सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या २ २०१८ | पारिवारिक जीवन सफल बनाउने १२ रहस्य

पारिवारिक जीवन सफल बनाउने १२ रहस्य

हामीले परिवार टुक्रिएका घटनाहरू अक्सर सुन्‍ने गर्छौँ। त्यसैले पारिवारिक जीवन सफल बनाउन के गर्न सक्छौँ, त्यसबारे थाह पाउनु जरुरी छ।

  • बितेको १० वर्षमा नेपालभरिका अदालतमा ७२ हजार ८ सय ६१ परिवारका सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्‌। दस वर्षको अन्तरालमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नेहरूको सङ्‌ख्या लगभग छ गुणाले वृद्धि भएको देखिन्छ।

  • केही विशेषज्ञले छोराछोरी राम्ररी हुर्काउन प्रशंसा गरिरहनुपर्छ भन्छन्‌। तर केहीले चाहिँ कडा अनुशासनमा राख्नुपर्छ भन्‍ने कुरामा जोड दिन्छन्‌। त्यसैले छोराछोरीसित कस्तो व्यवहार गर्नुपर्छ भन्‍नेबारे आमाबुबा अन्योलमा छन्‌।

  • परिपक्व वयस्क हुन चाहिने कुराहरू युवायुवतीले त्यति सिकेका हुँदैनन्‌।

वास्तविक कुरा के हो भने . . .

  • वैवाहिक जीवन आनन्दित र स्थायी हुन सक्छ।

  • आमाबुबाले छोराछोरीलाई माया गर्दै अनुशासनमा राख्न सक्छन्‌।

  • युवायुवतीले परिपक्व वयस्क हुन चाहिने कुरा सिक्न सक्छन्‌।

कसरी? यस अङ्‌कको ब्यूँझनुहोस्‌!-मा पारिवारिक जीवन सफल बनाउने १२ वटा रहस्यबारे चर्चा गरिएको छ।

 

१: वचनबद्ध हुनुहोस्‌

दम्पतीलाई वचनबद्ध हुन मदत गर्ने तीन वटा व्यावहारिक सुझाव।

२: मिलेर काम गर्नुहोस्‌

के तपाईँको जीवनसाथी कोठामा सँगै बस्ने साथी मात्र हुन्‌?

३: आदर गर्नुहोस्‌

कस्तो बोली र व्यवहारबाट तपाईँको जीवनसाथीले आदर पाएको महसुस गर्छन्‌, थाह पाउनुहोस्‌।

४: माफी दिनुहोस्‌

आफ्नो जीवनसाथीको कमीकमजोरीमा ध्यान नदिन केले मदत गर्छ?

५: कुराकानी गर्नुहोस्‌

तीन वटा कदम चाल्दा तपाईँ छोराछोरीसित अझ घनिष्ठ हुन सक्नुहुन्छ।

६: अनुशासनमा राख्नुहोस्‌

के अनुशासन दिँदा छोराछोरीको आत्मविश्‍वास कमजोर हुन्छ?

७: नैतिक स्तरहरूबारे सिकाउनुहोस्‌

तपाईँले छोराछोरीलाई कस्ता स्तरहरू सिकाउनुपर्छ?

८: उदाहरण बसाल्नुहोस्‌

छोराछोरीले तपाईँले भनेको मानून्‌ भन्‍ने चाहनुहुन्छ भने तपाईँले पनि त्यसैअनुसार गर्नुपर्छ।

९: आफैलाई चिन्‍नुहोस्‌

युवाहरू कसरी आफ्नो अडानअनुसार चल्न सक्छन्‌?

१०: भरोसायोग्य हुनुहोस्‌

आमाबुबाको भरोसा जित्न मेहनत गर्दा परिपक्व वयस्क हुन सकिन्छ।

११: मेहनती हुनुहोस्‌

तपाईँ युवाहरूले परिश्रमी भएर काम गर्न सिक्नुभयो भने जीवनमा सफल हुन सक्नुहुन्छ।

१२: लक्ष्य राख्नुहोस्‌

लक्ष्य हासिल गर्दै जाँदा हाम्रो मनोबल बढ्‌छ, साथीभाइसितको हाम्रो सम्बन्ध अझ राम्रो हुन्छ अनि आनन्द बढ्‌छ।

परिवारको लागि थप मदत

बाइबलको सल्लाह पालन गर्दा तपाईँको वैवाहिक र पारिवारिक जीवन सुखमय हुन सक्छ।