सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वर तपाईँलाई माया गर्नुहुन्छ

ईश्‍वर तपाईँलाई माया गर्नुहुन्छ

बाइबलमा हाम्रो लागि निकै उपयोगी सल्लाह-सुझाव पाइन्छ किनभने यो ईश्‍वरबाट आएको हो। यो स्वास्थ्य विज्ञानसम्बन्धी किताब होइन। तर यसमा पाइने सल्लाह-सुझावले हामीलाई तनावपूर्ण परिस्थितिको सामना गर्न, आफ्नो सोचाइलाई काबूमा राख्न, भावनात्मक पीडा सहन अनि शारीरिक र मानसिक स्वास्थ्य समस्यासित जुझ्न मदत गर्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो सृष्टिकर्ता यहोवाले a हाम्रो सोचाइ र भावना कुनै पनि मानिसले भन्दा राम्ररी बुझ्नुहुन्छ। उहाँ हामीलाई जस्तोसुकै परिस्थितिसित जुझ्न मदत दिन चाहनुहुन्छ। बाइबलका यी दुई वटा हरफले हामीलाई सान्त्वना दिन्छ:

“यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।” —भजन ३४:१८.

“म यहोवा तिम्रा परमेश्‍वरले तिम्रो दाहिने हात समातेको छु। म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’”—यसैया ४१:१३.

तर यहोवा हामीलाई मानसिक स्वास्थ्य समस्यासित जुझ्न कसरी मदत गर्नुहुन्छ? उहाँले हामीलाई धेरै माया गर्नुहुने भएकोले थुप्रै व्यावहारिक सुझाव दिनुभएको छ। ती सुझावहरूबारे यसपछिका लेखहरूमा छलफल गर्नेछौँ।

a यहोवा साँचो ईश्‍वरको नाम हो।—भजन ८३:१८.