सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Comstock Images/Stockbyte via Getty Images

जागा रहो!

तपाईँ कुन नेतालाई छान्‍नुहुन्छ?—यसबारे बाइबल के भन्छ?

तपाईँ कुन नेतालाई छान्‍नुहुन्छ?—यसबारे बाइबल के भन्छ?

 कसलाई नेता छान्‍ने भन्‍ने विषयमा मानिसहरूले महत्त्वपूर्ण निर्णय गर्दै छन्‌।

 यसबारे बाइबल के भन्छ?

मानव नेताहरूका सीमितताहरू छन्‌

 बाइबलले सबै मानव नेताको एउटा सीमितताबारे बताउँछ।

  •   “शासकमाथि भरोसा नगर, अरू कुनै मानिसमाथि पनि भरोसा नगर किनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्‌। त्यसको सास निस्किन्छ र त्यो माटैमा फर्किन्छ; अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्‌।”—भजन १४६:३, ४.

 एकदमै सक्षम नेताहरू पनि एक दिन मरिहाल्छन्‌। त्यति मात्र होइन, तिनीहरूले गरेका असल कामहरू तिनीहरूपछिका नेताहरूले पनि गर्नेछन्‌ भन्‍ने कुराको कुनै ग्यारेन्टी छैन।—उपदेशक २:१८, १९.

 वास्तविकता के हो भने, मानिसहरू एकअर्कामाथि शासन गर्न बनाइएकै थिएनन्‌ भनी बाइबल बताउँछ।

  •   “आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।”—यर्मिया १०:२३.

 के अहिले असल नेता बन्‍न सक्ने कोही छ?

परमेश्‍वरले छान्‍नुभएको नेता

 परमेश्‍वरले एकदमै सक्षम र भरोसायोग्य नेता नियुक्‍त गरिसक्नुभएको छ भनी बाइबल बताउँछ। उहाँ येसु ख्रिष्ट हुनुहुन्छ। (भजन २:६) येसु परमेश्‍वरको राज्यको राजा हुनुहुन्छ र त्यस राज्यले स्वर्गबाट शासन गर्छ।—मत्ति ६:१०.

 के तपाईँ येसुलाई आफ्नो नेता छान्‍नुहुनेछ? यस प्रश्‍नको महत्त्वबारे बाइबल यसो भन्छ:

  •   “छोराको [अर्थात्‌ येसु ख्रिष्टको] आदर गर, नत्रता परमेश्‍वर रिसाउनुहुनेछ र तिमीहरू नाश हुनेछौ किनकि उहाँको रिस आगोझैँ दन्किनेछ। उहाँमा शरण लिनेजति सबै रमाउनेछन्‌।”—भजन २:१२.

 तपाईँले निर्णय गर्ने समय अहिल्यै हो। येसुले इस्वी संवत्‌ १९१४ देखि शासन गर्न थाल्नुभयो र चाँडै सबै मानव सरकारलाई हटाएर परमेश्‍वरको राज्यले शासन गर्न थाल्नेछ भनी बाइबल भविष्यवाणीले देखाउँछ।—दानिएल २:४४.

 तपाईँ कसरी येसुको नेतृत्वलाई समर्थन गर्न सक्नुहुन्छ भन्‍ने विषयमा अझ धेरै जान्‍न “ईश्‍वरको राज्यलाई अहिल्यै समर्थन गर्नुहोस्‌!” लेख पढ्‌नुहोस्‌।