सीधै सामग्रीमा जाने

जानकारी सुरक्षित राख्ने यहोवाका साक्षीहरूको विश्‍वव्यापी नीति

जानकारी सुरक्षित राख्ने यहोवाका साक्षीहरूको विश्‍वव्यापी नीति

यहोवाका साक्षीहरूको विश्‍वव्यापी धार्मिक सङ्‌गठन (“धार्मिक सङ्‌गठन”) व्यक्‍तिको गोपनीयता अधिकारको र निजी जानकारीको सुरक्षाको कदर गर्छ। यो धार्मिक सङ्‌गठनले अरूसित खुलस्त र स्पष्ट कुराकानी गर्नुपर्छ, यहोवाका साक्षीहरूलाई आवश्‍यक पर्दा वा उनीहरूको धार्मिक र परोपकारी कामको लागि मात्र व्यक्‍तिगत जानकारी सङ्‌कलन गर्न सकिन्छ, अरूको गोप्य कुरा बाहिरिन दिनुहुन्‍न अनि अरूको निजी जानकारी शतप्रतिशत सुरक्षित छ भनेर पक्का गर्नुपर्छ भन्‍ने कुरा राम्ररी बुझेको छ। (हितोपदेश १५:२२; २५:९) हामी गोपनीयताको निकै कदर गर्छौं।​—हितोपदेश २०:१९.

प्रत्येक व्यक्‍तिको गोपनीयताको हक सुरक्षित होस्‌ भनेर अहिले थुप्रै देशले निजी जानकारी सुरक्षित राख्ने नीति जारी गरेको छ। तर यस्तो नीति जारी हुनुभन्दा धेरै अघिदेखि नै यो धार्मिक सङ्‌गठन र यसका शाखाहरू अरूको गोपनीयताको कदर गर्ने भरपर्दो सङ्‌गठनको रूपमा चिनिँदै आएका छन्‌। अहिले र भविष्यमा पनि यो धार्मिक सङ्‌गठनले पहिलाजस्तै अरूको निजी जानकारी सुरक्षित राख्नेछ।

जानकारी सुरक्षित राख्ने नीति: यहोवाका साक्षीहरूको धार्मिक सङ्‌गठनले निम्न सिद्धान्तहरूको आधारमा अरूको निजी जानकारी प्रयोग गर्नेछ:

  1. १. व्यक्‍तिगत जानकारीहरू सही अनि उचित तरिकामा प्रयोग गरिनेछ।

  2. २. यहोवाका साक्षीहरूको धार्मिक र परोपकारी कामको लागि आवश्‍यक पर्दा मात्र निजी जानकारी सङ्‌कलन गरिनेछ, त्यस सम्बन्धी प्रक्रिया अघि बढाइनेछ वा त्यस्ता जानकारीहरू प्रयोग गरिनेछ।

  3. ३. सही निजी जानकारी मात्र राखिनेछ अनि आवश्‍यक परेमा अपडेट गरिनेछ। सङ्‌गठनले कुनै त्रुटि भएको खबर पाएमा सकेसम्म छिटो त्यसलाई सच्याउनेछ।

  4. ४. सङ्‌गठनको कानुनी उद्देश्‍यको लागि आवश्‍यक परुन्जेल मात्र निजी जानकारी राखिनेछ।

  5. ५. निजी जानकारी सम्बन्धी हक-अधिकार सुनिश्‍चित गर्न यथासक्दो गरिनेछ।

  6. ६. कसैले अवैधानिक रूपमा निजी जानकारी प्रकटीकरण गर्न नपाओस्‌ वा त्यस्ता अनधिकृत व्यक्‍तिको हातमा नपरोस्‌ भनेर सङ्‌गठनले उचित प्रविधिको प्रयोग गर्नेछ र सङ्‌गठनले आवश्‍यक कदम चाल्नेछ। कम्प्युटरमा राखिएका व्यक्‍तिगत जानकारीहरू सुरक्षित राख्न हरेक कम्प्युटरमा पासवर्ड छ कि छैन पक्का गरिनेछ अनि अधिकारप्राप्त व्यक्‍तिलाई मात्र त्यस कम्प्युटरको पासवर्ड दिइनेछ। काम गर्ने समय सकेपछि अफिसहरू बन्द गरिनेछ; अधिकारप्राप्त व्यक्‍ति मात्र प्रवेश गर्न सक्नेछन्‌।

  7. ७. यहोवाका साक्षीहरूको सङ्‌गठनको धार्मिक र परोपकारी काम सम्पन्‍न गर्नको लागि आवश्‍यक पऱ्‍यो भने मात्र व्यक्‍तिगत जानकारीहरू एउटा शाखाबाट अर्को शाखामा पठाइनेछ। यहोवाका साक्षीहरू वा सो नामले आफूलाई चिनाउनेहरूले स्वेच्छाले यो नीति पालन गर्न राजी भएका छन्‌।

यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित किताब, जुन यहोवाका साक्षीहरूलाई प्रकाशक भएको बेला दिइन्छ, त्यसमा माग गरिएको निजी जानकारी प्रयोग गर्ने सन्दर्भमा यी नीतिहरू लागू हुन्छ। थप जानकारीको लागि यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित किताब हेर्नुहोस्‌।

आफ्नो निजी जानकारी गोप्य राख्ने र आवश्‍यक परेमा त्यसमा फेरबदल गर्ने वा मेटाउने अधिकार हरेक व्यक्‍तिको हो। यहोवाका साक्षीहरू यस अधिकारको कदर गर्छन्‌, जुन ‘निजी जानकारीको प्रयोगबारे विश्‍वव्यापी नीति’ अन्तर्गत ‘तपाईँको अधिकार’ शीर्षकमा उल्लेख गरिएको छ।

माथि उल्लिखित ‘जानकारी सुरक्षित राख्ने यहोवाका साक्षीहरूको विश्‍वव्यापी नीति’-को आधारमा यहोवाका साक्षीहरूले विश्‍वव्यापी रूपमा निजी जानकारी प्रयोग गर्छन्‌।