सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँलाई सम्झना छ?

के तपाईँलाई सम्झना छ?

के तपाईँले यस वर्षको प्रहरीधरहरा पत्रिकाका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए तपाईँ निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

याकुब ५:११ मा बताइएअनुसार यहोवा परमेश्‍वर “कोमल स्नेहले भरिपूर्ण” अनि “कृपालु” हुनुभएकोले हामी कस्तो आश्‍वासन पाउँछौँ?

यहोवा कृपालु हुनुभएकोले उहाँ हाम्रा गल्तीहरूको क्षमा दिनुहुन्छ। याकुब ५:११ अनुसार दुःखमा पर्दा हामीलाई मदत गर्न यहोवालाई उहाँको कृपाले उत्प्रेरित गर्छ। हामीले पनि यहोवाको देखासिकी गर्नुपर्छ।—w२१.०१, पृ. २१.

यहोवाले शिरत्वको प्रबन्ध किन गर्नुभयो?

प्रेमले गर्दा यहोवाले शिरत्वको प्रबन्ध गर्नुभयो। शिरत्वको प्रबन्धले गर्दा उहाँको परिवारमा शान्ति छाउँछ र व्यवस्थित ढङ्‌गमा चल्न सक्छ। यस्तो प्रबन्ध नभएको भए कसले निर्णय गर्ने र त्यो लागू गराउने काममा कसले नेतृत्व लिने भनेर परिवारका सदस्यहरू अन्योलमा पर्ने थिए।—w२१.०२, पृ. ३.

मेसेज एप्लिकेसनहरू प्रयोग गर्ने सन्दर्भमा ख्रिष्टियनहरू किन होसियार हुनुपर्छ?

हामी त्यस्ता एप्लिकेसनहरू चलाउँछौँ भने सङ्‌गत छान्‍ने सन्दर्भमा होसियार हुनुपर्छ। हामी एकैचोटि धेरै जनासित मेसेजद्वारा कुराकानी गर्ने गर्छौँ भने झनै होसियार हुनुपर्छ। (१ तिमो. ५:१३) पुष्टि नभएको समाचार फैलाउने र आर्थिक लाभको लागि ख्रिष्टियन भाइबहिनीको सम्पर्क प्रयोग गर्ने खतरा पनि छ।—w२१.०३, पृ. ३१.

यहोवाले येसुलाई कष्ट भोग्न र मर्न दिनुका केही कारण के-के हुन्‌?

पहिलो कारण, यहुदीहरूलाई एउटा सरापबाट छुटाउन येसु ख्रिष्टलाई यातनाको खम्बामा झुन्ड्याइनुपर्थ्यो। (गला. ३:१०, १३) दोस्रो कारण, यहोवा येसुलाई भविष्यको प्रधानपुजारीको भूमिकाको लागि तालिम दिँदै हुनुहुन्थ्यो। तेस्रो कारण, येसु मृत्युसम्मै वफादार रहनुभएकोले कठिन परीक्षा आइपर्दा मानिसहरू यहोवाप्रति वफादार रहिरहन सक्छन्‌ भनेर प्रमाणित भयो। (अय्यु. १:९-११)—w२१.०४, पृ. १६-१७.

मानिसहरूलाई भेट्‌न तपाईँ के-कस्ता तरिका अपनाउन सक्नुहुन्छ?

मानिसहरू घरमै हुने समयमा गयौँ भने धेरैलाई भेट्‌न सक्नेछौँ। हामी मानिसहरूलाई फरक ठाउँमा भेट्‌ने कोसिस पनि गर्न सक्छौँ। साथै फरक तरिका अपनाउन सक्छौँ, जस्तै: पत्र पठाउने।—w२१.०५, पृ. १५-१६.

प्रेषित पावलले “व्यवस्थाद्वारा म व्यवस्थाको नजरमा मरिसकेँ” भन्‍नुको अर्थ के हो? (गला. २:१९)

त्रुटिपूर्ण मानिसहरूले व्यवस्था पूर्णरूपमा पालन गर्न सक्दैनन्‌ भनेर मोसाको व्यवस्थाले देखायो र इस्राएलीहरूलाई ख्रिष्टसम्म डोऱ्‍यायो। (गला. ३:१९, २४) व्यवस्थाद्वारा पावलले येसुलाई स्विकार्न सके। यसरी पावल ‘व्यवस्थाको नजरमा मरे।’ त्यस उप्रान्त तिनी व्यवस्थाको अधीनमा भएनन्‌।—w२१.०६, पृ. ३१.

यहोवाले सहनशीलता देखाउने सन्दर्भमा हाम्रो लागि कस्तो उदाहरण बसाल्नुभएको छ?

यहोवाले आफ्नो नाममा लागेको कलङ्‌क, आफ्नो सार्वभौमिकताको विरोध, आफ्ना केही सन्तानको विद्रोह, दियाबलले फैलाएका झूटहरू, आफ्ना प्रिय सेवकहरूले भोग्नुपरेको दुःखकष्ट, मृत्युको कारण आफ्ना मित्रहरूसित छुट्टिनुपर्दाको पीडा, दुष्टहरूले मानिसहरूमाथि गरेको थिचोमिचो र उहाँको सृष्टिको विनाश सहनुभएको छ।—w२१.०७, पृ. ९-१२.

युसुफले धीरजी हुने सन्दर्भमा कस्तो राम्रो उदाहरण बसाले?

तिनले आफ्ना दाइहरूबाट वर्षौँसम्म नराम्रो व्यवहार सहनुपऱ्‍यो। तिनीमाथि झूटो आरोप लगाइयो र तिनले धेरै वर्ष मिश्रको झ्यालखानामा बिताउनुपऱ्‍यो।—w२१.०८, पृ. ११.

हाग्गै २:६-९, २०-२२ मा कस्तो प्रतीकात्मक हल्लाउने कामबारे भविष्यवाणी गरिएको छ?

राष्ट्रहरूले परमेश्‍वरको राज्यको सन्देशप्रति नकारात्मक प्रतिक्रिया देखाउँछन्‌ तर धेरै मानिसले सत्य स्विकारेका छन्‌। चाँडै राष्ट्रहरूलाई अन्तिम चोटि हल्लाइँदा ती नाश हुनेछन्‌।—w२१.०९, पृ. १५-१९.

हामीले किन हरेस नखाई सुसमाचार सुनाइरहनुपर्छ?

यहोवा हाम्रो मेहनत देख्नुहुन्छ र खुसी हुनुहुन्छ। हामीले हरेस खाएनौँ भने अनन्त जीवन पाउनेछौँ।—w२१.१०, पृ. २५-२६.

लेवी अध्याय १९ ले यो सल्लाह पालन गर्न कसरी मदत गर्न सक्छ: “तिमीहरू . . . आफ्नो सारा चालचलनमा पवित्र होओ”? (१ पत्रु. १:१५)

यो पद लेवी १९:२ बाट उद्धरण गरिएको हुनुपर्छ। लेवी अध्याय १९ मा हामीले आफ्नो दैनिक जीवनमा १ पत्रुस १:१५ लागू गर्न सक्ने थुप्रै क्षेत्रबारे बताइएको छ।—w२१.१२, पृ. ३-४.