सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरूसित गरिने बाइबल अध्ययन भनेको के हो?

यहोवाका साक्षीहरूसित गरिने बाइबल अध्ययन भनेको के हो?

 यहोवाका साक्षीहरू प्रभावकारी तरिकामा बाइबलका शिक्षाहरू सिक्न तपाईँलाई मदत गर्छन्‌। यस बाइबलआधारित छलफलमा तपाईँ निम्न कुराहरू बुझ्न सक्नुहुन्छ:

  •   सुखी जीवन कसरी बिताउने

  •   परमेश्‍वरको साथी कसरी बन्‍ने

  •   भविष्यबारे बाइबलमा कस्ता प्रतिज्ञाहरू गरिएका छन्‌

यो पृष्ठमा

 बाइबल अध्ययनमा के-के हुन्छ?

 तपाईँले बाइबल अध्ययन सञ्चालकसँग सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको प्रत्येक पाठ छलफल गर्न सक्नुहुनेछ। यो छलफलबाट तपाईँले बाइबलको सन्देश थाह पाउनुका साथै बाइबलले तपाईँलाई कसरी मदत गर्छ भनेर पनि बुझ्नुहुनेछ। यसबारे थप जानकारी पाउन यो भिडियो हेर्नुहोस्‌।

 के मैले बाइबल अध्ययन गर्न पैसा तिर्नुपर्छ?

 पर्दैन। यहोवाका साक्षीहरू येसुले चेलाहरूलाई दिनुभएको यो आज्ञा पालन गर्छन्‌: “तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।” (मत्ति १०:८) साथै बाइबल र सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! जस्ता अध्ययन सामग्रीहरूको पनि शुल्क लिइँदैन।

 अध्ययन सिद्ध्याउन कति समय लाग्छ?

 यो अध्ययन सामग्रीमा जम्मा ६० वटा पाठहरू छन्‌। हप्तामा कति वटा पाठ सिद्ध्याउने भनेर तपाईँ आफैले निर्णय गर्न सक्नुहुन्छ। प्रायजसोले हप्तामा एक वा त्यो भन्दा बढी पाठहरू छलफल गर्न रुचाउँछन्‌।

 अध्ययन सुरु गर्न मैले के गर्नुपर्छ?

  1.  १. अनलाइन फाराम भर्नुहोस्‌। तपाईँको निजी जानकारी एक जना यहोवाको साक्षीसित तपाईँको भेट गराउन मात्र प्रयोग गरिनेछ।

  2.  २. एक जना अध्ययन सञ्चालकले तपाईँलाई सम्पर्क गर्नेछन्‌। तिनले यस छलफलबाट सिक्न सकिने कुरा बताउनेछन्‌ र तपाईँले सोध्नुभएका प्रश्‍नहरूको जवाफ दिनेछन्‌।

  3.  ३. सञ्चालकसित मिलेर छलफलको योजना मिलाउनुहोस्‌। तपाईँ भेटेरै अथवा फोन, भिडियो कल वा ईमेलमार्फत अध्ययन गर्न सक्नुहुन्छ। साधारणतया यो अध्ययन एक घण्टाको हुन्छ तर तपाईँको अवस्थाअनुसार अध्ययन छोटो वा लामो गर्न सकिन्छ।

 के म केही पटक मात्र अध्ययन गरी हेर्न सक्छु?

 सक्नुहुन्छ। त्यसको लागि सुरुमा अनलाइन फाराम भर्नुहोस्‌। अनि अध्ययन सञ्चालकले सम्पर्क गर्दा अध्ययन कस्तो हुँदो रहेछ भनि जान्‍न केही पटक मात्र अध्ययन गरी हेर्न चाहन्छु भनि बताउनुहोस्‌। तिनले सुरुमा तीन वटा पाठ भएको सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाबाट छलफल गर्नेछन्‌। त्यसपछि तपाईँ अध्ययनलाई अगाडि बढाउने कि नबढाउने निर्णय गर्न सक्नुहुन्छ।

 बाइबल अध्ययन गरेँ भने के मलाई यहोवाको साक्षी बन्‍न दबाब दिइनेछ?

 दिइनेछैन। हामी अरूलाई बाइबलबारे सिकाउन पाउँदा धेरै खुसी हुन्छौँ तर हाम्रो धर्मको सदस्य बन्‍न कसैलाई पनि दबाब दिँदैनौ। बरू हामी आदरपूर्वक बाइबलले सिकाउने कुरा बताउँछौँ। कुनै कुरामा विश्‍वास गर्ने कि नगर्ने भनेर निर्णय गर्ने अधिकार सबैसित छ। त्यस्तो अधिकारको हामी कदर गर्छौँ।—१ पत्रुस ३:१५.

 के म आफ्नै बाइबल प्रयोग गर्न सक्छु?

 सक्नुहुन्छ। तपाईँसँग भएको कुनै पनि अनुवादको बाइबल प्रयोग गर्न सक्नुहुन्छ। धेरैजसो मानिस आफूलाई सजिलो लाग्ने बाइबल अनुवाद प्रयोग गर्न मन पराउँछन्‌ भनेर हामीले बुझेका छौँ। हामी चाहिँ पवित्र बाइबल—नयाँ संसार अनुवाद प्रयोग गर्न रुचाउँछौँ, जुन स्पष्ट र सही छ।

 के मैले अध्ययनमा अरूलाई पनि राख्न मिल्छ?

 मिल्छ। तपाईँको पूरै परिवार वा कोही साथीभाइलाई सँगै अध्ययनमा राख्न मिल्छ।

 विगतमा यहोवाका साक्षीसित अध्ययन गरेको भए तापनि के मैले फेरि अध्ययन गर्न मिल्छ?

 मिल्छ। तपाईँ अहिलेको छलफल कार्यक्रमबाट पहिलेको भन्दा अझ धेरै लाभ उठाउन सक्नुहुन्छ किनभने यो किताब अहिलेका मानिसहरूको आवश्‍यकतालाई ध्यानमा राखेर तयार पारिएको हो। यसमा पहिलेको भन्दा धेरै दृश्‍य सामग्रीहरू राखिएका छन्‌ र यो कुराकानी गर्न सजिलो हुने तरिकामा बनाइएको छ।

 के मैले सञ्चालकविना व्यक्‍तिगत रूपमा अध्ययन गर्न मिल्छ?

 मिल्छ। हुनत धेरैलाई सञ्चालकसित छलफल गर्दा बुझ्न सजिलो हुन्छ तर कसैलाई भने पहिला व्यक्‍तिगत तवरमै अध्ययन गर्न मन पर्छ। हाम्रो वेबसाइटको बाइबल अध्ययन सामग्री पृष्ठमा अध्ययनको लागि उपयोगी स्रोत सामग्री निश्‍शुल्क पाउन सक्नुहुन्छ। तपाईँ निम्न सामग्रीबाट मदत पाउन सक्नुहुन्छ:

  •   बाइबलको शिक्षा। यसमा तपाईँले दैनिक जीवनमा लागू हुने बाइबल सिद्धान्तहरू छलफल गरिएका लेखहरू पाउन सक्नुहुन्छ।

  •   बाइबल भिडियो। यी छोटो भिडियोहरूमा महत्त्वपूर्ण प्रश्‍नहरूको बाइबलले दिने जवाफ पाउन सक्नुहुन्छ।

  •   बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ। यसमा भएका लेखहरूबाट तपाईँले बाइबलसम्बन्धी विभिन्‍न प्रश्‍नहरूको जवाफ पाउन सक्नुहुन्छ।

  •   प्रहरीधरहरा अनलाइन लाइब्रेरी। यो साइटमा यहोवाका साक्षीहरूले प्रकाशित गरेका विभिन्‍न प्रकाशनहरू पढ्‌न सक्नुहुन्छ।