सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

Maremagnum/Corbis Documentary via Getty Images

जागा रहो!

के आरमागेडोनको युद्ध इजरायलमा सुरु हुनेछ?—यसबारे बाइबल के भन्छ?

के आरमागेडोनको युद्ध इजरायलमा सुरु हुनेछ?—यसबारे बाइबल के भन्छ?

 बाइबलअनुसार आरमागेडोनको युद्ध भनेको कुनै एउटा खास ठाउँमा हुने युद्ध होइन बरु यो सबै मानव सरकार र परमेश्‍वरबीच हुने विश्‍वव्यापी युद्ध हो।

  •   “प्रेतहरूका प्रेरित वचनहरू[ले] ... पृथ्वीभरिका राजाहरूकहाँ गएर तिनीहरूलाई सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँको निम्ति जम्मा गर्छन्‌। अनि तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा आरमागेडोन भन्‍ने ठाउँमा जम्मा गरे।”—प्रकाश १६:१४, १६.

 आरमागेडोन हिब्रू शब्द हार मघिद्दोन-बाट लिइएको हो, जसको अर्थ “मगिद्दोको डाँडा” हो। मगिद्दो प्राचीन इस्राएलको एउटा सहर थियो। यही कारणले गर्दा कोही-कोही आरमागेडोनको युद्ध इजरायलमा लडिनेछ भन्‍ने धारणा राख्छन्‌। तर न मगिद्दो न त मध्यपूर्वको अरू कुनै ठाउँमा “पृथ्वीभरिका राजाहरू” र तिनीहरूका सेना अटाउँछन्‌।

 प्रकाशको किताब “चिन्हहरू” अर्थात्‌ प्रतीकात्मक भाषामा लेखिएको थियो। (प्रकाश १:१) आरमागेडोनले कुनै एउटा खास ठाउँलाई बुझाउँदैन। बरु यो पूरै विश्‍वलाई समेट्‌ने यस्तो अवस्था हो, जसमा राष्ट्रहरू परमेश्‍वरको शासनविरुद्ध युद्ध लड्‌न अन्तिम पटक एकजुट हुन्छन्‌।—प्रकाश १९:११-१६, १९-२१.