बेथेल टुर
हामी तपाईँहरूलाई हाम्रा कार्यालयहरूमा भ्रमण गर्न हार्दिक निमन्त्रणा दिन्छौँ। हाम्रा कुनै-कुनै कार्यालयहरूमा आफै घुम्न मिल्ने प्रदर्शनीहरू पनि राखिएका छन्।
बेथेल टुर सुचारु भएको जानकारी: थुप्रै देशहरूमा जून १, २०२३ देखि हाम्रा शाखाहरूको टुर पुनः सुचारु गरिएको छ। यसबारे विस्तृत जानकारी पाउनको लागि तपाईँले टुर गर्न चाहनुहुने शाखामा सम्पर्क गर्नुहोस्। यदि तपाईँ हाल कोभिड-१९ बाट सङ्क्रमित हुनुहुन्छ, रुघाखोकीको लक्षण देखिएको छ वा हालै कोभिड सङ्क्रमण भएको व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने कृपया अहिलेको लागि टुर गर्न नआउनुहोस्।
जापान
टुरसम्बन्धी जानकारी
प्रदर्शनी
हाम्रो सम्पदा। यस प्रदर्शनीमा यहोवाले विगत १०० वर्षभन्दा लामो समयदेखि जापानमा भइरहेको राज्य गतिविधिमा कसरी आशिष् दिँदै आउनुभएको छ भनेर देखाइएको छ। पाहुनाहरूले यहाँ जापानका यहोवाका साक्षीहरूको इतिहासका साथै उनीहरूले सुसमाचार सुनाउन प्रयोग गरेका रोचक तरिकाहरू यहाँ आएर सेवा गर्ने मिसनरीहरूले पुऱ्याएको योगदानबारे थाह पाउन सक्नुहुनेछ।
जापानको बाइबल इतिहास। यस प्रदर्शनीमा बाइबलका दुर्लभ प्रतिहरू र जापानी भाषाको पहिलो बाइबल अनुवाद पनि राखिएको छ।
ठेगाना र फोन नम्बर