सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के ईश्‍वर तपाईँको प्रार्थना सुन्‍नुहुन्छ?

के ईश्‍वर तपाईँको प्रार्थना सुन्‍नुहुन्छ?

ईश्‍वर तपाईँको प्रार्थना सुन्‍नुहुन्छ जस्तो तपाईँलाई लाग्छ?

बाइबल के भन्छ?

  • ईश्‍वर प्रार्थना सुन्‍नुहुन्छ। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌, जसले साँचो हृदयले उहाँको पुकारा गर्छन्‌। . . . उहाँ तिनीहरूको गुहार सुन्‍नुहुन्छ।”—भजन १४५:१८, १९.

  • ईश्‍वर तपाईँले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ। बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।”—फिलिप्पी ४:६.

  • ईश्‍वरले साँच्चै तपाईँको ख्याल राख्नुहुन्छ। ईश्‍वरलाई हाम्रा फिक्री र समस्याहरू राम्ररी थाह छ अनि उहाँ हामीलाई मदत गर्न चाहनुहुन्छ। बाइबल यसो भन्छ: “आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.