सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानसिक सुस्वास्थ्यबारे ईश्‍वरको प्रतिज्ञा

मानसिक सुस्वास्थ्यबारे ईश्‍वरको प्रतिज्ञा

ईश्‍वरले बाइबलमार्फत मानसिक तनावसित जुझ्न डोऱ्‍याइ र सान्त्वना दिनुभएको छ।

त्यसको साथै उहाँले मानसिक तनाव गराउने सबै कुरा सदाका लागि हटाउने प्रतिज्ञा पनि गर्नुभएको छ।

उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएपछि भावनात्मक चोट, मानसिक तनाव र विगतका तीता अनुभवहरू ‘फेरि सम्झनामा आउनेछैनन्‌; ती कुराहरू हामीले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौँ।’—यसैया ६५:१७.

यो मन छुने प्रतिज्ञा ईश्‍वरले कहिले र कसरी पूरा गर्नुहुनेछ भनेर तपाईँलाई बुझाउन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌।