अध्ययन लेख ३३
“तिम्रो कुरा सुन्नेहरूको” उद्धार हुनेछ
“आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ। यी कुराहरूमा लागिरह, यसो गऱ्यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्नेहरूको उद्धार गर्नेछौ।”—१ तिमो. ४:१६.
गीत ६७ “वचन प्रचार गर”
परिचय *
१. हाम्रा आफन्तहरूले के गरेको हामी चाहन्छौँ?
पोलिन नाम गरेकी बहिनी यसो भन्छिन्: “सत्य सिक्न थालेदेखि नै मेरो परिवारको सबै जना मसँगै प्रमोदवनमा होऊन् भन्ने चाहना मेरो मनमा पलायो। * खासगरि मेरो पति वेन र मेरो सानो छोराले मसितै मिलेर यहोवाको सेवा गरेको म चाहन्थेँ।” यदि तपाईँका आफन्तहरूले पनि यहोवालाई चिन्न र प्रेम गर्न अझै थालिसकेका छैनन् भने तपाईँ तिनीहरूबारे पोलिनले जस्तै महसुस गर्नुहुन्छ होला।
२. यस लेखमा हामी कस्ता प्रश्नहरू विचार गर्नेछौँ?
२ हामी आफ्ना आफन्तहरूलाई सुसमाचार स्विकार्न जबरजस्ती गर्न सक्दैनौँ। तर हामी तिनीहरूलाई बाइबलको सन्देशप्रति सकारात्मक हुन मदत गर्न सक्छौँ। (२ तिमो. ३:१४, १५) हामीले किन हाम्रा आफन्तहरूलाई साक्षी दिनुपर्छ? हामीले किन तिनीहरूलाई समानुभूति देखाउनुपर्छ? हामीले जस्तै यहोवालाई प्रेम गर्न हामी आफ्ना आफन्तहरूलाई कसरी मदत गर्न सक्छौँ? अनि मण्डलीका सबै भाइबहिनीले यस सन्दर्भमा कसरी हामीलाई मदत गर्न सक्छन्?
हाम्रा आफन्तहरूलाई किन साक्षी दिनुपर्छ?
३. दोस्रो पत्रुस ३:९ अनुसार हामीले आफन्तहरूलाई किन साक्षी दिनुपर्छ?
३ चाँडै यहोवाले यस युगको अन्त गर्नुहुनेछ। त्यतिबेला “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएकाहरू मात्र बच्नेछन्। (प्रेषि. १३:४८) हामी आफ्नो टोलछिमेकमा बस्ने अपरिचित मानिसहरूलाई प्रचार गर्न निकै समय र शक्ति खर्च गर्छौँ। त्यसैले हाम्रा आफन्तहरूले पनि हामीसँगै मिलेर यहोवाको सेवा गरून् भन्ने चाहनु स्वाभाविकै हो। हाम्रो मायालु बुबा यहोवा “कोही पनि नाश नहोस् बरु सबैले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ।”—२ पत्रुस ३:९ पढ्नुहोस्।
४. आफन्तहरूलाई साक्षी दिँदा हामीबाट कस्तो गल्ती हुन सक्छ?
४ उद्धारको सन्देश अरूलाई बताउने सही तरिका छ भने गलत तरिका पनि छ भनेर हामीले बिर्सनु हुँदैन। आफूले नचिनेका व्यक्तिहरूलाई साक्षी दिँदा हामी कौशलता अपनाउँछौँ होला तर आफन्तहरूलाई साक्षी दिँदा भने त्यति विचारै नपुऱ्याई बोलिरहेका हुन सक्छौँ।
५. आफन्तहरूलाई सत्यबारे बताउने प्रयास गर्दा हामीले कुन कुरा बिर्सनु हुँदैन?
५ सुरु-सुरुमा आफन्तहरूलाई साक्षी दिएको तरिका सम्झेर हामीमध्ये धेरैजसो चुकचुकाउँछौँ होला र अलि फरक तरिकाले साक्षी दिएको भए हुन्थ्यो जस्तो लाग्छ होला। प्रेषित पावलले ख्रिष्टियनहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्। यसो गऱ्यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्नेछौ।” (कल. ४:५, ६) आफन्तहरूसित कुरा गर्दा यो सल्लाह सम्झनु बेस हो। अन्यथा हामीले तिनीहरूलाई हाम्रो कुरा सुन्न इच्छुक बनाउनुको साटो तिनीहरूको चित्त दुखाइरहेका हुनेछौँ।
हामी आफन्तहरूलाई कसरी मदत गर्न सक्छौँ?
६-७. बेग्लै धर्म मान्ने जीवनसाथीलाई समानुभूति देखाउनुपर्ने महत्त्वबारे बुझाउन एउटा अनुभव बताउनुहोस्।
६ समानुभूति देखाउनुहोस्। सुरुमा उल्लेख गरिएकी पोलिन यसो भन्छिन्: “सुरु-सुरुमा म श्रीमान्सित आध्यात्मिक विषयबारे मात्र कुरा गरिरहन्थेँ। हामीबीच सामान्य दिनचर्याबारे कुराकानी नै हुँदैन थियो।” तर पोलिनको पति वेनलाई बाइबलबारे खासै थाह थिएन अनि पोलिनले के कुरा गर्दै छिन् भनेर कुनै भेउ पनि पाउन सकेका थिएनन्। पोलिन चौबिसै घण्टा आफ्नो धर्मबारे मात्र सोचिरहन्छिन् जस्तो उनलाई लाग्थ्यो। उनलाई पोलिन पूरै बहकिएर एउटा खतरनाक गुटको सदस्य बन्न लागेकी छिन् भनेर साह्रै चिन्ता लाग्थ्यो।
७ पोलिनले सुरु-सुरुमा प्रायजसो साँझ र सप्ताहन्तको समय आफ्ना आध्यात्मिक भाइबहिनीसित सभा, प्रचार र जमघटमा बिताउने गरेको कुरा स्विकार्छिन्। पोलिन भन्छिन्, “कहिलेकाहीँ वेन फर्कनुहुँदा घरमा कोही नभएकोले एक्लो महसुस गर्नुहुन्थ्यो।” आफ्नी पत्नी र छोरा घरमा नहुँदा वेनलाई कत्ति न्यास्रो लाग्थ्यो होला भनेर हामी बुझ्न सक्छौँ। आफ्नी पत्नी र छोरा कस्ता मानिसहरूसित सरसङ्गत गर्दै छन् भनेर उनलाई केही पनि थाह थिएन। अनि वेनलाई आफ्नी पत्नीको लागि आफूभन्दा ती नयाँ साथीहरू नै अझ महत्त्वपूर्ण भएछन् जस्तो लाग्यो। त्यसैले उनले पोलिनलाई सम्बन्धविच्छेद गर्ने धम्की दिए। तपाईँको विचारमा पोलिनले आफ्नो पतिलाई कसरी अझ समानुभूति देखाउन सक्थिन् होला?
८. पहिलो पत्रुस ३:१, २ अनुसार हाम्रा आफन्तहरूलाई केले सबैभन्दा ठूलो प्रभाव पार्न सक्छ?
८ असल चालचलन देखाउनुहोस्। हामी के भन्छौँ त्यसले भन्दा हामी के गर्छौँ, त्यसले हाम्रा आफन्तहरूमा अझ ठूलो प्रभाव पार्छ। (१ पत्रुस ३:१, २ पढ्नुहोस्) पोलिनले यो कुरा बल्ल बुझिन्। उनी भन्छिन्, “वेन हामीलाई माया गर्नुहुन्छ र उहाँ वास्तवमा मसित सम्बन्धविच्छेद गर्न चाहनुहुन्न भनेर मलाई थाह थियो। तर उहाँले सम्बन्धविच्छेद गर्ने धम्की दिनुहुँदा बल्ल मेरो होस खुल्यो र वैवाहिक जीवनबारे यहोवाले दिनुभएको सल्लाहअनुसार चल्नुपर्ने रहेछ भनेर मैले महसुस गरेँ। कुरा मात्र गरेको गऱ्यै गर्नुभन्दा आफ्नो असल आचरणद्वारा राम्रो उदाहरण बसाल्नुपर्छ भनेर मैले बुझेँ।” त्यसपछि पोलिनले वेनलाई बाइबलको कुरा सुन्न जबरजस्ती गर्न छोडिन् र उनीसित सामान्य दिनचर्याका विषयहरूमा कुरा गर्न थालिन्। अनि वेनले पोलिन अझ शान्त स्वभावको भएको र छोरा पनि अझ ज्ञानी भएको याद गरे। (हितो. ३१:१८, २७, २८) बाइबलको सन्देशले आफ्नो परिवारमा राम्रो प्रभाव पारेको देखेपछि वेन परमेश्वरको वचनको सन्देशप्रति अझ सकारात्मक हुन थाले।—१ कोरि. ७:१२-१४, १६.
९. हामीले किन आफन्तहरूलाई मदत गर्न छोड्नु हुँदैन?
यर्मि. ४४:४) प्रेषित पावलले पनि तिमोथिलाई मानिसहरूलाई मदत गर्ने काममा लागिरहन सल्लाह दिए। किन? किनभने यसो गर्दा तिनले आफ्नो र तिनको कुरा सुन्नेहरूको उद्धार गर्न सक्ने थिए। (१ तिमो. ४:१६) हामी आफ्ना आफन्तहरूलाई माया गर्छौँ। त्यसैले परमेश्वरको वचनमा पाइने सत्य तिनीहरूले पनि थाह पाऊन् भन्ने हामी चाहन्छौँ। पोलिनको बोली र व्यवहारले अन्तमा तिनको परिवारमा राम्रो प्रभाव पाऱ्यो। अहिले तिनी आफ्नो पतिसित मिलेर हाँसीखुसी यहोवाको सेवा गरिरहेकी छिन्। तिनीहरू दुवै अग्रगामी सेवा गरिरहेका छन् र वेन एल्डरको रूपमा सेवा गर्छन्।
९ आफन्तहरूलाई मदत गर्न नछोड्नुहोस्। यस सन्दर्भमा यहोवाले हाम्रो लागि राम्रो उदाहरण बसाल्नुभएको छ। सुसमाचार सुन्न र अनन्त जीवन पाउन उहाँ मानिसहरूलाई “बारम्बार” मौका दिनुहुन्छ। (१०. हामी किन धीरजी हुनुपर्छ?
१० धीरजी हुनुहोस्। हामीले परमेश्वरको स्तरअनुसार जीवन बिताउने निर्णय गर्दा हाम्रा आफन्तहरूलाई हाम्रो नयाँ विश्वास र जीवनशैली मन नपर्न सक्छ। हामीले तिनीहरूसित चाडपर्वहरू मनाउन अनि राजनीतिमा भाग लिन छोडेको कुरा तिनीहरूले अक्सर सबैभन्दा पहिला याद गर्छन्। त्यसैले सुरु-सुरुमा केही आफन्त हामीसित रिसाउन सक्छन्। (मत्ति १०:३५, ३६) तर हामीले तिनीहरूलाई साक्षी दिन छोड्नु हुँदैन। यदि हामीले तिनीहरूलाई हाम्रो विश्वासबारे बुझ्न मदत दिन छोड्यौँ भने एक अर्थमा हामीले तिनीहरूलाई अनन्त जीवन पाउन अयोग्य ठहराएर तिनीहरूको न्याय गरिरहेका हुन्छौँ। तर न्याय गर्ने जिम्मा यहोवाले हामीलाई होइन, येसुलाई सुम्पनुभएको छ। (युह. ५:२२) हामी धीरजी भयौँ भने पछि गएर हाम्रा आफन्तहरू हाम्रो सन्देश सुन्न राजी हुन सक्छन्।—“ अरूलाई सिकाउन हाम्रो वेबसाइट प्रयोग गर्नुहोस्” भन्ने पेटी हेर्नुहोस्।
११-१३. एलिसले आमाबुबासित गरेको व्यवहारबाट तपाईँले के सिक्नुभयो?
११ दृढ हुनुहोस् तर कौशलता अपनाउनुहोस्। (हितो. १५:२) एलिसको अनुभव विचार गर्नुहोस्। आमाबुबाबाट टाढा विदेशमा छँदा उनले यहोवाको विषयमा थाह पाइन्। उनका आमाबुबा नास्तिक थिए र राजनीतिमा सक्रिय थिए। उनले आमाबुबालाई आफूले सिकिरहेका राम्रा कुराहरूबारे जतिसक्दो चाँडो बताउनुपर्ने महसुस गरिन्। एलिस भन्छिन्, “आफूले गर्दै आएको विश्वास र रीतिथिति अब उप्रान्त नगर्ने कुरा धेरै पछि मात्र बतायौँ भने परिवारलाई झनै ठूलो आघात पुग्छ।” उनले आमाबुबालाई चिठी लेखेर उनीहरूलाई चासो लाग्ने विषयहरूमा बाइबलको शिक्षा कस्तो लाग्छ भनेर सोधिन्; जस्तै, प्रेमबारे। (१ कोरि. १३:१-१३) आफ्नो राम्रो लालनपालन गरेकोमा उनले आमाबुबालाई धन्यवाद दिइन् र उनीहरूलाई उपहारहरू पठाइन्। आमाबुबालाई भेट्न जाँदा उनले घरको विभिन्न काममा आमालाई सघाउन थप प्रयास गरिन्। सुरुमा उनले आमाबुबालाई आफ्नो नयाँ विश्वासबारे बताउँदा तिनीहरू खुसी थिएनन्।
१२ आमाबुबालाई भेट्न जाँदा एलिसले दिनहुँ बाइबल पढ्ने तालिका कायमै राखिन्। एलिस भन्छिन्, “यसले गर्दा बाइबल मेरो लागि कत्तिको महत्त्वपूर्ण रहेछ भनेर आमाले बुझ्नुभयो।” पछि एलिसको बुबाले आफ्नी छोरीको सोचाइ कसरी यत्तिको परिवर्तन भयो भनी बुझ्न बाइबलबारे केही कुरा सिक्ने निर्णय गरे। तर तिनको उद्देश्य बाइबलको शिक्षामा गल्ती भेट्टाउनु थियो। एलिस भन्छिन्, “मैले बुबालाई एउटा बाइबल दिएँ र त्यसमा उहाँको लागि एउटा छोटो पत्र पनि लेखेँ।” नतिजा कस्तो भयो? एलिसको बुबाले परमेश्वरको वचनमा केही गल्ती भेट्टाएनन् बरु आफूले पढेको कुराले तिनको असाध्यै मन छोयो।
१३ परीक्षा सहनुपरे तापनि दृढ हुनुहोस् र कौशलता अपनाउनुहोस्। (१ कोरि. ४:१२ख) उदाहरणको लागि, एलिसले आमाको विरोध सहनुपऱ्यो। एलिस भन्छिन्, “मैले बप्तिस्मा गर्दा आमाले मलाई ‘विद्रोही छोरी’ भन्नुभयो।” उनले के गरिन्? “यस विषयमा कुरा नगरी चुपचाप बस्नुको साटो आफूले यहोवाको साक्षी बन्ने निर्णय गरिसकेको र आफ्नो निर्णयमा अडिग रहने कुरा मैले आदरपूर्वक बताएँ। आमाप्रतिको माया अलिकता पनि कम भएको छैन भनेर उहाँलाई ढुक्क बनाउन कोसिस गरेँ। हामी दुवै रोयौँ र मैले उहाँको लागि मीठो खाना पकाइदिएँ। बाइबलको शिक्षाले मलाई राम्रो व्यक्ति बन्न मदत गरिरहेको छ भनेर आमाले त्यसपछि स्विकार्न थाल्नुभयो।”
१४. सम्झौता गर्ने दबाब आइपर्दा हामीले किन कहिल्यै हार मान्नु हुँदैन?
१४ यहोवाको सेवा गर्ने मामिलामा हामी कत्तिको गम्भीर छौँ भनेर राम्ररी बुझ्न हाम्रा आफन्तहरूलाई समय लाग्न सक्छ। उदाहरणको लागि, आमाबुबाले चाहेको पेसातिर लाग्नुको साटो एलिसले अग्रगामी सेवा गर्ने निर्णय गर्दा उनकी आमा फेरि पनि रोइन्। तर एलिस दृढ रहिन्। उनी भन्छिन्, “कुनै एउटा क्षेत्रमा दबाब आइपर्दा हार मान्नुभयो भने परिवारले अरू पनि क्षेत्रमा दबाब दिने सम्भावना बढी हुन्छ। तपाईँले परिवारका सदस्यहरूसित दयालु ढङ्गमा तर दृढ भई कुरा गर्नुभयो भने तिनीहरूमध्ये कसै-कसैले तपाईँको कुरा सुन्न सक्छन्।” एलिसको सन्दर्भमा यस्तै भयो। अहिले उनका आमाबुबा दुवैले अग्रगामी सेवा गर्दै छन् र उनको बुबा एल्डरको रूपमा सेवा गर्छन्।
मण्डलीका सबैले कसरी मदत गर्न सक्छन्?
१५. मत्ति ५:१४-१६ र १ पत्रुस २:१२ अनुसार अरूको “सुकर्म”-ले हाम्रा आफन्तहरूलाई कसरी मदत गर्न सक्छ?
१५ ख्रिष्टियन मण्डलीको “सुकर्म”-द्वारा यहोवा मानिसहरूलाई आफूतिर खिच्नुहुन्छ। (मत्ति ५:१४-१६; १ पत्रुस २:१२ पढ्नुहोस्) तपाईँको पति वा पत्नी यहोवाको साक्षी होइनन् भने के तिनले तपाईँको मण्डलीका सदस्यहरूलाई भेटेका छन्? माथि उल्लेख गरिएकी पोलिनले आफ्नो पति वेनसित चिनजान गराइदिन मण्डलीका भाइबहिनीलाई घरमा बोलाइन्। साक्षीहरूबारे आफूमा भएको गलतफहमी हटाउन एक जना भाइले मदत गरेको कुरा सम्झँदै वेन यसो भन्छन्: “उहाँले मसँग गेम हेर्नकै लागि भनेर आफ्नो कामबाट छुट्टी लिनुभयो। अनि मलाई लाग्यो, ‘ए, उहाँलाई रमाइलो गर्न पनि मन पर्दो रहेछ!’”
१६. हामीले आफन्तहरूलाई किन सभामा निम्तो दिनुपर्छ?
१६ हाम्रा आफन्तहरूलाई मदत गर्ने एउटा राम्रो तरिका १ कोरि. १४:२४, २५) वेन पहिलो चोटि गएको सभा स्मरणार्थ उत्सव थियो किनकि त्यो सभा बेलुकी कामपछि हुनुको साथै अलि छोटो थियो। तिनी भन्छन्, “त्यहाँ दिइएको भाषण मैले राम्ररी बुझ्न सकिनँ तर मलाई गहिरो प्रभाव पारेको कुरा चाहिँ त्यहाँ भेटेका मानिसहरू थिए। तिनीहरू आएर मलाई स्वागत गरे अनि कसिलो गरी हात मिलाए। तिनीहरू राम्रा मानिसहरू हुन् भन्ने कुरा मलाई पक्का भयो।” एक दम्पतीले पोलिनलाई दयालु व्यवहार गर्थे; तिनीहरूले उनी र उनको छोरालाई सभामा र प्रचारकार्यमा निकै मदत गर्थे। त्यसैले वेनले पोलिनको आस्थाबारे जान्ने चासो देखाए र तिनले त्यही दम्पतीको श्रीमान्लाई बाइबल अध्ययनका लागि अनुरोध गरे।
उनीहरूलाई हाम्रा सभाहरूमा निम्तो दिनु हो। (१७. कुन कुराको लागि हामीले आफूलाई दोषी ठान्नु हुँदैन? आफन्तहरूलाई साक्षी दिन हामीले किन कहिल्यै छोड्नु हुँदैन?
१७ हुनत हाम्रा सबै आफन्तले यहोवाको सेवा गरून् भन्ने हामी चाहन्छौँ। तर हामीले जति नै प्रयास गरे तापनि तिनीहरूले सत्य नस्विकार्न सक्छन्। त्यसो हो भने तिनीहरूको निर्णयको लागि हामीले आफूलाई दोषी ठान्नु हुँदैन। हुन पनि हाम्रो विश्वास स्विकार्न हामी कसैलाई जबरजस्ती गर्न सक्दैनौँ। तैपनि यहोवाको सेवामा तपाईँ खुसी भएको देख्दा तपाईँका आफन्तहरूमा गहिरो प्रभाव पर्न सक्छ भन्ने कुरालाई कहिल्यै हल्कासित नलिनुहोस्। तिनीहरूको लागि प्रार्थना गर्नुहोस्। तिनीहरूसित कुरा गर्दा कौशलता अपनाउनुहोस्। तिनीहरूलाई मदत गर्नदेखि पछि नहट्नुहोस्! (प्रेषि. २०:२०) यहोवाले तपाईँका प्रयासहरूमाथि आशिष् दिनुहुनेछ भनेर विश्वस्त हुनुहोस्। तपाईँका आफन्तहरूले तपाईँको कुरा सुन्ने छनौट गरे भने तिनीहरूले उद्धार पाउनेछन्!
गीत ५७ सबै किसिमका मानिसलाई प्रचार गरौँ!
^ अनु. 5 हाम्रा आफन्तहरूले यहोवालाई चिनेको हामी चाहन्छौँ तर यहोवाको सेवा गर्ने कि नगर्ने भनेर तिनीहरू आफैले छनौट गर्नुपर्छ। हाम्रा आफन्तहरूले हाम्रो कुरा सुनून् भनेर हामी के गर्न सक्छौँ, यस लेखमा छलफल गरिनेछ।
^ अनु. 1 केही नाम परिवर्तन गरिएका छन्। यस लेखमा “आफन्त” शब्दले यहोवाको सेवा नगर्ने परिवारका सदस्यहरूलाई बुझाउँछ।
^ अनु. 53 चित्रको व्याख्या: एक जवान भाइ बेग्लै धर्म मान्ने आफ्नो बुबालाई गाडी मर्मत गर्न मदत गर्दै छन्। उपयुक्त समयमा तिनी बुबालाई jw.org® मा भएको एउटा भिडियो देखाउँछन्।
^ अनु. 55 चित्रको व्याख्या: बेग्लै धर्म मान्ने पतिले आफ्नो व्यस्त दिनबारे सुनाउँदा बहिनीले ध्यान दिएर सुन्छिन्। पछि उनी आफ्नो परिवारसित रमाइलो गर्छिन्।
^ अनु. 57 चित्रको व्याख्या: उक्त बहिनीले भाइबहिनीलाई आफ्नो घरमा बोलाएकी छिन्। तिनीहरूले उनको पतिसित चिनजान बढाउन प्रयास गर्दै छन्। पछि ती पति आफ्नी पत्नीसित स्मरणार्थ उत्सवमा आउँछन्।