पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌

यस प्रकाशनले जनसमक्ष पढ्‌ने सीप अनि कुराकानी गर्ने र सिकाउने कला तिखार्न तपाईँलाई मदत गर्छ।

परिचालक निकायको पत्र

मानिसजातिलाई आजसम्म सुनाइएको सबैभन्दा महत्त्वपूर्ण सन्देश हामीले सुनाइरहेका छौँ।

काम गर्नुपर्ने बुँदा १

प्रभावकारी परिचय

प्रभावकारी परिचयले तीन वटा उद्देश्‍य पूरा गर्छ।

काम गर्नुपर्ने बुँदा २

कुराकानीको शैलीमा प्रस्तुति

कुराकानीको शैलीमा बोल्दा यसले श्रोतालाई सजिलो महसुस गराउँछ अनि तिनीहरू तपाईँको कुरा सुन्‍न तयार हुन्छन्‌।

काम गर्नुपर्ने बुँदा ३

प्रश्‍नको प्रयोग

श्रोताको चासो जगाउन र मुख्य बुँदाहरूमा जोड दिन सुझबुझ चलाउँदै प्रश्‍न सोध्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा ४

शास्त्रपदको प्रभावकारी परिचय

शास्त्रपद पढ्‌नुअघि श्रोताको मन कसरी तयार पार्ने भनेर सिक्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा ५

ठीकसित पढ्‌ने

यहोवाको ज्ञान अरूलाई बाँड्‌न ठीकसित पढ्‌नु एकदमै महत्त्वपूर्ण छ।

काम गर्नुपर्ने बुँदा ६

शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने

तपाईँले पढ्‌नुभएको शास्त्रपद र जोड दिन खोज्नुभएको बुँदाबीचको सम्बन्ध बुझ्न श्रोतालाई मदत गर्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा ७

सही र चित्तबुझ्दो

सही र चित्तबुझ्दो प्रस्तुतिले श्रोतालाई सही निष्कर्षमा पुग्न मदत गर्छ।

काम गर्नुपर्ने बुँदा ८

सुहाउँदो उदाहरण

प्रभावकारी तरिकामा सिकाउन श्रोताको मन छुने सरल उदाहरण प्रयोग गर्नुहोस्‌ र मुख्य बुँदा प्रस्ट पार्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा ९

दृश्‍य सामग्रीको उचित प्रयोग

सिकाउन खोज्नुभएको कुरा श्रोताको मनमा ठप्प राख्न दृश्‍य सामग्री प्रयोग गर्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा १०

स्वर परिवर्तन

श्रोताको मन छुन र कदम चाल्न जुरमुऱ्‍याउन स्वरको तीखोपनामा विविधता ल्याउनुहोस्‌, स्वरको गतिमा उतारचढाव ल्याउनुहोस्‌ र स्वर सानो-ठूलो बनाउनुहोस्‌।

काम गर्नुपर्ने बुँदा ११

उत्साह

उत्साहले तपाईँको जोस प्रकट गर्छ अनि श्रोताको ध्यान विकर्षण हुन दिँदैन।

काम गर्नुपर्ने बुँदा १२

न्यानोपन र समानुभूति

निष्कपट भावसहित बोल्नुभयो भने तपाईँ श्रोताको साँच्चै चासो राख्नुहुन्छ भनेर देखिन्छ।

काम गर्नुपर्ने बुँदा १३

व्यावहारिकता प्रस्ट पार्ने

तपाईँले प्रस्तुत गर्नुभएको विषय श्रोताको जीवनसित कसरी सम्बन्धित छ भनेर बुझ्न तिनीहरूलाई मदत गर्नुहोस्‌ अनि सिकेको कुरा कसरी लागू गर्ने भनेर बताउनुहोस्‌।

काम गर्नुपर्ने बुँदा १४

मुख्य बुँदालाई जोड दिने

श्रोतालाई तपाईँको भाषणसँगै अघि बढ्‌न मदत गर्नुहोस्‌। प्रत्येक मुख्य बुँदा भाषणको उद्देश्‍य र मूल विषयसित कसरी सम्बन्धित छ भनेर प्रस्ट पार्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा १५

विश्‍वस्त भएर बोल्ने

विश्‍वस्त भएर बोल्नुहोस्‌। आफूले भनिरहेको कुरा सत्य हो र एकदमै महत्त्वपूर्ण छ भन्‍ने कुरामा विश्‍वस्त हुँदै बोल्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा १६

उत्थानदायी र सकारात्मक

आलोचनात्मक होइन, उत्थानदायी हुनुहोस्‌। परमेश्‍वरको वचनमा भएको स्फूर्तिदायी सत्यतर्फ ध्यानाकर्षण गर्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा १७

बुझ्न सजिलो

तपाईँले भन्‍न खोज्नुभएको कुरा बुझ्न श्रोतालाई मदत गर्नुहोस्‌। मुख्य बुँदालाई प्रस्ट पार्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा १८

श्रोताका लागि जानकारीमूलक

श्रोतालाई सोच्न उत्प्रेरित गर्नुहोस्‌ र केही महत्त्वपूर्ण कुरा सिक्न मदत गर्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा १९

मनसम्म पुग्ने प्रयास

परमेश्‍वर र उहाँको वचन बाइबललाई प्रेम गर्न श्रोतालाई उत्प्रेरित गर्नुहोस्‌।

काम गर्नुपर्ने बुँदा २०

प्रभावकारी समापन

प्रभावकारी समापनले सिकेको कुरा स्विकार्न र लागू गर्न श्रोतालाई मदत गर्छ।

मेरो उन्‍नति फाराम

पढ्‌ने र सिकाउने काममा सिपालु हुँदै जाँदा आफ्नो उन्‍नतिको रेकर्ड राख्नुहोस्‌।

अन्य रोचक विषयहरू

भिडियो श्रृङ्खला

पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌—भिडियोहरू

मानिसहरूसामु पढ्‌ने र सिकाउने आफ्नो सीप तिर्खानुहोस्‌।