प्रहरीधरहरा—अध्ययन संस्करण जून २०१९

यस अङ्‌कमा अगस्त ५ देखि सेप्टेम्बर १, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌

‘होसियार बस, कसैले तिमीहरूलाई कैदी नबनाओस्‌!’

सैतान मानिसहरूलाई बहकाउन माहिर छ। त्यसले कसरी हामीलाई आफ्नो प्रभावमा पारेर यहोवादेखि तर्काउन खोज्छ?

परमेश्‍वरको ज्ञानविरुद्ध उठ्‌ने हरेक तर्कवितर्कलाई उखेल्नुहोस्‌!

हाम्रो पृष्ठभूमि, रहनसहन र शिक्षादीक्षाले हाम्रो सोचाइलाई असर गर्छ। हाम्रो दिमागमा “गहिरो जरा गाडेर बसेका” गलत मनोभावहरूलाई हामी कसरी उखेल्न सक्छौँ?

तनावपूर्ण अवस्थाको सामना गर्नुपर्दा यहोवामा भर पर्नुहोस्‌

धेरै तनाव हुँदा वा लामो समयसम्म तनावपूर्ण अवस्थाको सामना गर्नुपर्दा हामीलाई शारीरिक र भावनात्मक रूपमा नकारात्मक असर पर्न सक्छ। तनावको सामना गर्न यहोवाले विगतमा आफ्ना सेवकहरूलाई कसरी मदत दिनुभयो भनेर विचार गर्दा धेरै कुरा सिक्न सक्छौँ।

तनावपूर्ण अवस्थाको सामना गर्न अरूलाई मदत गर्नुहोस्‌

लुत, अय्युब र नाओमीले वफादार भई यहोवाको सेवा गरे तर तिनीहरू सबैले आफ्नो जीवनमा तनावपूर्ण अवस्थाहरूको सामना गर्नुपऱ्‍यो। तिनीहरूको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

सैतानको एउटा पासोबाट हामी आफूलाई कसरी जोगाउन सक्छौँ?

अश्‍लील सामग्रीले परमेश्‍वरका थुप्रै सेवकलाई आफ्नो पासोमा पारेको छ। यस्तो घिनलाग्दो कुराबाट तपाईँ कसरी जोगिन सक्नुहुन्छ?

एउटा पुरानो मुठा “खोलियो”

सन्‌ १९७० मा पुरातत्त्वविद्‌हरूले इजरायलमा आगोले खाएको एउटा मुठा उत्खनन गरे। 3-D स्क्यानिङ्‌ प्रविधिले गर्दा त्यो मुठा “खोलियो।” स्क्यान गरेपछि मुठाबारे के पत्ता लाग्यो?