के यहोवाका साक्षीहरूकहाँ पनि तलब लिएर सिकाउने पादरीहरू छन्?
प्रथम शताब्दीका ख्रीष्टियनहरूमाझ पादरीवर्ग र सर्वसाधारणवर्ग भनेर छुट्ट्याउने चलन थिएन। यहोवाका साक्षीहरूमाझ पनि त्यस्तो विभाजन छैन। बप्तिस्मा गरेका सबै व्यक्ति नै यहोवाका नियुक्त सेवकहरू हुन्। तिनीहरू सबै नै प्रचार गर्ने र सिकाउने काममा भाग लिन्छन्। यहोवाका साक्षीहरूको प्रत्येक मण्डलीमा १०० जनाजति सदस्यहरू हुन्छन्। ती सदस्यहरूमध्ये आध्यात्मिक रूपमा परिपक्व पुरुषहरूले एल्डरको रूपमा सेवा गर्छन्। (तीतस १:५) तिनीहरू तलब नलिई सेवा गर्छन्।