सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वेबसाइटका लागि सुझाव

वेबसाइटका लागि सुझाव

वेबसाइटका लागि सुझाव

jw.org को गृहपृष्ठमा प्रकाशित लेखहरू खोज्ने

हाम्रा थुप्रै भाइबहिनी jw.org को गृहपृष्ठमा प्रकाशित लेखहरू साक्षीकार्यको लागि प्रयोग गर्छन्‌। ती लेखहरू सजिलै सेयर गर्न सकिन्छ र ती लेखहरूमा अक्सर हालैका घटनाहरूले बाइबलका भविष्यवाणीहरू कसरी पूरा गरिरहेको छ भनेर बताइएको हुन्छ। एक भाइले गृहपृष्ठका लेखहरू “अहिले हामी जुन तरिकामा साक्षी दिइरहेको छौँ, त्यसको लागि एकदमै उपयुक्‍त छ” भनेर बताए।

तर गृहपृष्ठमा नयाँ-नयाँ लेखहरू आइरहने भएकोले पुराना लेखहरू कसरी खोज्न सकिन्छ?

• jw.org को गृहपृष्ठमा “विशेष सामग्रीहरू” भन्‍ने भागको दायाँतिर “थप हेर्ने” भन्‍ने लिङ्‌क क्लिक गर्नुहोस्‌। मोबाइलमा हो भने “थप हेर्ने” भन्‍ने लिङ्‌क “विशेष सामग्रीहरू” भन्‍ने भागको मुनितिर पाउनुहुनेछ। उक्‍त लिङ्‌क क्लिक गरेपछि “गृहपृष्ठमा हालै प्रकाशित लेखहरू” भन्‍ने पृष्ठ देखा पर्नेछ।

• jw.org वा JW लाइब्रेरी-मा “लाइब्रेरी”-को “शृङ्‌खलाबद्ध लेखहरू”-अन्तर्गत “थप लेखहरू” हेर्नुहोस्‌। यस भागमा गृहपृष्ठमा प्रकाशित थुप्रै लेख पाउन सकिन्छ।