सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भविष्य उज्ज्वल बनाउन मदत गर्ने भरपर्दो स्रोत

भविष्य उज्ज्वल बनाउन मदत गर्ने भरपर्दो स्रोत

अघिल्ला लेखहरूमा बताइएझैँ मानिसहरू भविष्य उज्ज्वल बनाउन भाग्य, शिक्षा र धनसम्पत्तिजस्ता कुराहरूमा भरोसा गर्छन्‌ अनि कतिपयचाहिँ असल मानिस बन्‍नुपर्छ भन्छन्‌। तर यी कुराहरूमा भरोसा गर्नु भनेको गन्तव्यमा पुग्न गलत नक्सा प्रयोग गर्नुजस्तै हो। त्यसोभए भविष्य उज्ज्वल बनाउन मदत गर्ने कुनै भरपर्दो स्रोत नै छैन त? त्यसो त पटक्कै होइन।

हामीलाई डोऱ्‍याइ दिने उत्कृष्ट स्रोत

निर्णयहरू गर्नुपर्दा हामी आफूभन्दा पाको र बुद्धिमान्‌ व्यक्‍तिसित सल्लाह माग्छौँ। त्यसरी नै हाम्रो उज्ज्वल भविष्यको लागि भरपर्दो डोऱ्‍याइ दिन सक्ने एक जना हुनुहुन्छ, जो हामीभन्दा कता हो कता पाको र बुद्धिमान्‌ हुनुहुन्छ। उहाँका सल्लाहहरू एउटा पवित्र ग्रन्थमा सङ्‌कलन गरिएको छ। त्यो हो, बाइबल। यो लगभग ३,५०० वर्षअघिदेखि नै लेख्न सुरु गरिएको थियो।

हामी बाइबलमा किन भरोसा गर्न सक्छौँ? किनभने यसका लेखक ब्रह्‍माण्डकै सबैभन्दा पाको र बुद्धिमान्‌ व्यक्‍ति हुनुहुन्छ। उहाँलाई बाइबलमा “अतिप्राचीन” भनिएको छ र उहाँ “अनादिदेखि अनन्तसम्म” अस्तित्वमा हुनुहुन्छ। (दानिएल ७:९; भजन ९०:२) उहाँले नै ‘आकाश रच्नुभयो र पृथ्वी सृष्टि गर्नुभयो।’ (यसैया ४५:१८) बाइबलमा उहाँले आफ्नो नाम यहोवा हो भनेर बताउनुभएको छ।—भजन ८३:१८.

बाइबल मानवजातिको सृष्टिकर्ताबाट आएको किताब भएकोले यसले कुनै एउटा संस्कृति वा जातका मानिसहरू अर्कोभन्दा ठूलो हो भनेर सिकाउँदैन। यसका सल्लाहहरू सधैँ उपयोगी हुन्छन्‌ र सबै देशका मानिसले यसबाट लाभ उठाउन सक्छन्‌। बाइबल थुप्रै भाषामा उपलब्ध छ र संसारमा अरू कुनै पनि किताब योजत्तिको व्यापक वितरण भएको छैन। * यो सबै ठाउँका मानिसले पढ्‌न सक्छन्‌ र यसबाट लाभ उठाउन सक्छन्‌। यी तथ्यहरूलाई बाइबलको यस भनाइले समर्थन गर्छ:

“परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.

मायालु आमाबुबाले छोराछोरीलाई डोऱ्‍याइ दिएझैँ हाम्रा मायालु बुबा यहोवाले पनि हामीलाई उहाँको वचन बाइबलमार्फत सही डोऱ्‍याइ दिनुहुन्छ। (२ तिमोथि ३:१६) तपाईँ उहाँको वचनमा भरोसा गर्न सक्नुहुन्छ किनकि हामीलाई उहाँले नै बनाउनुभएको हो र के गर्दा हाम्रो हित हुन्छ, उहाँलाई राम्ररी थाह छ।

यस्तो उज्ज्वल भविष्यको लागि तपाईँले के गर्नुपर्छ? यसको जवाफ अर्को लेखले दिनेछ।

^ अनु. 6 बाइबलको अनुवाद र वितरणबारे थप जानकारीको लागि www.pr418.com/ne मा जानुहोस्‌ अनि बाइबलको शिक्षा > बाइबल तथा इतिहास अन्तर्गत हेर्नुहोस्‌।

^ अनु. 16 थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबल—परमेश्‍वरको वचन कि मानिसको? (The Bible—God’s Word or Man’s?) किताबको अध्याय ९ हेर्नुहोस्‌। यो किताब www.pr418.com मा उपलब्ध छ। लाइब्रेरी > पुस्तक र पुस्तिकाहरू अन्तर्गत हेर्नुहोस्‌।