आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?

यहोवाका साक्षीहरू संसारभरि छन्‌। तिनीहरूको जातीय र सांस्कृतिक पृष्ठभूमिका बेग्लाबेग्लै छ, तैपनि तिनीहरू एकताबद्ध छन्‌। यो कसरी सम्भव भएको होला?

परमेश्‍वरको इच्छा के हो?

आफ्नो इच्छा पृथ्वीभरिका सबै मानिसहरूले थाह पाएको परमेश्‍वर चाहनुहुन्छ। त्यो इच्छा के हो अनि आज कसले यसबारे सिकाइरहेका छन्‌?

पाठ 1

यहोवाका साक्षीहरू कस्ता मानिस हुन्‌?

तपाईं कति जना यहोवाका साक्षीलाई चिन्‍नुहुन्छ? तपाईंलाई हामीबारे वास्तवमा के थाह छ?

पाठ 2

हामीलाई किन यहोवाका साक्षी भनिन्छ?

हामीले किन यो नाम अपनायौं, तीनवटा कारण विचार गर्नुहोस्‌।

पाठ 3

बाइबल सत्य फेरि कसरी पत्ता लगाइयो?

बाइबलले सिकाउने कुरा आज हामीले सही तरिकामा बुझेका छौं कि छैनौं भनेर कसरी पक्का गर्न सक्छौं?

पाठ 4

नयाँ संसार अनुवाद-को आवश्‍यकता किन पऱ्‍यो?

परमेश्‍वरको वचनको यो अनुवाद किन अरू अनुवादभन्दा फरक छ?

पाठ 5

हाम्रा ख्रीष्टियन सभाहरूमा तपाईंले कस्तो अनुभव गर्नुहुनेछ?

धर्मशास्त्रको अध्ययन गर्न र एक-अर्कालाई प्रोत्साहन दिन हामी एक ठाउँमा भेला हुन्छौं। त्यहाँ तपाईंलाई सबैले न्यानो स्वागत गर्नेछन्‌!

पाठ 6

सङ्‌गी ख्रीष्टियनहरूसँगको सङ्‌गतिबाट हामीलाई कस्तो फाइदा हुन्छ?

परमेश्‍वरको वचन बाइबलले सङ्‌गी ख्रीष्टियनहरूसँग सङ्‌गत गर्नुपर्छ भनेर प्रोत्साहन दिएको छ। सङ्‌गी ख्रीष्टियनहरूसँगको यस्तो सङ्‌गतिबाट तपाईं कस्तो फाइदा पाउन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

पाठ 7

हाम्रा सभाहरूमा कस्ता कार्यक्रम हुन्छन्‌?

हाम्रो सभाहरूमा के-के हुन्छ होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? त्यहाँ पाइने बाइबल शिक्षाको गुणस्तर देखेर तपाईं पक्कै प्रभावित हुनुहुनेछ।

पाठ 8

हामी किन सुकिलो लुगा लगाएर अनि चिटिक्क परेर सभामा जान्छौं?

हामी कस्तो लुगा लगाउँछौं, के त्यसले परमेश्‍वरलाई केही फरक पार्छ? आफ्नो लुगा अनि कोरीबाटीको सन्दर्भमा कस्ता बाइबल सिद्धान्तहरू विचार गर्नुपर्छ, थाह पाउनुहोस्‌।

पाठ 9

सभाको लागि तयारी गर्ने सबैभन्दा राम्रो तरिका के हो?

सभाअघि नै राम्ररी तयारी गर्नुभयो भने सभाबाट पूरापूर लाभ उठाउन सक्नुहुनेछ।

पाठ 10

पारिवारिक उपासना भनेको के हो?

यो प्रबन्धले गर्दा कसरी परमेश्‍वरसित नजिक हुन सक्नुहुन्छ र पारिवारिक सम्बन्ध बलियो हुन्छ, पत्ता लगाउनुहोस्‌।

पाठ 11

हामी किन ठूलठूला जमघटमा उपस्थित हुन्छौं?

प्रत्येक वर्ष हामी तीनवटा विशेष जमघटमा उपस्थित हुन्छौं। यस्ता जमघटमा उपस्थित भएर तपाईं कस्तो लाभ उठाउन सक्नुहुन्छ?

पाठ 12

हाम्रो प्रचारकार्यलाई व्यवस्थित बनाउन कस्तो प्रबन्ध गरिएको छ?

आफू पृथ्वीमा छँदा येशूले बसाल्नुभएको नमुना हामी पछ्याउछौं। उहाँले चलाउनुभएको प्रचार गर्ने केही तरिका के-के हुन्‌?

पाठ 13

अग्रगामी कसलाई भनिन्छ?

केही साक्षीहरू महिनामा ३०, ५० वा त्योभन्दा धेरै घण्टा प्रचारकार्यमा बिताउँछन्‌। तिनीहरूलाई कुन कुराले यसो गर्न उत्प्रेरित गर्छ?

पाठ 14

अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?

पूर्ण समय प्रचार गर्नेरूको लागि कस्तो विशेष तालिमको प्रबन्ध गरिन्छ?

पाठ 15

एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्‌?

एल्डरहरू परमेश्‍वरसित बलियो सम्बन्ध गाँसेका परिपक्व पुरुषहरू हुन्‌। उनीहरूले मण्डलीमा नेतृत्व लिन्छन्‌। उनीहरूले कस्तो मदत दिन्छन्‌?

पाठ 16

सहायक सेवकहरूले के-के गर्छन्‌?

मण्डलीका सबै काम सुचारु रूपले चलाउन सहायक सेवकहरूले मदत गर्छन्‌। तिनीहरूको कामले मण्डलीमा उपस्थित हुने सबैलाई कसरी लाभ पुऱ्‍याउँछ, थाह पाउनुहोस्‌।

पाठ 17

क्षेत्रीय निरीक्षकहरू हामीलाई कसरी मदत गर्छन्‌?

क्षेत्रीय निरीक्षकहरूले किन मण्डलीहरूको भ्रमण गर्छन्‌? तिनीहरूको भ्रमणबाट तपाईं कसरी लाभ उठाउन सक्नुहुन्छ?

पाठ 18

सङ्‌कष्टमा परेका भाइबहिनीलाई हामी कसरी मदत गर्छौं?

प्राकृतिक प्रकोप आइपर्दा त्यसबाट प्रभावित व्यक्‍तिहरूलाई राहत दिन अनि बाइबलबाट सान्त्वना दिन हामी तुरुन्तै प्रबन्ध मिलाउँछौं। कुन तरिकामा?

पाठ 19

विश्‍वासी र बुद्धिमान्‌ दास को हो?

येशूले समय सुहाउँदो भोजनको प्रबन्ध गर्न दासलाई नियुक्‍त गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो। यो कसरी गरिन्छ?

पाठ 20

अहिले परिचालक निकायले कसरी काम गर्छ?

प्रथम शताब्दीमा एल्डरहरू अनि प्रेषितहरूको सानो समूहले ख्रीष्टियान मण्डलीको लागि परिचालक निकायको रूपमा काम गर्थ्यो। आज नि?

पाठ 21

बेथेल भनेको के हो?

बेथेल अरू ठाउँहरूभन्दा भिन्‍नै छ। यसको एउटा महत्त्वपूर्ण उद्देश्‍य छ। बेथेलमा कसले सेवा गर्छन्‌, थाह पाउनुहोस्‌।

पाठ 22

शाखा कार्यालयमा कस्तो काम गरिन्छ?

हाम्रा शाखा कार्यालयहरू खुला रहने कुनै पनि दिन तपाईं त्यहाँ घुम्न जान सक्नुहुन्छ। एकचोटि आफै गएर हेर्नुभए कसो होला?

पाठ 23

हाम्रा लेखहरू लेख्ने र अनुवाद गर्ने काम कसरी हुन्छ?

हामी ७०० भन्दा धेरै भाषामा पत्र-पत्रिका तथा पुस्तक-पुस्तिकाहरू तयार गर्छौं। हामी किन यत्तिको प्रयास गर्छौं?

पाठ 24

हाम्रो विश्‍वव्यापी कार्यको लागि खर्च कसरी जुटाइन्छ?

आर्थिक मामिलामा हाम्रो सङ्‌गठन अरू धार्मिक सङ्‌गठनहरूभन्दा कसरी भिन्‍न छ?

पाठ 25

हामी किन राज्यभवन निर्माण गर्छौं? अनि कसरी गर्छौं?

उपासना गर्नको लागि भेला हुने ठाउँलाई हामी किन राज्यभवन भन्छौं? हामीलाई एक ठाउँमा भेला हुन यी साधारण किसिमका राज्यभवनहरूले कसरी मदत पुऱ्‍याएको छ, थाह पाउनुहोस्‌।

पाठ 26

राज्यभवनको मर्मतसम्भार गर्न हामी कसरी सघाउन सक्छौं?

आवश्‍यक मर्मतसम्भार गरेर चिटिक्क राखिएको राज्यभवनले परमेश्‍वरको महिमा गर्छ। स्थानीय राज्यभवनको देखभाल गर्न कस्तो प्रबन्ध मिलाइएको हुन्छ?

पाठ 27

राज्यभवनमा भएको पुस्तकालयको हामी कसरी सदुपयोग गर्न सक्छौं?

के तपाईं बाइबलबारे अझ धेरै ज्ञान हासिल गर्नका लागि थप अनुसन्धान गर्न चाहनुहुन्छ? त्यसोभए हाम्रो राज्यभवनको पुस्तकालयमा आएर अनुसन्धान गर्नुभए कसो होला?

पाठ 28

हाम्रो वेबसाइटमा कस्ता-कस्ता जानकारी उपलब्ध छन्‌?

तपाईंले हाम्रो बारेमा अनि हाम्रो विश्‍वासको बारेमा बुझ्ने मात्र होइन तर विभिन्‍न बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ पनि पाउन सक्नुहुन्छ।

के तपाईं यहोवाको इच्छाअनुसार चल्न चाहनुहुन्छ?

यहोवा परमेश्‍वर तपाईंलाई असाध्यै प्रेम गर्नुहुन्छ। परमेश्‍वरलाई खुसी पार्न चाहेको कुरा तपाईं आफ्नो दैनिक जीवनमा कसरी देखाउन सक्नुहुन्छ?