सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

दादागिरीको सिकार हुनुपर्दा यहोवामा भर पर्नुहोस्‌

दादागिरीको सिकार हुनुपर्दा यहोवामा भर पर्नुहोस्‌

दादागिरीको सिकार हुँदा हामीलाई भावनात्मक र शारीरिक रूपमा पीडा हुन सक्छ। यहोवाको साक्षी भएकोले गिल्ला गरिँदा हामी डरायौँ भने त्यसले हाम्रो आध्यात्मिकतामा समेत हानि पुऱ्‍याउन सक्छ। दादागिरीको सिकार हुँदा हामी के गर्न सक्छौँ?

यहोवाका थुप्रै उपासक उहाँमा भर परेर दादागिरीको सामना गर्न सफल भएका छन्‌। (भज १८:१७) उदाहरणको लागि, एस्तरले साहसी भई हामानको दुष्ट चालको पर्दाफास गरिन्‌। (एस्त ७:​१-६) तर त्यसो गर्नुअघि उनले उपवास बसेर यहोवामा भर परेको देखाइन्‌। (एस्त ४:​१४-१६) उनले गरेको काममा यहोवाले आशिष्‌ दिनुभयो र उनलाई अनि सम्पूर्ण यहुदीलाई जोगाउनुभयो।

जवानहरू हो, दादागिरीको सिकार हुनुपर्दा मदतको लागि यहोवालाई गुहार्नुहोस्‌ अनि आफ्नो समस्याबारे परिपक्व व्यक्‍तिसित कुरा गर्नुहोस्‌, जस्तै: आमाबुबा। एस्तरलाई जस्तै यहोवाले तपाईँलाई पनि मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। दादागिरीको सिकार हुनुपर्दा तपाईँ अरू के गर्न सक्नुहुन्छ?

मेरो किशोरावस्था—म कसरी दादागिरीको सामना गर्न सक्छु? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • किशोरकिशोरीले चार्ली र फिरिनको अनुभवबाट के सिक्न सक्छन्‌?

  • छोराछोरीलाई दादागिरीको सामना गर्न मदत गर्ने सन्दर्भमा चार्ली र फिरिनले बताएका कुराहरूबाट आमाबुबाले के सिक्न सक्छन्‌?