सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

मन्दिरका यहुदी प्रहरीहरू को थिए? तिनीहरूको काम के थियो?

लेवी कुलका गैर-पुजारी सदस्यहरूले गर्ने थुप्रै काममध्ये एउटा प्रहरीको रूपमा काम गर्नु पनि थियो। तिनीहरू मन्दिरका पहरेदारहरूको नाइकेको अधीनमा काम गर्थे। यी प्रहरीहरूको कामबारे यहुदी लेखक फिलो यसो भन्छन्‌: “यीमध्ये केही [लेवीहरू] मूल ढोकामा ढोकेको रूपमा पहरा दिन्थे, अरू कतिपयले [मन्दिर परिसरमा] पवित्र स्थानअगाडि पहरा दिन्थे ताकि कोही पनि निषेधित व्यक्‍ति जानाजानी वा अनजानमा भित्र नपसोस्‌। केहीले भने पालैपालो रातदिन त्यसको वरपर पहरा दिन्थे।”

यी प्रहरीहरूलाई न्यायपरिषद्‌ले पनि प्रयोग गर्न सक्थ्यो। रोमीहरूले हतियार भिर्न अनुमति दिएका यहुदीहरू यिनीहरू मात्र थिए।

योआकिम येरेमायास नाम गरेका एक विज्ञले यसो भने, “मन्दिरमा सिकाइरहँदा किन हिरासतमा लिएनौ भनेर येसुले आफूलाई पक्रन आएकाहरूलाई सोध्नुभयो। (मत्ति २६:५५) ती मानिसहरू मन्दिरको प्रहरी नभएका भए उहाँले यो प्रश्‍न सोध्नुहुने नै थिएन।” साथै यस लेखकको विचारमा त्यसअघि पनि उहाँलाई गिरफ्तार गर्न आएकाहरू मन्दिरका प्रहरीहरू नै थिए। (युह. ७:३२, ४५, ४६) पछि येसुका चेलाहरूलाई न्यायपरिषद्‌सामु खडा गराउनको लागि ती पहरेदारहरूको नाइकेलाई पनि सँगै पठाइएको थियो; अनि प्रेषित पावललाई घिसार्दै मन्दिरबाहिर लैजानेहरूमा सम्भवतः यी प्रहरीहरू पनि थिए।—प्रेषि. ४:१-३; ५:१७-२७; २१:२७-३०.