के यहोवाका साक्षीहरू तिनीहरूले मात्र उद्धार पाउँछन् भनेर विश्वास गर्छन्?
होइन। शताब्दिऔंअघिका लाखौं मानिसहरू जो यहोवाको साक्षी थिएनन्, तिनीहरूले पनि उद्धार पाउन सक्छन्। परमेश्वरले ल्याउनुहुने नयाँ संसारमा “परमेश्वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्” भनेर बाइबलले बताएको छ। (प्रेषित २४:१५) यसबाहेक अहिले बाँचिरहेका थुप्रै मानिसहरूले पनि परमेश्वरको सेवा गर्न थाले भने तिनीहरूले पनि उद्धार पाउनेछन्। जेहोस्, कसले उद्धार पाउनेछ र कसले पाउनेछैन भनेर निर्णय गर्ने काम हाम्रो होइन। त्यो निर्णय गर्ने अधिकार त येशूले मात्र पाउनुभएको छ।—यूहन्ना ५:२२, २७.