सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययनका लागि सुझाव

अध्ययनका लागि सुझाव

हाम्रो बुझाइमा हालै गरिएका छाँटकाँटहरूबारे कसरी थाह पाउने?

हामी असाध्यै रोमाञ्चक समयमा बाँचिरहेका छौँ र अहिले आध्यात्मिक ज्योति झन्‌झनै चहकिलो हुँदै गइरहेको छ। (दानि. १२:४) तर हाम्रो बुझाइमा हालै के-कस्ता छाँटकाँटहरू गरिए भनेर थाह पाउन हामीलाई गाह्रो लाग्न सक्छ। हामी त्यस्ता छाँटकाँटहरूबारे व्याख्या गरिएका लेखहरू कसरी भेट्टाउन सक्छौँ?

प्रहरीधरहरा अनलाइन लाइब्रेरी-मा हाम्रो बुझाइमा छाँटकाँट गरिएका विषयहरूको सूची भेट्टाउन “खोज्ने” ठाउँमा “हाम्रो विश्‍वासबारे स्पष्टीकरण” (उद्धरण चिन्हसहित “”) टाइप गर्नुहोस्‌।

यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-मा हाम्रो बुझाइमा छाँटकाँट गरिएका विषयहरूको सूची छ। त्यसको लागि “यहोवाका साक्षीहरू” शीर्षकअन्तर्गत “धारणा र विश्‍वास” उपशीर्षकअन्तर्गत “हाम्रो विश्‍वासबारे स्पष्टीकरण” भन्‍ने भाग हेर्नुहोस्‌।

हालै गरिएको कुनै छाँटकाँटबारे र त्यसको धर्मशास्त्रीय कारणबारे बुझ्न व्यक्‍तिगत अध्ययनमा अनुसन्धान गर्नुभए कसो होला?