सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंलाई कस्तो लाग्छ?

तपाईंलाई कस्तो लाग्छ?

के बाइबलले तपाईंलाई परमेश्‍वरको साथी बन्‍न मदत गर्न सक्छ?

मानिसहरू के विश्‍वास गर्छन्‌?

तिनीहरूलाई परमेश्‍वरको साथी बन्‍न सकिंदैन जस्तो लाग्छ किनभने तिनीहरू आफूलाई अशुद्ध र पापी ठान्छन्‌। कसै-कसैले चाहिं परमेश्‍वरले हाम्रो वास्ता गर्नुहुन्‍न भन्छन्‌। तपाईंलाई कस्तो लाग्छ?

बाइबल के भन्छ?

“सोझा मानिसहरू परमेश्‍वरका विश्‍वास-पात्र हुन्छन्‌।” (हितोपदेश ३:३२) यदि हामी परमेश्‍वरको आज्ञा पालन गर्छौं भने हामी उहाँको साथी बन्‍न सक्छौं।

हामीले बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्‍वर हाम्रो साथी बन्‍न चाहनुहुन्छ।—याकूब ४:८.

  • परमेश्‍वर हामीलाई मदत र क्षमा गर्न तयार हुनुहुन्छ।—भजन ८६:५.

  • परमेश्‍वरको साथीले उहाँलाई मन पर्ने कुरालाई मन पराउँछ र उहाँले घृणा गर्ने कुरालाई घृणा गर्छ।—रोमी १२:९.