सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययनका लागि विषयहरू

आध्यात्मिक मानिसहरू बुद्धिमानी निर्णय गर्छन्‌

आध्यात्मिक मानिसहरू बुद्धिमानी निर्णय गर्छन्‌

उत्पत्ति २५:२९-३४ पढ्‌नुहोस्‌ अनि एसाव र याकुबले बुद्धिमानी निर्णय गरे कि गरेनन्‌, थाह पाउनुहोस्‌।

प्रसङ्‌ग राम्ररी केलाउनुहोस्‌। त्यसअघि के भएको थियो? (उत्प. २५:२०-२८) त्यसपछि के भयो?​—उत्प. २७:१-४६.

अनुसन्धान गर्नुहोस्‌। त्यतिबेला जेठो छोराले कस्ता अधिकार र जिम्मेवारीहरू पाउँथे?​—उत्प. १८:१८, १९; w१०-E ५/१ पृ. १३.

  • के ज्येष्ठ अधिकार पाएकाहरू मात्र मसीहको पुर्खा बन्‍न पाउँथे? (w१७.१२ पृ. १४-१५)

के-कस्ता पाठहरू सिक्न सकिन्छ, विचार गर्नुहोस्‌ र ती लागू गर्नुहोस्‌। एसावले भन्दा याकुबले किन ज्येष्ठ-अधिकारको मोल गरे? (हिब्रू १२:१६, १७; w०३ १०/१५ पृ. २८-२९) यहोवा ती दुईदाजुभाइलाई कस्तो ठान्‍नुहुन्थ्यो र किन? (मला. १:२, ३) एसावले बुद्धिमानी निर्णय गर्नको लागि के गर्न सक्थे?

  • आफैलाई सोध्नुहोस्‌: ‘म आध्यात्मिक कुराको मोल गर्छु भनेर कसरी देखाउन सक्छु? जस्तै: के म पारिवारिक उपासना नछुट्‌नेगरि योजना बनाउँछु?’