सीधै सामग्रीमा जाने

बेथेल टुर

हामी तपाईँहरूलाई हाम्रा कार्यालयहरूमा भ्रमण गर्न हार्दिक निमन्त्रणा दिन्छौँ। हाम्रा कुनै-कुनै कार्यालयहरूमा आफै घुम्न मिल्ने प्रदर्शनीहरू पनि राखिएका छन्‌।

बेथेल टुर सुचारु भएको जानकारी: थुप्रै देशहरूमा जून १, २०२३ देखि हाम्रा शाखाहरूको टुर पुनः सुचारु गरिएको छ। यसबारे विस्तृत जानकारी पाउनको लागि तपाईँले टुर गर्न चाहनुहुने शाखामा सम्पर्क गर्नुहोस्। यदि तपाईँ हाल कोभिड-१९ बाट सङ्क्रमित हुनुहुन्छ, रुघाखोकीको लक्षण देखिएको छ वा हालै कोभिड सङ्क्रमण भएको व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने कृपया अहिलेको लागि टुर गर्न नआउनुहोस्।

ब्राजिल

टुरसम्बन्धी जानकारी

बुकिङ गर्ने

बुकिङ हेर्ने वा परिवर्तन गर्ने

टुर पुस्तिका डाउनलोड गर्नुहोस्‌

प्रदर्शनी

बाइबल र यसका ग्रन्थकार। यस प्रदर्शनीमा बाइबलका ग्रन्थकार यहोवा परमेश्‍वरलाई उहाँले पाउनुपर्ने महिमा दिइएको छ। साथै यसमा बाइबलको मुख्य विषय अर्थात्‌ परमेश्‍वरको राज्यलाई जोड दिइएको छ। बाइबल आजसम्म कसरी सुरक्षित रह्‍यो र विरोधीहरूको प्रयासको बाबजुद यहोवाले कसरी यसको सन्देशलाई फेरबदल हुन दिनुभएन भनेर यस प्रदर्शनीमा देखाइएको छ।

इतिहाससम्बन्धी प्रदर्शनी। यस प्रदर्शनीमा ब्राजिलमा विगत १२० वर्षभन्दा लामो समयदेखि चलिरहेको राज्यको सुसमाचार सुनाउने काममा यहोवाले कसरी आशिष्‌ दिँदै आउनुभएको छ भनेर देखाइएको छ। विरोध र सतावटको बाबजुद ब्राजिलमा कसरी राज्य गतिविधिको सुरुवात भयो र उन्‍नति भयो भन्‍नेबारे हालसालैका अनुसन्धानबाट थाह लागेका ऐतिहासिक जानकारीहरू पनि यसमा समावेश गरिएको छ।

ठेगाना र फोन नम्बर

बाटो