सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल के भन्छ?

बाइबल के भन्छ?

आरमागेडोन के हो?

कसै-कसैलाई . . .

आणविक हातहतियार वा वातावरण प्रदुषणले हुने विश्वव्यापी विनाश हो जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

आरमागेडोन एउटा प्रतीकात्मक ठाउँ हो, जहाँ दुष्टहरूलाई नामेट पार्न “परमेश्वरको महान्‌ दिनको लडाइँ” हुन्छ।—प्रकाश १६:१४, १६.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्वर पृथ्वीलाई नष्ट गर्न होइन, बरु पृथ्वीका नष्टकारीहरू विरुद्ध आरमागेडोनको युद्ध लड्‌नुहुन्छ।—प्रकाश ११:१८.

  • आरमागेडोनपछि कुनै पनि युद्ध हुनेछैन।—भजन ४६:८, ९.

के आरमागेडोनको युद्धमा जीवन जोगाउन सम्भव छ?

तपाईं के भन्नुहुन्छ?

  • छैन

  • खै, के थाह

बाइबल के भन्छ?

सबै राष्ट्रका मानिसहरूको “एउटा ठूलो भीड”-ले “महासङ्‌कष्ट” पार गर्नेछ र त्यसपछि आरमागेडोनको युद्धको अन्त हुनेछ।—प्रकाश ७:९, १४.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्वर धेरैभन्दा धेरै मानिस आरमागेडोनमा बाँचेको चाहनुहुन्छ। उहाँ दुष्टहरूलाई मात्र नाश गर्नुहुन्छ।—इजकिएल १८:३२.

  • बाइबलले आरमागेडोनबाट बच्न सक्ने तरिका बताएको छ।—सपन्याह २:३.