सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययनका लागि विषयहरू

अन्याय कसरी सहने?

अन्याय कसरी सहने?

उत्पत्ति ३७:२३-२८; ३९:१७-२३ पढ्‌नुहोस्‌ र युसुफको उदाहरणबाट अन्याय कसरी सहने भनेर सिक्न सक्छौँ, विचार गर्नुहोस्‌।

प्रसङ्‌ग राम्ररी केलाउनुहोस्‌। युसुफले किन अन्यायपूर्ण व्यवहार सहनुपऱ्‍यो? (उत्प. ३७:३-११; ३९:१, ६-१०) युसुफले कति समयसम्म अन्याय सहनुपरेको थियो? (उत्प. ३७:२; ४१:४६) त्यस दौडान यहोवाले युसुफको लागि के गर्नुभयो तर केचाहिँ गर्नुभएन?​—उत्प. ३९:२, २१; w२३.०१ पृ. १७ अनु. १३.

अझ खोतल्नुहोस्‌। पोतिफरकी पत्नीले लगाएको झूटो आरोपविरुद्ध युसुफले प्रतिवाद गरेको विवरण बाइबलमा पाइँदैन। त्यतिबेला युसुफ किन चुप लागेर बसे अनि हामीले बाइबलमा कुनै घटनाको एक-एक विवरण लेखिएको आशा किन गर्नु हुँदैन? यी प्रश्‍नहरूको जवाफ निम्न बाइबल पदहरूबाट कसरी थाह पाउन सक्छौँ? (हितो. २०:२; युह. २१:२५; प्रेषि. २१:३७) युसुफलाई कस्ता गुणहरूले अन्याय सहन मदत गऱ्‍यो?​—मिका ७:७; लुका १४:११; याकु. १:२, ३.

सिक्न सकिने पाठहरू विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: