प्रहरीधरहरा—अध्ययन संस्करण अक्टोबर २०१८

यस अङ्‌कमा डिसेम्बर ३ देखि ३०, २०१८ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

१९१८—एक सय वर्षअघि

युरोपमा प्रथम विश्‍वयुद्ध अझै चर्किरहेको थियो तर १९१८ को सुरुतिर भएका केही घटनाहरूले बाइबल स्टुडेन्टस्‌ अनि संसारका सबै मानिसहरूको मनमा केही आशा जगाएको थियो।

साँचो बोल्नुहोस्‌

मानिसहरू किन झूट बोल्छन्‌? अनि यसले कस्तो हानि पुऱ्‍याउँछ? एकअर्कासित साँचो बोल्छौँ भनेर हामी कसरी देखाउन सक्छौँ?

सत्य सिकाउनुहोस्‌

अरूलाई साक्षी दिन थोरै समय मात्र बाँकी भएकोले हाम्रो ध्यान बाइबल अध्ययन सुरु गर्नमा र मानिसहरूलाई सत्य सिकाउनमा केन्द्रित हुनुपर्छ। त्यसो गर्न शिक्षण सामग्रीले हामीलाई कसरी मदत गर्छ?

जीवनी

यहोवाले मेरो निर्णयमा आशिष्‌ बर्साउनुभयो

जवान छँदै बेथेल सेवाको आवेदन भरेर चार्ल्स मोलोहनले आफ्नो सेवा विस्तार गरे। त्यस यता दशकौँदेखि यहोवाले तिनलाई प्रशस्त आशिष्‌ दिइरहनुभएको छ।

ख्रिष्ट हाम्रो सक्रिय नेतामाथि भरोसा गर्नुहोस्‌

आज यहोवाको सङ्‌गठन द्रुत गतिमा अघि बढिरहेको बेला ख्रिष्टको नेतृत्वमाथि भरोसा गर्न सक्ने कस्ता कारणहरू हामीसित छन्‌?

परिस्थिति परिवर्तन हुँदा मनोशान्ति कायम राख्नुहोस्‌

आफूले सोच्दै नसोचेको परिवर्तन आउँदा निकै तनाव महसुस हुन सक्छ। “परमेश्‍वरको शान्ति”-ले हामीलाई कसरी मदत गर्छ?

के तपाईँलाई थाह थियो?

बाइबल विवरणअनुसार येसुका चेलाहरूमध्ये सहिद हुने पहिलो व्यक्‍ति स्तिफनस थिए। तिनको खेदो गरिँदा तिनी कसरी शान्त रहन सके?