JW लाइब्रेरी
JW लाइब्रेरी-को विशेषता
यस एपमा बाइबल हेर्नका लागि भएका सुविधा
बाइबलका ६ वटा विभिन्न अनुवाद रोजेर हेर्न सकिन्छ।
शास्त्रपदको अङ्कमा छोएर बाइबलका सबै संस्करणहरू तुलना गर्न मिल्छ।
फुटनोटमा वा शब्द वा वाक्यको अन्तमा भएको सानो छड्के अक्षरमा छोएर सम्बन्धित सामग्री हेर्न सकिन्छ।
नेभिगेसन
तपाईंले खोल्नुभएको प्रकाशनको विभिन्न पेजहरूमा जान दायाँ वा बायाँ स्वाइप गर्नुहोस्।
तपाईंले पढिरहनुभएको पद वा अध्यायमा अर्को पटक तुरुन्तै पुग्न त्यहाँ बुकमार्क राख्नुहोस्।
तपाईंले भर्खरै वा यसअगाडि खोल्नुभएको पृष्ठमा जान हिस्ट्री भन्ने भागमा जानुहोस्।
कुनै शब्द वा पदावली खोज्नुपऱ्यो भने खोज्ने भन्ने बक्समा टाइप गर्नुहोस्।