सीधै सामग्रीमा जाने

वारविक फोटो ग्यालरी भाग २ (सेप्टेम्बरदेखि डिसेम्बर २०१४ सम्म)

वारविक फोटो ग्यालरी भाग २ (सेप्टेम्बरदेखि डिसेम्बर २०१४ सम्म)

सन्‌ २०१४ को सेप्टेम्बरदेखि डिसेम्बरसम्म यहोवाका साक्षीहरूको मुख्यालय निर्माणकार्यमा के-कस्तो उन्‍नति भइरहेको छ, यस फोटो ग्यालरीमा हेर्नुहोस्‌।

वारविकको निर्माणकार्य सम्पन्‍न भएका भवनहरूबारे जानकारी। माथि बायाँदेखि घडी घुम्ने दिशामा:

  1. १. सवारीसाधन मर्मत भवन

  2. २. घुम्न आउनेहरूको पार्किङ्‌ भवन

  3. ३. मर्मतकार्य गरिने भवन/आवासमा बस्नेहरूको पार्किङ्‌

  4. ४. ‘ख’ आवास

  5. ५. ‘घ’ आवास

  6. ६. ‘ग’ आवास

  7. ७. ‘क’ आवास

  8. ८. कार्यालय/सेवा भवन

सेप्टेम्बर ११, २०१४—घुम्न आउनेहरूको पार्किङ्‌ भवन

‘ग’ आवासको लागि पहिल्यै तयार पारिएको ट्रसहरूमा स्टिलका किलाहरू ठोक्दै।

सेप्टेम्बर १८, २०१४—वारविक निर्माणस्थल

दक्षिण भागबाटको दृश्‍य, उत्तरमा ‘स्टरलिङ फरेस्ट लेक’-को (ब्लु लेक) दृश्‍य। त्यहाँ लगभग १३ वटा क्रेनले एकै चोटि काम गरिरहेका छन्‌। अगाडितिर ‘ख’ आवासको जग बनाउन कामदारहरू मसला हाल्दै र सम्याउँदै छन्‌।

सेप्टेम्बर २६, २०१४—कार्यालय/सेवा भवन

स्टिलका बिम र खम्बाहरू जडान गर्न तयारी अवस्थामा। कार्यालय/सेवा भवनमा स्टिलको संरचना प्रयोग गरिएको छ। खुला ठाउँ प्रशस्त होस्‌ र काम छिटो गर्न सकियोस्‌ भनेर यस्तो संरचना प्रयोग गरिएको हो।

अक्टोबर ९, २०१४—वारविक निर्माणस्थल

पहिल्यै तयार पारिएको ट्रसहरू जडान गर्दै। धातुको पाता र पानी नछिर्ने पत्र राखेर ‘ग’ आवासका ट्रसहरू ढाकिंदै छ। बायाँपट्टि ट्रसको आधा भागमा काम गरिंदै।

अक्टोबर १५, २०१४—कार्यालय/सेवा भवन

बाहिरका निर्माणकर्मीहरू भवनको दक्षिण-पश्‍चिम भागमा स्टिलका बिमहरू जडान गर्दै। भवनको यो भाग भान्छा, भोजनालय, लन्ड्री र अन्य विभागको लागि प्रयोग गरिनेछ।

अक्टोबर १५, २०१४—वारविक निर्माणस्थल

ढल निकासको काम गरिरहेको कामदारलाई कुचो दिंदै।

अक्टोबर २०, २०१४—वारविक निर्माणस्थल

इँटा जोड्‌ने, रङ्‌ग लगाउने र इँटा राख्ने अभ्यास गर्नको लागि यो भित्ता नमुनाको रूपमा बनाइएको थियो। नयाँ कामदारहरूलाई सिकाउन पनि यो भित्ता प्रयोग गरिएको थियो। काम सिद्धिएपछि यो भित्ता भत्काइँदै छ।

अक्टोबर ३१, २०१४—‘ग’ आवास

पहिल्यै तयार पारिएको ट्रसको आधा भाग क्रेनको मदतले उठाइँदै। यी त्रिकोण आकारका ट्रसहरू जोडेपछि आवास भवनको संरचना टाढाबाट हेर्दा सुन्दर देखिन्छ।

नोभेम्बर ७, २०१४—मर्मतकार्य गरिने भवन/आवासमा बस्नेहरूको पार्किङ्‌

९५ हजार लिटर तेल अट्‌ने ट्याङ्‌की तल राखिंदै। यसमा राखिएको तेल जाडो याममा कोठा न्यानो पार्न प्रयोग गरिनेछ।

नोभेम्बर १२, २०१४—‘ग’ आवास

भवनको दक्षिण भागको दृश्‍य जसको दायाँपट्टि ब्लु लेक देखिन्छ। भवनको बाहिरपट्टि लगाइएको विभिन्‍न रङ्‌ग र राम्रो फिनिसिङ्‌को कारण भवन निकै सुन्दर देखिएको छ।

नोभेम्बर २१, २०१४—मर्मतकार्य गरिने भवन/आवासमा बस्नेहरूको पार्किङ्‌

भुइँमा स्ल्याब राख्नुअघि श्रीमान्‌-श्रीमती मिलेर ढल निकासका पाइपहरू जडान गर्दै।

नोभेम्बर २८, २०१४—कार्यालय/सेवा भवन

छतमा परेको हिउँ हटाउँदै।

डिसेम्बर १, २०१४—मर्मतकार्य गरिने भवन/आवासमा बस्नेहरूको पार्किङ्‌

अर्को दम्पती धारा-पानीको कामको लागि बनाइएको योजना हेर्दै।

डिसेम्बर १०, २०१४—मर्मतकार्य गरिने भवन/आवासमा बस्नेहरूको पार्किङ्‌

हिउँ परे पनि माटो खन्‍ने, भित्ता जडान गर्ने र ढलान गर्ने काम रोकिएको छैन। तस्बिरको माथि बायाँपट्टि कार्यालय/सेवा भवनलाई बाक्लो पालले छोपिएको छ। यसो गर्दा जाडो याममा पनि ढलानको काम र आगो प्रतिरोधात्मक भवन बनाउनेजस्ता काम गर्न सकिएको छ।

डिसेम्बर १२, २०१४—‘घ’ आवास

बाहिरी भित्ता जडान गर्नुअघि भवन ओसिलो नहोस्‌ भनेर खामा र स्ल्याबमा एक किसिमको पत्र लगाउँदै।

डिसेम्बर १५, २०१४—वारविक निर्माणस्थल

माथिबाट खिचिएको पश्‍चिमतिर फर्केको दृश्‍य। तस्बिरको माथितिर आवास भवनहरू छन्‌ अनि बीचमा भएको ठूलो सेतो भवन कार्यालय/सेवा भवन हो। लगभग १०० हेक्टर जग्गाको २० प्रतिशतभन्दा थोरै भागमा मात्र निर्माणकार्य गरिएको छ। बाँकी भागचाहिं जङ्‌गल नै छोडिएको छ।

डिसेम्बर १५, २०१४—वारविक निर्माणस्थल

माथिबाट खिचिएको पूर्वतिर फर्केको दृश्‍य। तस्बिरको तल्लो भागमा ‘ग’ र ‘घ’ आवास देखिन्छ। ‘ग’ आवासमा बाहिरका निर्माणकर्मीहरू छानामा त्रिकोण आकारको धातुको पाता जडान गर्दै।

डिसेम्बर २५, २०१४—‘ग’ आवास

सिकर्मीले नमुना कोठाको भुइँमा काठको फल्याक राख्दै। आवासको हरेक कोठा कस्तो बनाउने भनेर चार वटा नमुना तयार पारिएको छ। यही नमुनाको आधारमा रङ्‌गरोगन गर्ने, गलैंचा ओछ्याउने, भुइँमा काठको फल्याक राख्ने, टाइल राख्ने र भान्छामा काउन्टर राख्ने गरिनेछ।

डिसेम्बर ३१, २०१४—कार्यालय/सेवा भवन

पानी सजिलै बगोस्‌ भनेर स्ल्याबका अग्ला-होचा ठाउँहरू हातले मिलाउँदै।

डिसेम्बर ३१, २०१४—‘ग’ आवास

७७ वर्षीय प्राविधिक अप्टिक फाइबर भएको तार जडान गर्दै। यो निर्माणकार्य सिद्धिंदासम्म लगभग ३२ किलोमिटर तार जडान गरिनेछ।