सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

घृणामाथि विजय सम्भव छ!

घृणामाथि विजय सम्भव छ!

के तपाईँ घृणाको सिकार हुनुभएको छ?

छैन भने अरू कसैले कुनै तरिकामा घृणा सहनुपरेको चाहिँ देख्नुभएको होला। फरक देश, वर्ण, लिङ्‌ग अनि जातको भएकोले वा समलिङ्‌गी भएकोले मानिसहरू दुर्व्यवहारको सिकार हुनुपरेको समाचार जताततै सुनिन्छ। त्यसैले विभिन्‍न देशका सरकारहरूले यस्तो दुर्व्यवहार गर्नेहरूलाई सजाय दिन विभिन्‍न नियमकानुन बनाइरहेका छन्‌।

घृणाले घृणा जन्माउँछ। जसले घृणा सहनुपरेको हुन्छ, तिनीहरूको मन पनि अक्सर घृणाले नै भरिन्छ र तिनीहरू बदला लिन तम्सिन्छन्‌। यसरी एक समूहले अर्को समूहलाई घृणा गर्ने चक्र चलिरहन्छ।

सायद तपाईँले पूर्वाग्रह, भेदभाव, गिल्ला, अपमान र धम्की खेप्नुपरेको छ। तर घृणाले निम्त्याउने नतिजा अझ भयावह हुन्छ। यसले गर्दा प्रायः हिंसा मच्चिन्छ। मानिसहरू दादागिरी, सार्वजनिक सम्पत्तिको तोडफोड, कुटपिट, बलात्कार अथवा हत्या गर्न पनि पछि पर्दैनन्‌। तिनीहरू जातीय संहार गर्न समेत तम्सिन्छन्‌।

यस पत्रिकाले निम्न प्रश्‍नको जवाफ दिनेछ अनि घृणामाथि कसरी विजयी हुन सकिन्छ भनेर बताउनेछ:

  • संसारमा घृणा किन व्याप्त छ?

  • घृणा फैलिन नदिन के गर्न सक्छौँ?

  • घृणाको नामोनिसानै नरहने समय कहिल्यै आउँला?