सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलको अध्ययन संस्करण प्रयोग गर्नुहोस्‌

बाइबलको अध्ययन संस्करण प्रयोग गर्नुहोस्‌

पवित्र बाइबल—नयाँ संसार अनुवाद-मा (अध्ययन संस्करण) निम्न अध्ययन सामग्री पाइन्छ:

  • बाइबलका किताबहरूको परिचय र परिचय भिडियो

  • हरेक किताबको सारांश

  • शास्त्रपदको थप जानकारी

  • शब्द वा वाक्यांशमा भएको फुटनोट

  • मार्जिनल रेफरेन्स

  • मिडिया (फोटो तथा भिडियो)

  • बाइबलका शब्दहरूको सूची

  • नक्सा, चार्ट र अन्य अनुसन्धान सामग्री भएको अतिरिक्‍त लेख

  • हरेक अध्यायको अडियो

  • विभिन्‍न बाइबल अनुवाद

मत्तीको अध्ययन संस्करण अङ्‌ग्रेजीमा अक्टोबर २०१५ मा प्रकाशन गरिएको थियो। भविष्यमा बाइबलका अरू किताबहरू पनि थपिनेछ।

यस संस्करणका विशेषताहरू थाह पाउन तल दिइएको निर्देशनअनुसार गर्नुहोस्‌:

 बाइबलको किताब र अध्याय खोल्नुहोस्‌

प्रकाशनहरू > बाइबल अन्तर्गत पवित्र बाइबल—नयाँ संसार अनुवाद (अध्ययन संस्करण) वा किताबमा क्लिक गर्नुहोस्‌।

उपलब्ध भएका किताबहरू विषयसूची-मा (Table of Contents) निलो बाकसमा देखा पर्नेछ। साथै यस पेजमा थप सामग्री, शब्दसूची, अतिरिक्‍त लेखहरू र मिडिया (चित्र, फोटो र भिडियो) छ।

  • ग्रीड भ्युको बटनले अध्ययन संस्करणको विषयसूचीलाई तेर्सो ढाँचामा देखाउँछ। यो ढाँचा स्वतः देखा पर्छ।

  • लिस्ट भ्युको बटनले अध्ययन संस्करणको विषयसूचीलाई ठाडो ढाँचामा देखाउँछ। हिब्रू धर्मशास्त्र र ग्रीक धर्मशास्त्रका किताबहरू दुइटा छुट्टाछुट्टै पङ्‌क्‍तिमा देखा पर्छ।

बाइबलको किताब क्लिक गर्नुहोस्‌। त्यसपछि अध्यायहरू, किताबको सारांश र थप दुइटा बटन पनि देखा पर्छ। ती हुन्‌:

  • बाइबल किताबको परिचय र परिचय भिडियो।

  • बाइबल किताबको सारांश। यो नयाँ संसार अनुवाद-मा (अङ्‌ग्रेजी) हरेक किताबको सुरुमा भएको विषयवस्तुभन्दा फरक छ। नयाँ संसार अनुवाद-मा अध्याय-अध्यायअनुसार विषयवस्तु उल्लेख गरिएको छ। तर अध्ययन संस्करणको सारांश भने विषयअनुसार मिलाएको छ।

पढ्‌न मन लागेको अध्याय रोज्नुहोस्‌।

माथिको बायाँतिर तपाईंले रोज्नुभएको किताब र अध्याय देखिन्छ। यहाँ क्लिक गर्दा बाइबलका किताबहरू, अध्याय अनि बाइबलको किताबको सारांश र शब्दसूचीजस्ता थप अध्ययन सामग्री देखा पर्छ।

 हरेक अध्यायको लागि दिइएको अध्ययन सामग्री प्रयोग गर्नुहोस्‌

बायाँतिर तपाईंले रोज्नुभएको अध्याय देखा पर्छ भने दायाँतिर अध्ययन सामग्री। (नोट: सानो मोबाइल र ट्याबलेटमा अध्ययन सामग्री देखा पर्दैन तर शास्त्रपदको सङ्‌ख्या, फुटनोट चिन्ह, मार्जिनल रेफरेन्स अक्षरमा अथवा डिस्प्ले आइकन क्लिक गर्दा देखा पर्नेछ।)

अध्ययन सामग्री प्रयोग गर्ने तरिका:

  • अध्याय वा शास्त्रपद क्लिक गर्नुभयो भने यससित सम्बन्धित अध्ययन सामग्री दायाँतिर देखा पर्छ।

  • शब्द वा वाक्यांशमा भएको फुटनोट हेर्न फुटनोट चिन्ह क्लिक गर्नुहोस्‌।

  • सम्बन्धित शास्त्रपद हेर्न मार्जिनल रेफरेन्स अक्षर क्लिक गर्नुहोस्‌।

  • कुनै शास्त्रपदको रेकर्डिङ सुन्‍न चाहनुहुन्छ भने उक्‍त शास्त्रपद क्लिक गर्नुहोस्‌। त्यसपछि देखा पर्ने स्पिकरको आइकनमा क्लिक गर्नुहोस्‌।

  • अध्यायको सुरुदेखि रेकर्डिङ सुन्‍न चाहनुहुन्छ भने पेजको माथि देखा पर्ने प्ले बटन क्लिक गर्नुहोस्‌।

  • दायाँतिर देखा पर्ने शास्त्रपदको रेकर्डिङ सुन्‍न प्ले बटन क्लिक गर्नुहोस्‌।

  • पज गर्न पज बटनमा क्लिक गर्नुहोस्‌।

  • डिस्‌कभरि आइकन क्लिक गरेर अध्ययन सामग्री हेर्न सकिन्छ। यसमा उक्‍त अध्यायमा भएको शास्त्रपदबारे थप जानकारी, फुटनोट, मार्जिनल रेफरेन्स र मिडिया छ। (यो भाग अध्याय रोजेपछि स्वतः देखा पर्छ।)

  • बाइबल तुलना आइकन क्लिक गर्दा बाइबलका अरू अनुवाद देखा पर्छ।

  • मार्जिनल रेफरेन्स आइकन क्लिक गर्दा उक्‍त अध्यायसित सम्बन्धित शास्त्रपदहरू देखा पर्छ।

  • सानो मोबाइल वा ट्याबलेटमा अध्ययन सामग्री हेर्न डिस्प्ले आइकन क्लिक गर्नुहोस्‌।

  • सानो मोबाइल वा ट्याबलेटमा अध्ययन सामग्री लुकाउन हाइड आइकन क्लिक गर्नुहोस्‌।

डिस्‌कभरि ट्याब

डिस्‌कभरि ट्याबको सुरुमा बाइबलको किताबमा रोजिएको अध्यायको सारांश (Overview) पाइन्छ। सारांशमा थप जानकारी छ भने (+) चिन्ह क्लिक गरेमा देखा पर्छ अनि (-) चिन्ह क्लिक गरेमा बन्द हुन्छ।

तपाईंले रोज्नुभएको हरेक शास्त्रपदबारे निम्न जानकारी पाउन सक्नुहुन्छ:

  • थप जानकारी: रोजिएको शास्त्रपदबारे थप जानकारी पाउन सकिन्छ।

  • मिडिया: यसमा चित्र, फोटो अनि भिडियो पाउन सकिन्छ। चित्र, फोटो वा सँगै भएको विषय क्लिक गर्नुहोस्‌ अनि त्यसबारे थप जानकारी पढ्‌नुहोस्‌।

  • फुटनोट: शब्द वा वाक्यांशसित सम्बन्धित थप जानकारी पढ्‌नुहोस्‌।

  • मार्जिनल रेफरेन्स: यसमा कुनै शब्द वा वाक्यांशसित सम्बन्धित शास्त्रपद पाउन सकिन्छ। सम्बन्धित शास्त्रपद छ भने (+) चिन्ह क्लिक गरेमा देखा पर्छ अनि (-) चिन्ह क्लिक गरेमा बन्द हुन्छ।

बायाँतिरको भागमा कुनै शास्त्रपदको सङ्‌ख्या, फुटनोट चिन्ह अथवा मार्जिनल रेफरेन्स अक्षर क्लिक गरेमा दायाँतिर अध्ययन सामग्री खुल्छ।

बाइबल तुलना ट्याब

बाइबल तुलना ट्याब क्लिक गर्दा रोजिएको शास्त्रपदको अन्य अनुवादहरू देखा पर्छ।

मार्जिनल रेफरेन्स ट्याब

मार्जिनल रेफरेन्स ट्याबले रोजिएको शास्त्रपदसित सम्बन्धित शास्त्रपदहरू निम्न तरिकामा देखा पर्छ:

  1. १. समानान्तर घटना (Parallel Event): एउटा किताबमा भएको कुनै घटना सोही किताबको अर्को अध्यायमा छ भने उक्‍त शास्त्रपद देखा पर्छ। अनि त्यही घटना अर्कै किताबमा छ भने त्यो पनि देखा पर्छ।

  2. २. उद्धृत शास्त्रपद (Quotation): रोजिएको अध्यायमा बाइबलको अरू किताबबाट उद्धरण गरिएको शास्त्रपद देखा पर्छ।

  3. ३. अन्य (Other): समानान्तर घटनामा आधारित नभएका वा बाइबलको अरू किताबबाट उद्धरण नगरिएका शास्त्रपहरू देखा पर्छ। यसमा कुनै व्यक्‍ति वा ठाउँ, समान वाक्यांश वा भविष्यवाणीको पूर्तिसित सम्बन्धित शास्त्रपद देखा पर्छ। साथै रोजिएको शास्त्रपदसित सम्बन्धित सिद्धान्त भएका शास्त्रपदहरू पनि देखा पर्छ।

मार्जिनल रेफरेन्सका शास्त्रपदहरू हेर्न (+) चिन्ह क्लिक गर्नुहोस्‌ अनि त्यसलाई बन्द गर्न (-) चिन्ह क्लिक गर्नुहोस्‌।

कुन-कुन शास्त्रपदमा मार्जिनल रेफरेन्स छ, त्यो हेर्न दायाँतिरको कोष्ठकमा (Highlight All) क्लिक गर्नुहोस्‌। ग्रीक धर्मशास्त्रका लेखकहरूले कुन-कुन हिब्रू शास्त्रपदबाट उद्धरण गरे भनेर थाह पाउन यसले मदत गर्छ।

 बाइबलको किताबसित सम्बन्धित चित्र, फोटो र भिडियो हेर्नुहोस्‌

हरेक किताबसित सम्बन्धित चित्र, फोटो र भिडियोहरू मिडिया ग्यालरीमा पाइन्छ। यी चित्र, फोटो र भिडियोहरू बाइबल विवरणअनुसार क्रम मिलाएर राखिएको छ।

मिडिया ग्यालरी यसरी प्रयोग गर्न सक्नुहुन्छ:

  • अध्ययन सामग्रीमा देखा पर्ने चित्र वा फोटो क्लिक गर्नुहोस्‌।

  • विषयसूची-मा (Table of Contents) गएर मिडिया रोज्नुहोस्‌ अनि त्यहाँ दिइएको चित्र, फोटो वा भिडियो क्लिक गर्नुहोस्‌। अथवा बाइबलको किताबको नाम क्लिक गर्नुहोस्‌।

मिडिया ग्यालरीमा तीनवटा भाग छ:

  1. १. चित्र, फोटो र भिडियो। अर्को चित्र, फोटो र भिडियो हेर्न दायाँ (>) अथवा बायाँ (<) चिन्ह क्लिक गर्नुहोस्‌।

  2. २. प्रत्येक चित्र वा फोटोमा छोटो जानकारी दिइएको छ अनि त्यससित सम्बन्धित शास्त्रपद पनि दिइएको छ।

    सानो मोबाइल वा ट्याबलेटमा चित्र वा फोटोको थप जानकारी हेर्न क्याप्सन देखाउने आइकन (Show Caption) क्लिक गर्नुहोस्‌।

  3. ३. पेजको तल चित्रहरूको लहर देखाइएको छ। दायाँ अथवा बायाँतिर दिइएको चिन्ह क्लिक गरेर अरू चित्रहरू हेर्न सकिन्छ। चित्र, फोटो र भिडियो हेर्न त्यहाँ क्लिक गर्नुहोस्‌।

तपाईंले रोजेको चित्र वा फोटोलाई ठूलो अथवा सानो बनाउन माथि बायाँतिर दिइएको चिन्ह क्लिक गर्नुहोस्‌। ठूलो बनाउन (+) चिन्ह र सानो बनाउन (-) चिन्ह क्लिक गर्नुहोस्‌।

 तपाईंले रोजेको भिडियो हेर्न त्यहाँ दिइएको प्ले बटन क्लिक गर्नुहोस्‌, पज गर्न पज बटन क्लिक गर्नुहोस्‌। भिडियो ठूलो स्क्रिनमा पनि हेर्न सकिन्छ।

बाइबलको किताबको सारांश, शब्दसूची र अतिरिक्‍त लेख प्रयोग गर्नुहोस्‌:

थप सामग्री हेर्ने यी दुई तरिका अपनाउनुहोस्‌:

  • दायाँतिरको भागमा देखा पर्ने लिङ्‌कहरू क्लिक गर्नुहोस्‌।

  • विषयसूची-मा (Table of Contents) दिइएको बाइबलको किताबको सारांश, शब्दसूची वा अतिरिक्‍त लेखमध्ये कुनै एउटामा क्लिक गर्नुहोस्‌।

बाइबलको किताबको सारांश (Overview) बुँदागत रूपमा दिइएको छ। यी बुँदाहरू हेर्न (+) चिन्ह क्लिक गर्नुहोस्‌ अनि बन्द गर्न (-) चिन्ह प्रयोग गर्नुहोस्‌।

बाइबलमा भएको शब्दहरू र त्यसको अर्थ शब्दसूचीमा (Glossary of Bible Terms) पाइन्छ। दायाँतिरको अध्ययन सामग्रीमा भएको कुनै-कुनै लिङ्‌क (See glossary) क्लिक गर्नुभयो भने त्यसको अर्थ फेला पार्नुहुनेछ।

विषयसूची-बाट अथवा बाइबलको किताब रोजेपछि माथिको बायाँ भागमा देखा पर्ने बाइबलको आइकनबाट शब्दसूचीमा जान सकिन्छ। यो सूची वर्णानुक्रमअनुसार राखिएको छ। तपाईंले खोजेको शब्दको पहिलो अक्षर क्लिक गरेर उक्‍त शब्द पत्ता लगाउनुहोस्‌।

कुनै-कुनै अतिरिक्‍त लेख (Appendix) दुई तरिकामा दिइएको हुन्छ। एउटा, चित्रको रूपमा दिइएको हुन्छ, जुन नयाँ संसार अनुवाद बाइबलबाट लिइएको हो। अर्को, लेखको रूपमा दिइएको हुन्छ, जसमा चित्र पनि हुन्छ।

  • चित्रको रूपमा दिइएको अतिरिक्‍त लेख क्लिक गर्नुहोस्‌। चित्रलाई ठूलो अथवा सानो बनाउन माथि बायाँतिर दिइएको चिन्ह क्लिक गर्नुहोस्‌। ठूलो बनाउन (+) चिन्ह र सानो बनाउन (-) चिन्ह क्लिक गर्नुहोस्‌।

  • लेखको रूपमा दिइएको अतिरिक्‍त लेख क्लिक गर्नुहोस्‌ अनि यो पेजको बायाँतिर देखा पर्छ। यसमा भएका शास्त्रपदहरू तथा अन्य स्रोत-सामग्री क्लिक गरेको खण्डमा दायाँतिर देखा पर्छ।