सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JW.ORG वेबसाइट

अर्को भाषामा आफूले चाहेको सामग्री खोज्नुहोस्‌

अर्को भाषामा आफूले चाहेको सामग्री खोज्नुहोस्‌

तपाईं अर्को भाषा सिक्दै हुनुहुन्छ वा अर्कै भाषा बोल्ने व्यक्‍तिलाई jw.org बाट केही जानकारी दिन चाहनुहुन्छ भने तल दिइएका तीन वटा तरिकामध्ये कुनै एक प्रयोग गरेर आफूले चाहेको सामग्री खोज्नुहोस्‌।

 एउटा भाषाको साइटलाई अर्को भाषामा स्वीच गर्नुहोस्‌

गृहपृष्ठको दायाँतिर रहेको भाषा रोज्ने बक्समा क्लिक गरेर jw.org मा भएका सम्पूर्ण भाषाको सूची हेर्नुहोस्‌।

सूचीमा प्रत्येक भाषाको बाँयापट्टी तल दिइएका कुनै एक चिन्ह पाउनुहुनेछ:

  • यो वेबसाइट वा यसको केही भाग यस भाषामा अनुवाद भएको छ। यसमा क्लिक गरेर यस भाषामा साइट खोल्न सक्नुहुन्छ।

  • यो वेबसाइट अहिलेसम्म यस भाषामा अनुवाद भएको छैन। तर प्रकाशनहरू डाउनलोड गर्न सक्नुहुन्छ। कुन कुन प्रकाशनहरू उपलब्ध छन्‌, त्यो हेर्न यसमा क्लिक गर्न सक्नुहुन्छ।

  • यो साङ्‌केतिक भाषा हो।

    तपाईंले रोज्नुभएको साङ्‌केतिक भाषामा jw.org वेबसाइट अनुवाद भएको छ भने यसमा क्लिक गरेर उक्‍त साङ्‌केतिक भाषामा वेबसाइट खोल्न सक्नुहुन्छ।

    तपाईंले रोज्नुभएको साङ्‌केतिक भाषामा jw.org वेबसाइट अनुवाद भएको छैन भने उक्‍त भाषामा उपलब्ध प्रकाशनहरूको सूची मात्र देखापर्छ।

यस सूचीमा सयौं भाषा छन्‌। आफूलाई चाहिएको भाषामा जान तल दिइएको कुनै एक तरिका अपनाउन सक्नुहुन्छ:

  • मनपरेको भाषा छान्‍नुहोस्‌: भाषा रोज्ने बक्समा क्लिक गरेर भाषाको सूची खोल्नुहोस्‌। सूचीको सबैभन्दा माथिको बक्समा तपाईंले थुप्रै चोटि खोल्नुभएको चार वटा भाषा देखा पर्छ। त्यहाँबाट आफूलाई मनपरेको भाषा छान्‍न सक्नुहुन्छ।

  • भाषा टाइप गर्नुहोस्‌: भाषा रोज्ने बक्समा तपाईंले खोज्नुभएको भाषा टाइप गर्न सक्नुहुन्छ। भाषा टाइप गर्दा आफ्नै भाषामा वा तपाईंले जुन भाषा खोज्नुभएको हो, त्यही भाषामा अक्षर टाइप गर्न सक्नुहुन्छ। उदाहरणको लागि, तपाईं नेपाली साइट हेर्दै हुनुहुन्छ तर तपाईंलाई जर्मन भाषाको साइट हेर्न मनलाग्यो भने “जर्मन” वा “Deutsch” टाइप गर्न सक्नुहुन्छ। तपाईंले जुन अक्षर वा शब्द टाइप गर्नुहुन्छ सोही अक्षर वा शब्द भएको भाषा मात्र सूचीमा देखा पर्नेछ।

 अर्को भाषामा वेब पेज खोल्नुहोस्‌

पहिलो तरिका: कुनै कुनै वेबपेजमा लेखको भाषा भन्‍ने बक्स हुन्छ। यो बक्स भएको पेजमा गएर तल दिइएको तरिका प्रयोग गर्न सक्नुहुन्छ।

तपाईंले पढ्‌न चाहनुभएको वा अरू कसैलाई देखाउन खोज्नुभएको लेख खोल्नुहोस्‌। त्यसपछि लेखको भाषा भन्‍ने बक्स क्लिक गरेर भाषा छान्‍नुहोस्‌। (यदि तपाईंले खोज्नुभएको भाषामा लेख प्रकाशित भएको छैन भने सूचीमा त्यो भाषा देखिने छैन।)

सुझाव: लेखको भाषा-मा भएका केही भाषाको बायाँपट्टि अडियो जनाउने चिन्ह राखिएको हुन्छ। यसले उक्‍त भाषाको लेख अडियोमा पनि उपलब्ध छ भनेर बुझाउँछ।

लेखको भाषा-मा गएर अर्को भाषा छान्‍नुहुँदा, उक्‍त लेख तपाईंले छान्‍नुभएको भाषामा देखा पर्नेछ तर वेबसाइटको बाँकी भाग भने सुरुमा जुन भाषामा साइट खोल्नुभएको हो, त्यही भाषामा देखा पर्नेछ।

दोस्रो तरिका: तपाईंले पढिरहनुभएको लेखमा लेखको भाषा भन्‍ने बक्स छैन भने भाषा रोज्ने बक्समा क्लिक गरेर भाषा छान्‍नुहोस्‌। यदि उक्‍त भाषामा लेख छ भने त्यो देखा पर्छ तर छैन भने सोही भाषाको गृहपृष्ठ खोलिनेछ।

 अर्को भाषामा प्रकाशन प्राप्त गर्नुहोस्‌

प्रकाशन भन्‍ने भागमा क्लिक गर्नुहोस्‌। त्यसपछि विशेष सामग्रीहरू भन्‍ने भागमा क्लिक गर्नुहोस्‌। देखाउने भन्‍ने बक्समा क्लिक गरेर भाषा छान्‍नुहोस्‌ र खोज्ने भन्‍ने बक्समा क्लिक गर्नुहोस्‌।

आफूलाई चाहिएको भाषामा जान तल दिइएको कुनै पनि तरिका प्रयोग गर्न सक्नुहुन्छ:

  • मनपरेको भाषा छान्‍नुहोस्‌: भाषा रोज्ने बक्समा क्लिक गरेर भाषाको सूची खोल्नुहोस्‌। सूचीको सबैभन्दा माथिको बक्समा तपाईंले थुप्रै चोटि खोल्नुभएको चार वटा भाषा देखा पर्छ। त्यहाँबाट आफूलाई मनपरेको भाषा छान्‍न सक्नुहुन्छ।

  • भाषा टाइप गर्नुहोस्‌: भाषा रोज्ने बक्समा तपाईंले खोज्नुभएको भाषा टाइप गर्न सक्नुहुन्छ। भाषा टाइप गर्दा आफ्नै भाषामा वा तपाईंले जुन भाषा खोज्नुभएको हो, त्यही भाषामा अक्षर टाइप गर्न सक्नुहुन्छ। उदाहरणको लागि, तपाईं नेपाली साइट हेर्दै हुनुहुन्छ तर तपाईंलाई जर्मन भाषाको साइट हेर्न मनलाग्यो भने “जर्मन” वा “Deutsch” टाइप गर्न सक्नुहुन्छ। तपाईंले जुन अक्षर वा शब्द टाइप गर्नुहुन्छ सोही अक्षर वा शब्द भएको भाषा मात्र सूचीमा देखा पर्नेछ।

तपाईंले छान्‍नुभएको भाषामा यदि थुप्रै प्रकाशन उपलब्ध छन्‌ भने विशेष सामग्री भन्‍ने पेजमा केही मात्र देखा पर्नेछन्‌। सोही भाषामा अरू पनि प्रकाशन चाहनुहुन्छ भने प्रकाशनहरू भन्‍ने भागमा क्लिक गर्नुहोस्‌। त्यसपछि पुस्तक र पुस्तिकाहरू वा पत्रिकाहरू भन्‍ने भागमा क्लिक गरेर आफूले चाहेको भाषामा विभिन्‍न प्रकाशनको सूची प्राप्त गर्नुहोस्‌।

तर प्रकाशनहरू अन्तर्गत पुस्तक र पुस्तिकाहरू वा पत्रिकाहरू भन्‍ने भागमा तपाईंले खोज्नुभएको भाषामा प्रकाशनहरू छैनन्‌ भने सोही भाषामा उपलब्ध भएका अरू प्रकाशनको लिङ्‌क देखा पर्छ।