धारण गर्दा पनि पुरुषकै भेषमा देखा पर्थे। तर वास्तवमा तिनीहरूमा पुरुष वा स्त्री भन्ने हुँदैन। तिनीहरू विवाह गर्दैनन्‌ र बच्चा पनि जन्माउँदैनन्‌। तिनीहरू पृथ्वीमा मानिसको रूपमा सृष्टि भएर पछि स्वर्गदूत भएका होइनन्‌। बरु यहोवाले तिनीहरूलाई सीधै स्वर्गदूतको रूपमा सृष्टि गर्नुभएको थियो। त्यसकारण बाइबलमा तिनीहरूलाई “परमेश्वरका छोराहरू” भनेर सम्बोधन गरिएको छ।—अय्यूब १:६, TBS; भजन १४८:२, ५.

  • बाइबलमा “मानिसहरूको र स्वर्गदूतहरूको भाषा”-बारे उल्लेख गरिएको छ। यसबाट स्वर्गदूतहरूको पनि आफ्नो छुट्टै भाषा छ भनेर देखिन्छ। परमेश्वरले मानिसहरूसँग कुराकानी गर्न स्वर्गदूतहरू प्रयोग गर्नुभए तापनि तिनीहरूको उपासना गर्न वा तिनीहरूलाई प्रार्थना गर्न भने निषेध गर्नुभएको छ।—१ कोरिन्थी १३:१; प्रकाश २२:८, ९.

  • स्वर्गदूतहरू करोडौं-करोड अर्थात्‌ अरबौंको सङ्‌ख्यामा छन्‌।—दानियल ७:१०; प्रकाश ५:११.

  • स्वर्गदूतहरू “शक्तिशाली” छन्‌। तिनीहरू शारीरिक र बौद्धिक तवरमा मानिसहरूभन्दा कता हो कता श्रेष्ठ छन्‌। तिनीहरू असाध्यै द्रुत गतिमा एक ठाउँदेखि अर्को ठाउँमा जान सक्छन्‌, तिनीहरू कुनै भौतिक नियमको अधीनमा छैनन्‌।—भजन १०३:२०, NRV; दानियल ९:२०-२३.

  • स्वर्गदूतहरू मानिसहरूभन्दा बुद्धिमान्‌ र शक्तिशाली भए तापनि तिनीहरूको सीमितता छ। तिनीहरूले थाह पाउन नसक्ने कुराहरू पनि छन्‌।—मत्ती २४:३६; १ पत्रुस १:१२.

  • स्वर्गदूतहरू विभिन्न व्यक्तित्व र गुणका साथै स्वतन्त्र इच्छासहित सृष्टि भएका थिए। त्यसकारण मानिसहरूजस्तै तिनीहरूसँग सही र गलत छनौट गर्ने स्वतन्त्रता छ। तर दुःखको कुरा केही स्वर्गदूतहरूले परमेश्वरको विरुद्धमा खडा हुने छनौट गरे।—यहूदा ६.