यहोवाका साक्षीहरू आफ्नो सभा गर्ने ठाउँलाई किन “सभाभवन” भन्छन्?
निम्न कारणले गर्दा:
हाम्रो सभा गर्ने भवन साधारण सभा हलजस्तै हुन्छ।
बाइबलमा उल्लेख गरिएको परमेश्वर यहोवाको उपासना गर्न र उहाँबारे अरूलाई साक्षी दिन हामी त्यहाँ भेला हुन्छौँ।—भजन ८३:१८; यसैया ४३:१२.
येसुले धेरै पटक बताउनुभएको परमेश्वरको राज्यबारे सिक्न हामी त्यहाँ भेला हुन्छौँ।—मत्ति ६:९, १०; २४:१४; लुका ४:४३.
तपाईँलाई पायक पर्ने सभाभवनमा आउनुहोस् र यहोवाका साक्षीहरूले कसरी सभा सञ्चालन गर्छन्, हेर्नुहोस्।