सीधै सामग्रीमा जाने

बेथेल टुर

हामी तपाईँहरूलाई हाम्रा कार्यालयहरूमा भ्रमण गर्न हार्दिक निमन्त्रणा दिन्छौँ। हाम्रा कुनै-कुनै कार्यालयहरूमा आफै घुम्न मिल्ने प्रदर्शनीहरू पनि राखिएका छन्‌।

बेथेल टुर सुचारु भएको जानकारी: थुप्रै देशहरूमा जून १, २०२३ देखि हाम्रा शाखाहरूको टुर पुनः सुचारु गरिएको छ। यसबारे विस्तृत जानकारी पाउनको लागि तपाईँले टुर गर्न चाहनुहुने शाखामा सम्पर्क गर्नुहोस्। यदि तपाईँ हाल कोभिड-१९ बाट सङ्क्रमित हुनुहुन्छ, रुघाखोकीको लक्षण देखिएको छ वा हालै कोभिड सङ्क्रमण भएको व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने कृपया अहिलेको लागि टुर गर्न नआउनुहोस्।

दक्षिण अफ्रिका

टुरसम्बन्धी जानकारी

बुकिङ गर्ने

बुकिङ हेर्ने वा परिवर्तन गर्ने

टुर पुस्तिका डाउनलोड गर्नुहोस्‌

प्रदर्शनी

बेथेल होमको अतिथि कक्ष। यहाँ केही भिडियोहरू हेर्न सकिन्छ, जसले बेथेलमा हुने कामबारे र यसले कसरी हाम्रो उपासनालाई टेवा पुऱ्‍याउँछ भन्‍नेबारे जानकारी दिन्छ।

छापाखाना २ अतिथि कक्ष। यहाँ देखाइने भिडियोहरूले स्थानीय भाषामा साहित्यहरू अनुवाद गर्नु छाप्नुको महत्त्वबारे बताउँछ। छापाखानालाई माथिबाट हेर्न सकिनेगरि यहाँ एउटा अवलोकन स्थान बनाइएको छ। साथै केही स्थानीय भाषाको बाइबलमा परमेश्‍वरको नाम कसरी प्रयोग गरिएको छ भनेर देखाउने दृश्‍य सामग्री पनि हेर्न सक्नुहुनेछ।

छापाखाना ३ अतिथि कक्ष। यहाँको अवलोकन स्थानबाट ढुवानी केन्द्र सम्पूर्ण भाग हेर्न सकिन्छ अनि स्क्रिनमा देखाइने लाइभ डाटामा प्रकाशनहरू पठाइने गन्तव्यहरू हेर्न सकिन्छ। साथै सभाभवनको निर्माणकार्य, साहित्यको ढुवानी र अडियो तथा भिडियो प्रकाशनहरूको उत्पादन कसरी गरिन्छ भनेर देखाउने केही भिडियो पनि हेर्न सक्नुहुनेछ।

थप जानकारी। अतिथि कक्षहरूबीच ओहोरदोहोर गर्न बसहरूको प्रबन्ध गरिएको छ। साथै अतिथि विश्राम कक्षमा पाहुनाहरूले आफ्नो खाजा खाने ठाउँ पनि छ।

ठेगाना र फोन नम्बर

बाटो