प्रहरीधरहरा—अध्ययन संस्करण जून २०१७

यस अङ्‌कमा जुलाई ३१, २०१७-अगस्त २७, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं कति वटा प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ, विचार गर्नुहोस्।

यहोवा हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुहुन्छ

आजका ख्रीष्टियनहरूले वैवाहिक जीवनमा अनि पारिवारिक जीवनमा कस्ता गाह्रा अवस्था सामना गर्नुपर्ने हुन सक्छ? त्यस्ता अवस्थामा यहोवाबाट कसरी सान्त्वना पाउन सक्छौं?

आध्यात्मिक धनमा मन लगाउनुहोस्

हामीले कस्ता धनहरूको मोल गर्नुपर्छ? अनि कसरी यसो गर्न सक्छौं?

के तपाईं मानिसको भित्री रूप हेर्नुहुन्छ?

एक जना यहोवाका साक्षीले सडकमा बस्ने रुखो अनि फोहोरी मान्छेलाई धीरजी भई साक्षी दिंदा नतिजा कस्तो भयो?

के तपाईं मतभेद सुल्झाएर शान्ति कायम गर्नुहुन्छ?

शान्ति सबैलाई मन पर्छ। तर जब आफ्नो ओहदा र प्रतिष्ठा खतरामा पर्छ, तब तिनीहरू शान्तिको कुनै वास्ता गर्दैनन्‌। हामी त्यस्तो मनोवृत्तिदेखि कसरी जोगिन सक्छौं?

“तिम्रो बुद्धि धन्यको हो”

यी शब्दहरू पुरातन इस्राएलका दाऊदले एउटी स्त्रीको प्रशंसा गर्दा भनेका हुन्‌। दाऊदले किन उनको प्रशंसा गरे? हामी कसरी उनको राम्रो उदाहरण अनुकरण गर्न सक्छौं?

सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिइरहनुहोस्

मानिसजातिको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? यस कुरामा ध्यान दिनु किन आवश्यक छ?

यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुहोस्!

यहोवाको शासन नै सबैभन्दा उत्तम शासन हो भन्ने कुरा बुझ्दा तपाईं के गर्न उत्प्रेरित हुनुहुनेछ?

के तपाईंलाई थाह थियो?

येशूले यरूशलेमको मन्दिरमा पशुपन्छी बेच्ने व्यापारीहरूलाई “डाँकुहरू” भन्नु किन उपयुक्त थियो?