सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययनका लागि सुझाव

व्यक्‍तिगत अध्ययन र पारिवारिक उपासनाका लागि सुझाव

व्यक्‍तिगत अध्ययन र पारिवारिक उपासनाका लागि सुझाव

हामी सभा, सम्मेलन र अधिवेशनजस्ता कार्यक्रमहरूमा ठूलो समूहमा सँगै भेला भएर यहोवाको उपासना गर्छौँ। त्यति मात्र होइन, हामी व्यक्‍तिगत र पारिवारिक रूपमा पनि उहाँको उपासना गर्छौँ। व्यक्‍तिगत अध्ययन र पारिवारिक उपासनाका लागि केही सुझाव तल दिइएका छन्‌:

  • मण्डलीका सभाहरूको लागि तयारी गर्नुहोस्‌। तपाईँ गीतहरू अभ्यास गर्न सक्नुहुन्छ अनि परिवारका सबैलाई टिप्पणी तयारी गर्न मदत गर्न सक्नुहुन्छ।

  • बाइबलको कुनै विवरण पढ्‌नुहोस्‌। त्यसपछि त्यस विवरणमा भएको कुनै घटनाको चित्र कोर्नुहोस्‌ वा आफूले सिकेको केही कुरा लेख्नुहोस्‌।

  • बाइबलमा रेकर्ड गरिएको कुनै प्रार्थनाबारे अध्ययन गर्नुहोस्‌ अनि त्यसबाट सिकेको कुरा आफ्नो प्रार्थनाको गुणस्तर बढाउन कसरी लागू गर्न सकिन्छ, विचार गर्नुहोस्‌।

  • कुनै भिडियो हेर्नुहोस्‌ र त्यसबाट सिकेको कुरा अरूसित छलफल गर्नुहोस्‌ वा त्यसबारे केही लेख्नुहोस्‌।

  • साक्षीकार्यको लागि तयारी गर्नुहोस्‌ र अभ्यास गर्नुहोस्‌।

  • सृष्टिका कुराहरू नियाल्नुहोस्‌ र त्यसबाट यहोवाबारे सिक्न सकिने पाठबारे मनन गर्नुहोस्‌ वा छलफल गर्नुहोस्‌। a

a मार्च २०२३ अङ्‌कको प्रहरीधरहरा-मा “यहोवाको सृष्टिबाट उहाँबारे अझ धेरै सिक्नुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।