प्रहरीधरहरा—अध्ययन संस्करण सेप्टेम्बर २०१३

सही निर्णय कसरी गर्न सक्छौं, यहोवासितको सम्बन्ध कसरी बलियो बनाउन सक्छौं र यहोवाको साक्षीवचनबाट कसरी लाभ उठाउन सक्छौं, यस अङ्कमा छलफल गरिनेछ।

बाइबलमा ‘तुलनाको’ प्रयोग

येशूले बारम्बार तुलनाको प्रयोग गर्नुभयो। अरूलाई बाइबल सत्य सिकाउन तुलनाको प्रयोग कसरी गर्न सक्नुहुन्छ, सिक्नुहोस्।

यहोवाको साक्षीवचन भरपर्दो छ

आफ्ना मानिसहरूलाई डोऱ्याउन र निर्देशन दिन उहाँले सधैं साक्षीवचन प्रयोग गर्नुभएको छ। आज हामी परमेश्वरको साक्षीवचनमा किन भरोसा राख्न सक्छौं?

यहोवाको साक्षीवचनले तपाईंको हृदयलाई आनन्दित बनाओस्

यहोवाको आज्ञा पालन गर्न खुसी हुन्छौं कि कहिलेकाहीं असाध्यै गाह्रो मान्छौं? उहाँको साक्षीवचनमाथि आफ्नो भरोसा कसरी बढाउन सक्छौं?

के तपाईंको कायापलट भएको छ?

“कायापलट” हुने सम्बन्धमा सबै ख्रीष्टियनले सोच्नुपर्छ, किन? कायापलट हुनुको अर्थ के हो र हामी कसरी कायापलट हुन सक्छौं?

सही निर्णय गर्नुहोस्

हामीले गरेका निर्णयहरू परमेश्वरको इच्छाबमोजिम नै छन्‌ भनेर कसरी पक्का हुन सक्छौं? निर्णयअनुसार चल्न हामीलाई केले मदत गर्छ?

अग्रगामी सेवाले यहोवासितको सम्बन्ध बलियो बनाउँछ

अग्रगामी सेवाले यहोवासितको सम्बन्ध कसरी बलियो बनाउँछ, आठवटा तरिका विचार गर्नुहोस्। यस विशेष सेवामा लागिरहन तपाईंलाई केले मदत गर्छ?

पाठकहरूको प्रश्न

यूहन्ना ११:३५ मा बताइएअनुसार लाजरसलाई पुनर्जीवित गर्नुअघि येशू किन रुनुभयो?