के यहोवाका साक्षीहरू प्रोटेस्टेन्ट हुन्?
अहँ होइनन्। यहोवाका साक्षीहरू ख्रीष्टियन हुन्, उनीहरू प्रोटेस्टेन्ट होइनन्। किन?
रोमन क्याथोलिक चर्चमा सुधार गर्नको लागि आन्दोलन गर्नेहरूलाई प्रोटेस्टेन्ट भनिन्छ। हुन त प्रोटेस्टेन्टहरूजस्तै यहोवाका साक्षीहरू पनि क्याथोलिक चर्चको शिक्षासित सहमत छैनन् तर त्यसको मतलब तिनीहरू प्रोटेस्टेन्ट होइनन्। यसका दुइटा कारण यसप्रकार छन्:
१. प्रोटेस्टेन्ट धर्मले सिकाउने कुराहरू बाइबलसित मेल खाँदैन। जस्तै: प्रोटेस्टेन्ट धर्मले त्रिएकको शिक्षा सिकाउँछ तर बाइबलमा “परमेश्वर एक जना हुनुहुन्छ” भनेर बताइएको छ। (१ तिमोथी २:५; यूहन्ना १४:२८) त्यस धर्मले नरकको शिक्षा सिकाउँछ। बाइबलमा परमेश्वरले खराब मानिसहरूलाई सदाको लागि नरकमा सास्ती दिनुहुन्छ भनेर बताइएको छैन। तर त्यस्ता मानिसहरूलाई सधैंको लागि नाश गरिनेछ भनेर बताइएको छ।—भजन ३७:९; २ थिस्सलोनिकी १:९.
२. हामी क्याथोलिक अनि अरू धर्मको विरोध गर्दैनौं न त तिनीहरूको सुधार गर्न खोज्छौं। हामी मानिसहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्छौं। उनीहरूलाई परमेश्वरको सन्देश सत्य हो भनेर विश्वास दिलाउन सक्दो प्रयास गर्छौं। (मत्ती २४:१४; २८:१९, २०) हामी अरू कसैको धर्ममा सुधार गर्ने कोसिस गर्दैनौं। बरु सिक्न चाहने व्यक्तिहरूलाई परमेश्वर र उहाँको वचन बाइबलबारे सत्य कुरा सिकाउँछौं।—कलस्सी १:९, १०; २ तिमोथी २:२४, २५.