प्रहरीधरहरा—अध्ययन संस्करण मार्च २०१४

हामी कसरी आत्मत्यागी मनोभाव देखाइरहन सक्छौं र यहोवाको सेवा गर्दा कसरी आनन्दित भइरहन सक्छौं, यस अङ्कबाट बुझ्नुहोस्। वृद्ध भाइबहिनी र वृद्ध आमाबुबाको कसरी हेरविचार गर्न सक्छौं?

बेग्लै धर्म मान्ने नातेदार तथा परिवारका सदस्यहरूको मनसम्म पुग्नुहोस्

येशूले आफ्ना नातेदार तथा परिवारका सदस्यहरूसित गर्नुभएको व्यवहारबाट के सिक्न सक्छौं? बेग्लै धर्म मान्ने वा धर्म नै नमान्ने परिवारका सदस्यहरूलाई कसरी हाम्रो विश्वासबारे बताउन सक्छौं?

आत्मत्यागी मनोभाव देखाइरहनुहोस्

हामी सबैले आत्मत्यागी मनोभावलाई बिस्तारै कमजोर बनाउने शत्रुको सामना गर्छौं। यस लेखले त्यस शत्रुबारे बताएको छ र त्यसविरुद्ध लड्न कसरी बाइबल प्रयोग गर्न सक्छौं भनेर बुझाएको छ।

यहोवाको सेवा गर्दा आनन्दित भइरहनुहोस्

किन थुप्रै मानिस नकारात्मक सोचाइसित सङ्घर्ष गर्छन्‌? यहोवाको सेवा गर्दा आनन्दित भइरहन कसरी बाइबल प्रयोग गर्न सक्छौं, यस लेखमा बताइएको छ।

पारिवारिक उपासना—यसलाई अझ रमाइलो बनाउन सक्नुहुन्छ कि?

विभिन्न देशका केही परिवारले कसरी पारिवारिक उपासना गरिरहेका छन्‌, पढ्नुहोस् र त्यसै गर्ने कोसिस गर्नुहोस्।

वृद्धहरूको आदर गरौं

यहोवा वृद्धहरूलाई कसरी हेर्नुहुन्छ, बुझ्नुहोस्। वृद्ध आमाबुबाप्रति हुर्किसकेका छोराछोरीको जिम्मेवारी के हो? मण्डलीले वृद्धहरूको कसरी आदर गर्न सक्छ?

वृद्धहरूको हेरविचार गरौं

“दुःखको समय” आउनुअघि नै वृद्ध आमाबुबा र हुर्किसकेका छोराछोरीले तयारी गर्न सक्छन्‌ र निर्णय गर्न सक्छन्‌। तिनीहरू कसरी चुनौतीसित डट्न सक्छन्‌?

तपाईंको बोली—‘हुन्छ’ भनेर पछि ‘हुँदैन’ भन्नुहुन्छ कि?

ख्रीष्टियनहरू सधैं वचनको पक्का हुनुपर्छ अनि ‘हुन्छ भनेको कुरालाई पछि हुँदैन’ भन्नुहुँदैन। वाचा पूरा गर्न सकिएन भने के गर्ने? प्रेषित पावलको उदाहरणबाट सिक्नुहोस्।