सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | मत्ती २०-२१

“तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ”

“तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ”

२०:२८

घमन्डी शास्त्री र फरिसीहरू बजारमा अरूले तिनीहरूलाई याद गरेको र अभिवादन गरेको चाहन्थे

घमन्डी शास्त्रीहरू र फरिसीहरू अरूमाथि प्रभाव जमाउन चाहन्थे र अरूबाट मानसम्मान खोज्थे। (मत्ती २३:५-७) तर येशू भने फरक हुनुहुन्थ्यो। “मानिसको छोरा . . . सेवा पाउन होइन तर सेवा गर्न” आउनुभएको थियो। (मत्ती २०:२८) के हामी उपासनाका त्यस्ता पक्षहरूमा मात्रै भाग लिन मरिमेट्‌छौँ, जसमा भाग लिँदा हामी अरूबाट चिनिन्छौँ र प्रशंसा पाउँछौँ? यहोवाको नजरमा महान्‌ हुन चाहन्छौँ भने हामीले पनि येशूले जस्तै अरूको हित हुने कामहरू गर्नुपर्छ। यस्ता कामहरू प्रायः अरूले देख्दैनन्‌; यहोवाले मात्रै देख्नुहुन्छ। (मत्ती ६:१-४) एक जना नम्र सेवक . . .

  • राज्यभवनको सरसफाइ र मर्मतसम्भारमा भाग लिन्छन्‌

  • वृद्धवृद्धा र अरूलाई मदत गर्न अग्रसर हुन्छन्‌

  • राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन आर्थिक अनुदान दिएर सहयोग गर्छन्‌