सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

२ | “धर्मशास्त्रबाट पाइने सान्त्वना”

२ | “धर्मशास्त्रबाट पाइने सान्त्वना”

बाइबल भन्छ: “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌ ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।”—रोमी १५:४.

यसको अर्थ के हो?

बाइबलमा पाइने सान्त्वनादायी कुराहरूले हाम्रो मनमा आउने नकारात्मक भावना हटाउन मदत गर्छ। साथै बाइबलमा चाँडै हामीले कुनै पनि किसिमको भावनात्मक पीडा भोग्नु नपर्ने समय आउनेछ भन्‍ने आशा पनि पाइन्छ।

यसले हामीलाई कसरी मदत गर्छ?

हामी सबै कुनै न कुनै समय निराश हुन्छौँ तर डिप्रेसन वा अचाक्ली चिन्ताले सताएका मानिसहरूलाई भने सधैँ नै भावनात्मक पीडा हुन्छ। बाइबलले तिनीहरूलाई कसरी मदत गर्न सक्छ?

  • बाइबलले हामीलाई नकारात्मक सोचाइ हटाएर सकारात्मक सोचाइ राख्न मदत गर्छ। (फिलिप्पी ४:८) साथै यसले हामीलाई सान्त्वना र दिलासा दिन्छ अनि नकारात्मक भावनालाई काबूमा राख्न मदत गर्छ।—भजन ९४:१८, १९.

  • यसले आफू बेकामको छु भन्‍ने सोचाइ हटाउन मदत गर्न सक्छ।—लुका १२:६, ७.

  • यसले हामी एक्लो छैनौँ र सृष्टिकर्ताले हाम्रो भावना राम्ररी बुझ्नुहुन्छ भनेर आश्‍वासन दिन्छ।—भजन ३४:१८; १ युहन्‍ना ३:१९, २०.

  • यसमा ईश्‍वरले चाँडै नै हाम्रो मनबाट पीडादायी सम्झनाहरू हटाइदिनुहुनेछ भनेर प्रतिज्ञा गरिएको छ। (यसैया ६५:१७; प्रकाश २१:४) यस प्रतिज्ञाले मानसिक र भावनात्मक रूपमा असाध्यै गाह्रो भएको बेला हामीलाई सहनशील भई अघि बढिरहन बल दिन्छ।