सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JW.ORG वेबसाइट

मोबाइलमा JW.ORG चलाउनुहोस्‌

मोबाइलमा JW.ORG चलाउनुहोस्‌

jw.org वेबसाइट र यसका सुविधाहरू कम्प्युटरमा मात्र नभई स्मार्ट फोन र ट्याबलेटमा पनि चलाउन सकिन्छ। कम्प्युटरको तुलनामा मोबाइलको स्क्रिन सानो हुने भएकोले मोबाइलमा jw.org वेबसाइट देखिने तरिकामा त्यसैअनुसार छाँटकाँट गरिएको छ। यसले गर्दा मोबाइलमा यो वेबसाइट सजिलै चलाउन सकिन्छ। jw.org मा आफूले खोजेको सामग्री भेटाउन यस लेखमा दिइएको जानकारी हेर्नुहोस्‌।

 मोबाइलमा jw.org चलाउनुहोस्‌

jw.org खोल्दा गृहपृष्ठको सबैभन्दा माथि मेनु देखिन्छ र मेनु क्लिक गर्दा स्क्रिनको बाँयापट्टी अर्को मेनु ठाडो गरि देखा पर्छ।

तर मोबाइलमा भने मेनु स्क्रिनको बायाँपट्टि देखापर्छ। मोबाइलको पूरै स्क्रिन प्रयोग गर्न सकियोस्‌ भनेर गृहपृष्ठमा मेनु देखा पर्दैन।

  • गृहपृष्ठको सबैभन्दा माथि बायाँपट्टि रहेको मेनु बटन क्लिक गऱ्‍यो भने मेनु खुल्छ। मेनुमा विभिन्‍न भागहरू देखापर्छ। तपाईं जुन भागमा जान चाहनुहुन्छ, त्यसमा क्लिक गरेर उक्‍त पेज खोल्नुहोस्‌। अनि मेनु बन्द गर्न फेरि मेनु बटन नै क्लिक गर्नुपर्छ।

  • गृहपृष्ठको मेनु वटन क्लिक गर्दा विभिन्‍न भागहरू देखा पर्छ। यी भागहरूभित्र अर्को मेनु हुन्छ। उक्‍त मेनु खोल्न खोल्ने बटन क्लिक गर्नुहोस्‌। त्यसपछि जुन विषयको पेज खोल्न चाहनुहुन्छ त्यहाँ क्लिक गर्नुहोस्‌।

  • मेनु हटाउन बन्द गर्ने बटन क्लिक गर्नुहोस्‌।

  • गृहपृष्ठमा फर्कन JW.ORG लोगोमा क्लिक गर्नुहोस्‌।

  • उपलब्ध भाषाहरू हेर्न भाषा रोज्ने बक्समा क्लिक गर्नुहोस्‌।

  • साइट सर्चको सुविधा प्रयोग गरेर आफूले खोजेको विषयवस्तु भेटाउन खोज्ने बटनमा क्लिक गर्नुहोस्‌। (हाल यो सुविधा नेपाली वेबसाइटमा राखिएको छैन।)

 प्रकाशनको लेख वा अध्याय खोल्नुहोस्‌

ठूलो स्क्रिनमा कुनै पनि प्रकाशनको लेख वा अध्याय पढ्‌दा विषयसूची सधैं छेउमा देखिन्छ। तर मोबाइलको स्क्रिनमा भने विषयसूची नदेखिने तरिकामा राखिएको हुन्छ।

  • कुनै एउटा प्रकाशनको लेख वा अध्याय खोलेपछि स्क्रिनको दायाँपट्टि एउटा बटन देखापर्छ। विषयसूची हेर्न उक्‍त बटनमा क्लिक गर्नुहोस्‌। अनि विषयसूचीमा भएका कुनै लेख खोल्न शिर्षकमा क्लिक गर्नुहोस्‌।

  • अगाडिको लेख वा अध्याय हेर्न विषयसूचीमा भएको अघिल्लो बटन क्लिक गर्नुहोस्‌।

  • पछाडिको लेख वा अध्याय हेर्न विषयसूचीमा भएको अर्को बटन क्लिक गर्नुहोस्‌।

  • विषयसूची हटाउन बन्द गर्ने बटन क्लिक गर्नुहोस्‌ अनि तपाईंले अगाडि खोल्नुभएको लेख वा अध्याय पढ्‌नुहोस्‌।

 अनलाइन बाइबल पढ्‌नुहोस्‌

प्रकाशनहरू भन्‍ने भागमा क्लिक गर्नुहोस्‌। त्यसपछि बाइबलमा क्लिक गर्नुहोस्‌ अनि अनलाइन पढ्‌नुहोस्‌ भन्‍ने बटनमा क्लिक गर्नुहोस्‌ अथवा गृहपृष्ठको पुछारमा भएको बाइबल अनलाइन पढनुहोस्‌ भन्‍ने लिङ्‌कमा क्लिक गर्नुहोस्‌।

अनलाइन बटन वा लिङ्‌कमा क्लिक गरेपछि बाइबल नेभिगेसन बार देखा पर्छ। त्यहाँ आफूले पढ्‌न चाहेको किताब र अध्याय रोज्नुहोस्‌ अनि जानुहोस्‌ भन्‍ने बटनमा क्लिक गर्नुहोस्‌।

पेज तल-माथि सार्दै बाइबलको कुनै अध्याय पढ्‌नुहुँदा बाइबल नेभिगेसन बार स्क्रिनको माथिपट्टि देखिरहन्छ। यसले गर्दा तपाईंलाई अर्को अध्यायमा जान सजिलो हुनेछ।

  • पेज तलमाथि सार्दा बाइबल नेभिगेसन बार-लाई नदेखिने बनाउन बारको सबैभन्दा छेउमा भएको पिन बटनमा क्लिक गर्नुहोस्‌। यसो गर्दा मोबाइलको पूरै स्क्रिन प्रयोग गरेर बाइबल पढ्‌न सकिन्छ। तपाईंले पढिरहनुभएको पेजको सबैभन्दा माथि रहेको बाइबल नेभिगेसन बारमा गएर अर्को अध्याय खोल्न सक्नुहुन्छ वा पेजको तलतिर रहेको अघिल्लो वा अर्को बटनमा क्लिक गरेर अर्को अध्यायमा जान सक्नुहुन्छ।

  • पेज तलमाथि सार्दा बाइबल नेभिगेसन बार-लाई स्क्रिनको माथिपट्टि देखाइराख्न बारको सबैभन्दा छेउमा भएको पिन बटनमा क्लिक गर्नुहोस्‌।

  • बाइबलको कुनै एउटा अध्याय खोलेपछि स्क्रिनको दायाँपट्टि एउटा बटन देखापर्छ। बाइबलको विषयसूची, परिचयको भाग र परिशिष्ट हेर्न उक्‍त बटनमा क्लिक गर्नुहोस्‌।

  • अगाडिको अध्याय हेर्न विषयसूचीमा भएको अघिल्लो बटन क्लिक गर्नुहोस्‌।

  • पछाडिको अध्याय हेर्न विषयसूचीमा भएको अर्को बटन क्लिक गर्नुहोस्‌।

  • बाइबलको विषयसूची हटाउन बन्द गर्ने बटन क्लिक गर्नुहोस्‌।

 लेखको अडियो सुन्‍नुहोस्‌

यदि तपाईंले पढिरहनुभएको लेखको अडियो रेकर्डिङ उपलब्ध छ भने लेखको माथि अडियो बार देखा पर्छ।

  • अडियो बजाउन प्ले-मा क्लिक गर्नुहोस्‌।

  • अडियो रोक्न पज-मा क्लिक गर्नुहोस्‌। जहाँ रोकिएको हो, त्यहींबाट फेरि बजाउन प्ले-मा क्लिक गर्नुहोस्‌।

  • अडियो ट्र्याकलाई अगाडि वा पछाडि वा बीचदेखि जहाँबाट पनि बजाउन सकिन्छ। त्यसको लागि अडियो बारमा भएको प्वाइन्टरको प्रयोग गर्नुपर्छ।

कुनै लेखको अडियो ट्र्याक बजाएपछि उक्‍त लेखलाई तलमाथि सार्दा अडियो बार स्क्रिनको माथि देखा परिरहन्छ। यसले गर्दा तपाईंले अडियोसँगै लेखलाई पछ्याउनु सक्नुहुन्छ।