सीधै सामग्रीमा जाने

सृष्टि या संयोग?

आमाको दूध

आमाको दूध

 प्रसूतिकर्मीको लागि तयार पारिएको एउटा किताबमा यस्तो लेखिएको छ, “शिशुलाई खुवाउन बनाइएको बट्टाको दूध, आमाको दूध जस्तो पौष्टिक कदापि हुन सक्दैन।” आमाको दूध शिशुलाई उपयुक्‍त हुनुको एउटा कारण भनेको बच्चा जन्मिएपछि आमाको शरीर शिशुको आवश्‍यकताअनुसार परिवर्तन हुन्छ।

 यसबारे विचार गर्नुहोस्‌: आमाले हरेक पटक शिशुलाई स्तनपान गराउँदा दूधमा परिवर्तन आउँछ। जस्तै: सुरुमा दूध खुवाउँदा त्यसमा प्रोटिन, भिटामिन, मिनिरल र पानीको मात्रा धेरै हुन्छ। त्यसपछि दूधमा चिल्लो पदार्थको मात्रा धेरै आउँछ, जसले गर्दा बच्चा अघाउँछ। त्यति मात्र नभई बच्चाको उमेर र मौसमअनुसार पनि आमाको दूधमा परिवर्तन आउँछ।

 राती आमाको दूधमा मेलाटोनिन जस्ता केही हर्मोनहरू बढ्‌छन्‌ तर दिउँसो भने अरू हर्मोनहरू बढ्‌ने गर्छन्‌। दिनभरिमा समयअनुसार परिवर्तन भइरहने विभिन्‍न हर्मोनहरूले शिशुलाई सुत्न वा उठ्‌न मदत गर्छ। यसले गर्दा शिशुहरूको एउटै समयमा सुत्ने र उठ्‌ने बानी बस्न सक्छ।

 बच्चा जन्माएपछि सुरुका केही दिनहरूमा आमाको शरीरबाट पहेँलो दूध निस्कन्छ जसलाई कोलोस्ट्रम भनिन्छ। कोलोस्ट्रम पचाउन सजिलो र पोषक तत्त्वहरूले भरिएको हुन्छ। त्यसैले बच्चाको सानो पेटमा कोलोस्ट्रमको थोरै मात्राले पनि धेरै फाइदा पुऱ्‍याउँछ। कोलोस्ट्रममा प्रचुर मात्रामा रोग प्रतिरोधात्मक तत्त्वहरू हुन्छन्‌ जसले शिशुलाई सङ्‌क्रमण हुनबाट जोगाउँछ। साथै यसले भर्खरै जन्मेका शिशुहरूको दिसा खुकुलो बनाएर पाचन प्रणाली सफा गर्न पनि मदत गर्छ।

 जुम्ल्याहा जन्मिए भने तिनीहरूलाई पुग्दो दूध नआउने हो कि भनेर आमाले चिन्ता गर्नुपर्दैन किनभने आमाको शरीरमा स्वाभाविक रूपमै शिशुको आवश्‍यकताअनुसार दूधको मात्रा बढ्‌ने गर्छ।

 तपाईँको विचार कस्तो छ? आमाको दूधमा भएको विशेषता क्रमविकासको उपज हो या सृष्टि?