सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययनका लागि सुझाव

आफूले लागू गर्न सक्ने बहुमूल्य रत्न खोज्नुहोस्‌

आफूले लागू गर्न सक्ने बहुमूल्य रत्न खोज्नुहोस्‌

बाइबल पढ्‌दा हामी अनुसन्धान गरेर बहुमूल्य रत्न खोज्न सक्छौँ। तर बाइबल पढाइ र अनुसन्धानबाट पूरापूर लाभ उठाउन हामी अरू के गर्न सक्छौँ?

अझ खोतल्नुहोस्‌। जस्तै: बाइबलको कुनै विवरण कसले, कसलाई अनि कहिले लेखेको हो, पत्ता लगाउनुहोस्‌। त्यतिबेलाको अवस्था कस्तो थियो, त्यसअघि कस्तो घटना घटेको थियो र पछि कस्तो घटना घट्यो, विचार गर्नुहोस्‌।

सिक्न सकिने पाठ विचार गर्नुहोस्‌। यस्ता प्रश्‍नहरूबारे अनुसन्धान गर्नुहोस्‌: ‘यस बाइबल विवरणका पात्रहरूले कस्तो महसुस गरे? तिनीहरूले कस्ता गुणहरू देखाए? मैले तिनीहरूका गुणहरू किन देखासिकी गर्नुपर्छ वा देखासिकी गर्नु हुँदैन?’

सिकेका पाठहरू लागू गर्नुहोस्‌। सिकेका कुराहरू साक्षीकार्यमा अनि अरू मानिसहरूसित व्यवहार गर्दा लागू गर्नुभयो भने तपाईँले ईश्‍वरीय बुद्धि देखाइरहनुभएको हुनेछ। यसबारे बाइबल यसो भन्छ: “जो बुद्धिमान्‌ छ, उसले यी सबै कुरा याद गर्नेछ।”​—भज. १०७:४३.

  • सुझाव: मध्यहप्ताको सभाको ‘बाइबलमा पाइने अनमोल धन’ भन्‍ने भागले सिकेको कुरा कसरी लागू गर्न सकिन्छ भनेर विचार गर्न मदत गर्छ। यस भागमा आफैलाई सोध्न सकिने प्रश्‍न वा मनन गर्न सकिने बुँदा अनि पाठमूलक चित्र वा तस्बिरहरू हुन्छन्‌।