सीधै सामग्रीमा जाने

मलाई आफ्नो जीन्दगीदेखि दिक्क लाग्छ–के धर्म, ईश्‍वर वा बाइबलले मदत गर्न सक्छ?

मलाई आफ्नो जीन्दगीदेखि दिक्क लाग्छ–के धर्म, ईश्‍वर वा बाइबलले मदत गर्न सक्छ?

बाइबलको जवाफ

 अवश्‍य सक्छ। बाइबल बुद्धिमानी सल्लाहहरूले भरिएको पुरानो किताब हो। यसले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन्छ। ती जवाफहरू तपाईँलाई पक्कै मन पर्नेछ र तपाईँले साँचो आनन्द र खुसी पाउन सक्नुहुनेछ। तीमध्ये केही प्रश्‍नको जवाफ विचार गरौँ।

  1.  १. के सृष्टिकर्ता हुनुहुन्छ? बाइबलमा ईश्‍वरले “सबै थोक सृष्टि गर्नुभयो” भनेर बताइएको छ। (प्रकाश ४:११) उहाँ हाम्रो सृष्टिकर्ता हुनुभएकोले हामीलाई कुन कुराले आनन्द दिन्छ अनि हामी कसरी सन्तुष्ट हुन सक्छौँ, त्यो उहाँलाई थाह छ।

  2.  २. के ईश्‍वरले मेरो ख्याल राख्नुहुन्छ? बाइबलले ईश्‍वर मानिसबाट कोसौँ टाढा हुनुहुन्छ भनेर बताउँदैन बरू “उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न” भनेर सिकाउँछ। (प्रेषित १७:२७) उहाँ हाम्रो चासो राख्नुहुन्छ अनि हामीलाई सफल जीवन बिताउन मदत गर्न चाहनुहुन्छ।—यसैया ४८:१७, १८; १ पत्रुस ५:७.

  3.  ३. ईश्‍वरबारे थाह पाउँदा म कसरी आनन्दित हुन सक्छु? हामी आफ्नो “आध्यात्मिक आवश्‍यकताबारे” सचेत छौँ। किनकि ईश्‍वरले हामीलाई यसरी नै सृष्टि गर्नुभएको हो। (मत्ति ५:३) त्यसैले ‘जीवनको अर्थ के हो अनि यसको उद्देश्‍य के हो?’ भन्‍ने जस्ता प्रश्‍नहरू हाम्रो मनमा आउँछ। साथै आध्यात्मिक आवश्‍यकताबारे सचेत भएकोले हामी सृष्टिकर्ताबारे जान्‍न र उहाँसित नजिक हुन चाहन्छौँ। उहाँसित नजिक हुन तपाईँले गर्नुहुने प्रयासको उहाँ प्रशंसा गर्नुहुन्छ। किनकि बाइबल यसो भन्छ, “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकुब ४:८.

 परमेश्‍वरसित मित्रता गाँस्दा लाखौँ मानिसहरू पहिलेभन्दा अझ खुसी हुन सकेका छन्‌। आफ्नो जीन्दगीदेखि दिक्क मान्‍नुको साटो अझै अर्थपूर्ण तरिकामा जीवन बिताउन र सन्तुष्ट हुन सिकेका छन्‌। हुन त परमेश्‍वरलाई चिन्दैमा समस्या नै आउँदैन भन्‍ने त होइन तर बाइबलमा व्यावहारिक सल्लाह पाइन्छ, जसले यी क्षेत्रहरूमा हामीलाई मदत गर्छ:

  •   सुखी पारिवारिक जीवन बिताउन।

  •   अरूसित शान्ति कायम राख्न।

  •   डिप्रेसन, आर्थिक कठिनाइ अनि दीर्घकालीन रोगजस्ता विभिन्‍न समस्याको सामना गर्न।

 थुप्रै धर्मले बाइबललाई आफ्नो शिक्षाको मूल स्रोत मान्छन्‌ तर त्यसअनुसार भने चल्दैनन्‌। त्यसको ठिक विपरित साँचो धर्मले मात्र बाइबलको साँचो शिक्षा सिकाउँछ र तपाईँलाई ईश्‍वरबारे सही जानकारी दिन्छ।