१९२३—एक सय वर्षअघि
जनवरी १, १९२३ अङ्कको प्रहरीधरहरा-मा (अङ्ग्रेजी) यस्तो लेखिएको थियो: “सन् १९२३ एकदमै उत्साहजनक हुने आशा गर्दै छौँ। दुःखमा परेका मानिसहरूलाई सुनौलो दिन नजिकै छ . . . भनेर बताउन पाउनु साँच्चै ठूलो सुअवसर हो।” त्यस वर्ष बाइबल विद्यार्थीहरूले सभा, अधिवेशन र साक्षीकार्यमा उल्लेखनीय परिवर्तनहरू गरे। नतिजास्वरूप, तिनीहरूबीचको एकता झन्झनै बलियो हुँदै गयो।
सभाहरूले गर्दा एकताबद्ध
त्यस वर्ष सङ्गठनले केही छाँटकाँट गऱ्यो, जसले गर्दा बाइबल विद्यार्थीहरूको एकता अझै बलियो भयो। हरेक हप्ता हुने ‘प्रार्थना, प्रशंसा र गवाही सभा’-मा छलफल गरिएका बाइबल पदहरूको अर्थ प्रहरीधरहरा पत्रिकामा छापिन थाल्यो। साथै ती बाइबल पदहरू क्यालेन्डरमा पनि छापे। त्यसमा व्यक्तिगत अध्ययन र पारिवारिक उपासनाको लागि भजनको सङ्ख्या पनि छापिएको थियो।
बाइबल विद्यार्थीहरूले सभाहरूमा गवाही दिँदा क्षेत्र सेवाको अनुभव बताउँथे, यहोवालाई धन्यवाद चढाउँथे, गीत गाउँथे वा प्रार्थनासमेत गर्थे। सन् १९२३ मा १५ वर्षको उमेरमा बप्तिस्मा गरेकी इभा बार्नीले यसो भनिन्: “गवाही दिन चाहनेहरू उठ्थे र गवाही दिन थाल्थे। जस्तै: कोही-कोही यसो भन्थे, ‘प्रभुले मेरो लागि गर्नुभएका असल कुराहरूको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु।’” केही भाइलाई गवाही दिन एकदमै मन पर्थ्यो। बार्नी बहिनीले अझै यसो भनिन्: “पाका उमेरका भाइ गाडवनसित प्रभुलाई धन्यवाद दिने थुप्रै कुरा हुन्थ्यो। उहाँको लामो कुरा सुनेर सभा सञ्चालन गर्ने भाइ छटपटिन थाल्नुहुन्थ्यो। गाडवन भाइकी श्रीमतीले त्यस्तो कुरा देखेपछि उहाँको कोट तान्नुहुन्थ्यो अनि बल्ल उहाँ बस्नुहुन्थ्यो।”
प्रत्येक मण्डलीले महिनाको एक चोटि विशेष ‘प्रार्थना, प्रशंसा र गवाही सभा’ आयोजना गर्थ्यो। यस सभाबारे अप्रिल १, १९२३ अङ्कको प्रहरीधरहरा-मा यस्तो कुरा लेखिएको थियो: “सभाको आधा समय सेवाको काममा बटुलेका अनुभवहरू र सङ्गी भाइबहिनीलाई प्रोत्साहन दिने गवाहीहरू हुनुपर्छ। . . . यी प्रोत्साहनदायी सभाहरूले भाइबहिनीलाई एकअर्कासित घनिष्ठ हुन मदत गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।”
क्यानाडाको भ्यानकुभरका १९ वर्षका प्रकाशक चार्ल्स मार्टिनले यस्ता सभाहरूबाट निकै लाभ उठाए। तिनले यसो भने: “घरघरको साक्षीकार्यमा के भन्ने भनेर मैले पहिलो चोटि सिकेको यस्तै सभाहरूबाट हो। भाइबहिनीले प्रायजसो घरघरको साक्षीकार्यमा बटुलेका अनुभवहरू सुनाउनुहुन्थ्यो। कसैले असहमति जनाउँदा के भन्ने र कसरी जवाफ दिने भनेर त्यस्ता अनुभवहरूबाट मैले धेरै कुरा सिकेँ।”
साक्षीकार्यले गर्दा एकताबद्ध
“सेवाको दिन”-ले गर्दा पनि भाइबहिनीबीचको एकता बलियो भयो। अप्रिल १, १९२३ अङ्कको प्रहरीधरहरा-मा यस्तो घोषणा गरिएको थियो: “हामी सबै एउटै काममा एकताबद्ध हुन सकौँ भनेर . . . , मे १, १९२३ मङ्गलबारको दिनलाई ‘विशेष सेवाको दिन’ भनिनेछ। त्यसैगरि हरेक महिनाको पहिलो मङ्गलबार . . . प्रत्येक मण्डलीको हरेक सदस्यले थोरै समय भए पनि सेवाको काममा बिताउनुपर्छ।”
जवान बाइबल विद्यार्थीहरूले पनि यस काममा भाग a हजुरबा र म साक्षीकार्यमा जोसका साथ भाग लिन्थ्यौँ।” तर बहिनी हेजलले आशै नगरेको व्यक्तिबाट विरोधको सामना गर्नुपऱ्यो। तिनले भनिन्: “एक जना पाका भाइले मैले साक्षीकार्यमा भाग लिनु हुँदैन भनेर कडा आपत्ति जनाउनुभयो। त्यतिबेला केही भाइबहिनीले ‘युवकहरू र युवतीहरू’-लगायत सम्पूर्ण बाइबल विद्यार्थीहरूले यहोवाको प्रशंसा गर्ने काममा भाग लिनुपर्छ भनेर बुझेका थिएनन्।” (भज. १४८:१२, १३) तर हेजल बहिनीले सुसमाचार सुनाउन छोडिनन्। यस्तो प्रयासले गर्दा तिनले गिलियड स्कुलको दोस्रो कक्षामा भाग लिने निम्तो पाइन् र पछि पानामा देशमा मिसनरीको रूपमा सेवा गरिन्। समयको दौडान ती भाइबहिनीले युवाहरूले पनि साक्षीकार्यमा भाग लिनुपर्छ भनेर बुझे।
लिए। त्यतिबेला भर्खरै १६ वर्ष लागेकी हेजल बर्फर्डले यसो भनिन्: “बुलेटिन-मा प्रस्तुतिहरू सम्झन सकियोस् भनेर त्यसका खाकाहरू (नमुना कुराकानीजस्तै) दिइएका हुन्थे।अधिवेशनहरूले गर्दा एकताबद्ध
अधिवेशनहरूले गर्दा पनि भाइबहिनीबीचको एकता अझै बलियो भयो। धेरैजसो अधिवेशनमा ‘सेवाको दिन’ छुट्टयाइएका हुन्थे। जस्तै: क्यानाडाको विनिपेगमा भएको अधिवेशनमा मार्च ३१ लाई ‘सेवाको दिन’ भनेर छुट्ट्याइएको थियो। त्यस दिनलाई “विनिपेगमा विशेष बमबारी” भन्ने नाम दिइएको थियो। अधिवेशनमा उपस्थित हुनेहरू सबैलाई त्यसमा भाग लिन निम्तो दिइएको थियो। यस्ता सेवाका दिनहरूले गर्दा थुप्रै मानिसलाई साक्षी दिन सकियो र राम्रा नतिजाहरू हासिल भए। विनिपेगमै अगस्त ५ मा भएको अर्को अधिवेशनमा लगभग ७ हजार जना उपस्थित भए। क्यानाडामा भएका अधिवेशनहरूमा यत्ति धेरै मानिस पहिला कहिल्यै उपस्थित भएका थिएनन्।
सन् १९२३ को सबैभन्दा उल्लेखनीय अधिवेशन अगस्त १८-२६ मा क्यालिफोर्नियाको लस एन्जलसमा भएको थियो। अधिवेशन हुनुभन्दा केही हप्ताअघि अखबारहरूमा विज्ञापन छापिएका थिए। अनि बाइबल विद्यार्थीहरूले ५ लाखभन्दा धेरै निम्तोपर्ची वितरण गरेका थिए। अधिवेशनको विज्ञापन गरिएका ब्यानरहरू सार्वजनिक सवारीसाधन र निजी गाडीहरूमा टाँसिएका थिए।
अगस्त २५, शनिबारका दिन भाइ रदरफोर्डले “भेडाहरू र बाख्राहरू” शीर्षकको भाषण दिनुभयो। त्यसमा प्रका. १८:२, ४) पछि जोसिला बाइबल विद्यार्थीहरूले यस प्रस्तावनाको लाखौँ प्रति संसारभरि वितरण गरे।
उहाँले “भेडाहरू” भनेको पृथ्वीमा अनन्त जीवन पाउन लागेका उचित मनसायका मानिसहरू हुन् भनेर स्पष्ट पार्नुभयो। उहाँले भाषणमा “चेतावनी” शीर्षकको प्रस्तावना पनि पढ्नुभयो। त्यस प्रस्तावनामा चर्चजगत्को निन्दा गरिएको थियो। साथै निष्कपट हृदय भएका मानिसहरूलाई “महान् बेबिलोन”-बाट अलग रहन आग्रह गरिएको थियो। (“यी प्रोत्साहनदायी सभाहरूले भाइबहिनीलाई एकअर्कासित घनिष्ठ हुन मदत गर्नेछ”
अधिवेशनको अन्तिम दिन भाइ रडरफोर्डले “सबै राष्ट्र आरमागेडोनतर्फ बढ्दै छन् तर अहिले बाँचिरहेका लाखौँ मानिस कहिल्यै मर्नेछैनन्” शीर्षकको भाषण दिनुभयो। अधिवेशनमा ठूलो सङ्ख्यामा मानिसहरू आउने अनुमान गरिएको थियो। त्यसैले बाइबल विद्यार्थीहरूले भर्खरै निर्माण गरिएको ‘लस एन्जलस कोलिसियम’ भन्ने रङ्गशाला भाडामा लिए। अधिवेशनको अन्तिम दिन ३० हजारभन्दा धेरै मानिस उपस्थित भए। सबैले राम्ररी सुन्न सकून् भनेर भाइहरूले त्यस रङ्गशालाका स्पिकरहरू प्रयोग गरे, जुन त्यतिबेला भर्खरै आएको नयाँ प्रविधि थियो। अरू थुप्रैले भने त्यो अधिवेशन रेडियोमा सुने।
अन्तरराष्ट्रिय विस्तार
सन् १९२३ मा अफ्रिका, युरोप, भारत र दक्षिण अमेरिकामा राज्यको सुसमाचार तीव्र गतिमा फैलिँदै गयो। भारतका ए. जे. जोसेफले आफ्नी पत्नी र छ जना छोराछोरीको हेरविचार गर्ने जिम्मेवारी सँगसँगै हिन्दी, तामिल, तेलुगु र उर्दू भाषामा साहित्यहरू तयार पार्ने काम पनि गरे।
सियरा लियोनका भाइहरू अल्फ्रेड जोसेफ र लेनर्ड ब्ल्याकम्यानले त्यहाँ आवश्यकता धेरै भएको कुरा उल्लेख गर्दै ब्रुक्लिनमा रहेको मुख्यालयमा एउटा पत्र पठाए। तिनीहरूले त्यसको जवाफ १९२३, अप्रिल १४ मा पाए। अल्फ्रेडले यसो भने: “एकदिन शनिबार राती अचानक एउटा फोन आयो।” फोन गर्ने व्यक्तिले ठूलो आवाजमा यस्तो प्रश्न सोध्यो: “वाच टावर सोसाइटीमा प्रकाशकहरू चाहियो भनेर पत्र पठाउने तपाईँ नै हुनुहुन्छ?” अल्फ्रेडले भने: “हजुर, मै हुँ।” ती फोन गर्ने व्यक्तिले भने: “सङ्गठनले त्यसको लागि मलाई पठाएको छ।” त्यो फोन गर्ने व्यक्ति विलियम आर. ब्राउन हुनुहुन्थ्यो। उहाँ त्यही दिन क्यारेबियनबाट आफ्नी श्रीमती एन्टोनिया अनि सानी छोरीहरू—लुइज र लुसीसँगै सियरा लियोन आइपुग्नुभएको थियो। त्यहाँका भाइबहिनीले उहाँहरूलाई भेट्न लामो समय पर्खनुपरेन।
अल्फ्रेडले अझै यसो भने: “त्यसको भोलिपल्ट बिहान लेनर्ड र म हरेक हप्ताजस्तै बाइबलबाट छलफल गर्दै थियौँ। त्यतिबेला हामीले ढोकातिर एक जना अग्लो मान्छे
देख्यौँ। उहाँ भाइ ब्राउन हुनुहुन्थ्यो। उहाँ यत्ति जोसिलो हुनुहुन्थ्यो कि उहाँ भोलिपल्टै जनभाषण दिन चाहनुहुन्थ्यो।” भाइ ब्राउनले एक महिना पनि नबित्दै आफूले ल्याएको सबै प्रकाशन वितरण गरिसक्नुभएको थियो। त्यसपछि उहाँले अझै ५ हजार वटा किताब मगाउनुभयो। छोटो समयमै ती किताबहरू पनि वितरण गर्नुभयो र अझै थप किताबको आवश्यकता पऱ्यो। तर भाइ ब्राउन किताब बेच्ने मान्छे भनेर चिनिनुभएन। उहाँले आफ्नो जीवनको लामो समय जोसिलो हुँदै यहोवाको सेवा गर्नुभयो। उहाँ अक्सर बाइबलबाटै कुराकानी गर्नुहुन्थ्यो। त्यसैले उहाँले ‘बाइबल ब्राउन’ भन्ने नाम कमाउनुभयो।त्यही वर्ष भाइहरूले जर्मनीको बार्मेनमा रहेको शाखा कार्यालय धेरै सानो भएकोले त्यहाँबाट सर्ने निर्णय गरे। त्यतिबेला फ्रान्सले बार्मेन सहरलाई कब्जा गर्ने हल्ला चलिरहेको थियो। बाइबल विद्यार्थीहरूले माग्डेबर्ग भन्ने ठाउँमा छापाखानाको लागि उपयुक्त हुने एउटा भवन भेट्टाए। भाइहरूले जून १९ मा छापाखानाका उपकरणहरू र अरू फर्निचरहरू प्याकिङ गर्ने काम सकाए र माग्डेबर्गको नयाँ बेथेल भवनमा सरे। मुख्यालयलाई सार्ने काम सकिएको जानकारी दिएकै दिन अखबारहरूमा फ्रान्सले बार्मेन सहर कब्जा गरेको खबर छापियो। यो देख्दा भाइहरूले यहोवाको आशिष् र सुरक्षा पाएको महसुस गरे।
सुसमाचार फैलाउन धेरै यात्रा गरेका जर्ज यङले ब्राजिलमा नयाँ शाखा कार्यालय स्थापना गरे र पोर्चुगिज भाषामा प्रहरीधरहरा पत्रिका प्रकाशन गर्न थाले। केही महिना नबित्दै तिनले ७ हजारभन्दा धेरै प्रकाशन वितरण गरे। तिनले सेरा फर्गसनको परिवारलाई भेट्दा सेरा निकै उत्साहित भइन्। उनले १८९९ देखि प्रहरीधरहरा पत्रिका पढ्दै थिइन्। उनले आफ्नो जीवन यहोवालाई समर्पण गरिसकेकी थिइन् तर बप्तिस्मा गर्न भने पाएकी थिइनन्। केही महिनापछि सेरा बहिनी र उनका चार जना छोराछोरीले बप्तिस्मा गरे।
“जोसिलो र आनन्दित भई परमेश्वरको सेवा गरिरहौँ”
डिसेम्बर १५, १९२३ अङ्कको प्रहरीधरहरा-मा सभा, साक्षीकार्य र अधिवेशनको प्रबन्धमा गरिएको छाँटकाँटले बाइबल विद्यार्थीहरूमा कस्तो प्रभाव पाऱ्यो भनेर बताइएको थियो। त्यसमा यसो भनिएको थियो: “मण्डलीहरूका भाइबहिनीको आध्यात्मिक अवस्था राम्रो छ भन्ने कुरा स्पष्टै देखिन्छ। . . . आउँदो वर्ष सेवाको काममा अझ धेरै लाग्न तयार होऔँ। जोसिलो र आनन्दित भई परमेश्वरको सेवा गरिरहौँ।”
बाइबल विद्यार्थीहरूको लागि आउँदो वर्ष पनि एकदमै उत्साहजनक हुने थियो। बेथेलका भाइहरूले महिनौँदेखि स्टेटन आइल्याण्डमा भवनहरू बनाउने काम गरिरहेका थिए। त्यो आइल्याण्ड ब्रुक्लिनको मुख्यालयबाट नजिकै थियो। सन् १९२४ को सुरुतिर उक्त भवनहरू बनाउने काम सिद्धियो। ती भवनहरूले भाइबहिनीलाई एकताबद्ध हुन र अचम्मलाग्दो तरिकामा सुसमाचार फैलाउन मदत गऱ्यो।
a अहिले यसलाई हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका भनिन्छ।