सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

३ | विगतका उदाहरणहरूबाट सिक्नुहोस्‌

३ | विगतका उदाहरणहरूबाट सिक्नुहोस्‌

बाइबलले बताएअनुसार पुरातन समयका भक्‍तालु पुरुष तथा स्त्रीको पनि “हाम्रो जस्तै भावना” थियो। —याकुब ५:१७.

यसको अर्थ के हो?

बाइबलमा भावनात्मक उथलपुथलको सामना गरेका थुप्रै पुरुष तथा स्त्रीको विवरण पाइन्छ। ती विवरणहरू पढ्‌दा हामी आफ्नो जस्तै भावना भएको कुनै बाइबल पात्र भेट्टाउन सक्छौँ।

यसले हामीलाई कसरी मदत गर्छ?

अरूले हाम्रो भावना बुझ्न सक्छन्‌ भन्‍ने कुरा हामीले मनमा राख्नुपर्छ, विशेषगरि कुनै मानसिक स्वास्थ्य समस्यासित जुझिरहेको बेला। बाइबल पात्रहरूको अनुभव पढ्‌दा तिनीहरूको सोचाइ र भावना हाम्रो जस्तै थियो भनेर थाह पाउनेछौँ। अचाक्ली चिन्ता र भावनात्मक उथलपुथलको सामना गर्नुपर्दा त्यस्तो समस्या झेल्नुपरेको हामी मात्र होइनौँ, अरूले पनि झेलेका रहेछन्‌ भन्‍ने कुरा बुझ्दा सान्त्वना पाउनेछौँ।

  • बाइबलमा निस्सहाय र लाचार महसुस गरेका थुप्रै व्यक्‍तिको भनाइ पाइन्छ। के तपाईँलाई कहिल्यै ‘अब त म सहनै सक्दिनँ’ जस्तो लागेको छ? मोसा, एलिया र दाउदजस्ता बाइबल पात्रहरूले त्यस्तै महसुस गरेका थिए।—गन्ती ११:१४; १ राजा १९:४; भजन ५५:४.

  • बाइबलमा हन्‍ना नामकी एक स्त्रीबारे बताइएको छ। उनी निस्सन्तान थिइन्‌ र उनकी सौताले पनि दिनरात खिल्ली उडाएर उनलाई दुःख दिइरहन्थिन्‌। त्यसैले उनले “अत्यन्तै लाचार” महसुस गरेकी थिइन्‌।—१ समुएल १:६, १०.

  • बाइबलमा अय्युब नाम गरेका यहोवाका एक सेवकबारे पनि बताइएको छ, जसको भावना सम्भवतः हाम्रो जस्तै थियो। भावनात्मक तवरमा असाध्यै गाह्रो हुँदा तिनले एकपटक यसो भने: “म आफ्नो जीवनदेखि वाक्क भइसकेँ, अब म बाँच्न चाहन्‍नँ।”—अय्युब ७:१६.

यी बाइबल पात्रहरूले कसरी सफलतापूर्वक नकारात्मक सोचाइ हटाउन सके भनेर बुझ्दा हामी आफ्नो तनाव र फिक्रीको सामना गर्न बल पाउँछौँ।