सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

यहोवाका जनहरूको भलाइको लागि काम गर्ने गोठालाहरू

यहोवाका जनहरूको भलाइको लागि काम गर्ने गोठालाहरू

थुप्रैले अख्तियारमा भएका मानिसहरूलाई भरोसा गर्दैनन्‌। त्यसो हुनुको कारण हामी बुझ्न सक्छौँ। किनभने अख्तियारमा भएका मानिसहरूले शक्‍तिको दुरुपयोग गरेको लामो इतिहास छ। (मिका ७:३) तर मण्डलीमा भने यहोवाका जनहरूको भलाइको लागि आफ्नो अख्तियार प्रयोग गर्न तालिम पाएका एल्डरहरू हुनु हाम्रो लागि कत्ति खुसीको कुरा हो!—एस्त १०:३; मत्ति २०:२५, २६.

एल्डरहरू संसारमा अख्तियार पाएका मानिसहरूजस्ता छैनन्‌। तिनीहरू यहोवा र उहाँका जनहरूप्रतिको प्रेमले गर्दा निरीक्षकको काम गर्न अघि सर्छन्‌। (युह २१:१६; १प ५:​१-३) येसुको निर्देशन पछ्याउँदै ती गोठालाहरू प्रत्येक प्रकाशकलाई यहोवाका उपासकहरूको परिवारको भाग महसुस गराउन र यहोवासित नजिक भइरहन मदत गर्छन्‌। तिनीहरू यहोवाका भेडाहरूलाई आध्यात्मिक तवरमा मदत गर्न अग्रसर हुन्छन्‌ अनि अकस्मात्‌ कुनै स्वास्थ्य समस्या आइपर्दा वा प्रकोप हुँदा मदत गर्न अघि सरिहाल्छन्‌। मदत चाहिँदा तपाईँको मण्डलीका एक जना एल्डरलाई तुरुन्तै सम्पर्क गर्न नहिचकिचाउनुहोस्‌।—या ५:१४.

आफ्ना भेडाहरूको ख्याल राख्ने गोठालाहरू भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • मारियानाले एल्डरहरूको मदतबाट कस्तो लाभ उठाइन्‌?

  • एलियासले एल्डरहरूको मदतबाट कस्तो लाभ उठाए?

  • तपाईँले यी अनुभवहरूबाट एल्डरहरूले गर्ने कामप्रति कस्तो दृष्टिकोण राख्न मदत पाउनुभयो?