प्रहरीधरहरा—अध्ययन संस्करण अक्टोबर २०१९

यस अङ्‌कमा डिसेम्बर २-२९, २०१९ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

१९१९—एक सय वर्षअघि

सन्‌ १९१९ मा यहोवाले आफ्ना जनहरूलाई पहिलाभन्दा जोसिलो भई प्रचार गर्न जुरमुऱ्‍याउनुभयो। तर त्यसअघि बाइबल स्टुडेन्टस्‌माझ एउटा आमूल परिवर्तन आउनु जरुरी थियो।

परमेश्‍वरले गर्नुहुने न्याय—के उहाँले सधैँ समयमै चेतावनी दिनुहुन्छ?

यहोवाले पृथ्वीका बासिन्दाहरूलाई एउटा यस्तो “आँधीबेहरी”-बारे चेतावनी दिँदै हुनुहुन्छ, जुन मौसमको रिपोर्टमा सुनिने कुनै पनि आँधीबेहरीभन्दा कता हो कता भयानक छ। उहाँले कसरी चेतावनी दिँदै हुनुहुन्छ?

‘अन्तको दिनको’ पनि अन्तिम समयमा व्यस्त भइरहनुहोस्‌

‘अन्तको दिनको’ अन्तमा कस्ता घटनाहरू हुनेछन्‌? ती घटना नहोउन्जेल हामीले के गरेको यहोवा चाहनुहुन्छ?

“महासङ्‌कष्ट”-को दौडान वफादार रहिरहनुहोस्‌

“महासङ्‌कष्ट”-को दौडान हामीले के गरेको यहोवा चाहनुहुन्छ? त्यतिबेला वफादार रहन हामीले अहिल्यै कसरी तयारी गर्न सक्छौँ?

यहोवाले तपाईँलाई के बन्‍न मदत गर्नुहुनेछ?

पुरातन समयमा यहोवाले आफ्ना सेवकहरूलाई उहाँको उद्देश्‍यअनुसार चल्ने इच्छा पैदा गर्न र त्यो पूरा गर्न शक्‍ति दिनुभयो। उहाँको सेवा गर्न आज यहोवा हामीलाई कसरी सक्षम बनाउनुहुन्छ?

यहोवाको मात्र उपासना गर्नुहोस्‌

यहोवालाई मात्र उपासना चढाइरहेका छौँ कि छैनौँ भन्‍ने कुरा बुझ्न जीवनको दुइटा खास क्षेत्रबारे विचार गर्नुहोस्‌।